अखिल नेपाल खेलकुद महासंघको धरान उपमहानगर समिती अध्यक्षमा दत्त कुमार लिम्बु चयन भएका छन् ।
गत बिहिबार सम्पन्न भेलाले लिम्बुको अध्यक्ष्तामा १५ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको प्रथम उपाध्यमा प्रतिक श्रेष्ठ, उपाध्यक्षमा देवेन्द्र थेगिम, सचिव
राजन मगर,कोषाध्यक्ष नैना कुमारी आचार्य, सह सचिव दिपक तामाङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सन्दीप लिम्बु,ईन्द्र कला नेम्बाङ,रविन सावादेन,सरस्वती लिम्बु,विवेक महारा, जिवन लिम्बु,अनमोल लिम्बु, र प्रतिक्षा तामाङ चयन हुनु भएको छ । शहिद स्मृति भवनमा सम्पन्न भेलालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धरान नगर संयोजक फोक्वाहाङ सुव्वा
(चोत्लुङ), महासंघका केन्द्रिय सदस्य तथा निर्वतमान सुनसरी खेलकुद विकास समतिी अध्यक्ष नरेन्द्र चोङवाङ, पार्टी नगर सहसंयोजक धन ब. लिम्बु, महासंघ जिल्ला उपाध्यक्ष प्रेम घिमिरे (सागर) जिल्ला आयोजक समिती सदस्य तथा बक्सिङ संघ सुनसरी अध्यक्ष विकास कुमार गोवाजु, सहसंयोजक खडग मगर लगायतले बोल्नु भएको थियो ।
भेलामा बोल्दै प्रमुख अतिथी चोत्लङले सुनसरी खेलकुद विकास समितीमा माओवादीले नेतृत्व गर्दा सुनसरीको खेलकुद भौतिक पुर्वाधारमा गुणतत्मक फड्को मारेको वताउनुभयो । धरान रंगशाला,सेमी कवर्डहल, पुरानो कर्वडहल लगायत पुर्वाधार माओवादी कै पालामा बनेको जानकारी गराउदै उहाले यसको संरक्षण र थप विकास पनि माओवादीको जिम्मेवारी रहेकोले नगर महासंघले यसको जिम्मेवारी लिनु पर्ने समेत बताउनुभयो ।
