इनरुवा÷गोपाल कोइराला त्यागी यतिबेला पुराना कविता नयाँ अनुहार लिएर नेपाली पाठकका बीचमा झुल्कनु भएको छ । साहित्य, लेखन, कथा, कविता, देशका पुराना दस्तावेजका संकलक, राजनीतिकर्मी, प्राज्ञिक व्यक्तित्व सबैतिर समान पहिचान बनाउनु भएका त्यागीको हालै प्रकाशित पुराना कविता नयाँ अनुहारमा आक्रोस, व्यङग्य, पीडा, भावुकता, प्रेम आदिको समिश्रण रहेको छ ।
पत्रकारिता क्षेत्रमा समेत लामो समय व्यथित गर्नुभएका कवि कोइरालाकै शब्द सापटी लिनुपर्दा अनावश्यक वक–झक गर्नुपर्ने कुरा कविता संग्रहमा केही छैन । सोझै भन्दा आजभन्दा ५०–६० बर्ष अगाडि युवा कविहरुको भावनामा बगेका तरंग, अन्याय र अत्याचारका विरुद्ध युवा गर्जन युवाकालको अल्लाडे प्यार, पे्रम वा तिरस्कारको संयुक्त रुपको प्रतिविम्बित हो पुराना कविता नयाँ अनुहार कविता संग्रह ।
कवि त्यागी भन्नुहुन्छ–संग्रहमा मेरो मैलिक सोध र तरंग भावना भएको भए पनि त्यस समय उर्लेका अनेक नवयुगका पथ प्रदर्शक कविहरुको भावना विचारले पनि संग्रहमा मनग्य स्थान ओगटेको अस्विकार गर्दिनँ । आफ्नो विचारसँग अझ ओजस्वी कवि, लेखक, विचारक, साहित्यकारहरुका कृतिहरु कि त साभार गर्ने गर्छु कि चोरचार पारेर आफनै पाराले जनसमुदाय सामुन्ने पस्कने गरेको त्यगीले विना शंकोच बताउनु भएको छ । मलाई साहिकार वा कवि बन्ने उत्कण्ठाले भन्दा पनि विचार सबै सामुन्ने पस्कने प्रेरणाले गर्दा चोरचार र सोरसार गरेर पुस्तकको रुपमा प्रकाशन गराउने बानी नै परिसकेको छ । अन्य कवि, लेखक, साहित्यकारको तुलनामा उहाँ पृथक देखिनुको एउटा कारण के पनि हो भने अरुले चोरचार सोरसार पारेको कुरा लुकाउँछन्, संकोच मान्छन् र आफनो मैलिक हो भनेर जिद्धि गर्छन् ।
त्यागीका पुराना कविता नयाँ अनुहारमा १ सय ३ वटा कविता संग्रहित रहेका छन् । कविलाइ स्वच्छन्दतावादीको पगरी गुथाइदिँदा अन्याय नहुने समेत देखिन्छ । पोखिन्छ मेरो यौवन मैसरी भन्ने कवितामा कवि यसरी पोखिएका छन् ।
म थाम्न सक्दिन यौवन
म रोक्न सक्दिन यौवन
अनि मातिन्छ जाड खाएको
जँड्याहा झै ।
अनि पोखिन्छ आएर दानव म मा
म लाचार हुन्छु
म विवश हुन्छु……….।
१ सय ६० पृष्ठको पुराना कविता नयाँ अनुहार कविता संग्रह पैरवी प्रकाशन काठमाण्डौ प्रमुख वितरक रहेको छ भने
राष्ट्रकवि माधव घिमिरे, साहित्यकार एवम् रजनीतिकर्मी लोकेन्द्रबहादुर चन्द, डा. शैलेन्दु प्रकाश नेपाल, मुकुन्द शरण उपाध्याय,, शशीप्रसाद बज्गाईले कविता संग्रहका बारेमा शुभकामना शब्दहरु खर्चनु भएको छ । संग्रह प्रकाशक पद्यम–भगिरथा प्रकाशनका लागि श्रीमति किरण कोइराला ‘हमला’, लेआउट डिजाइन हरेराम
चौधरी रहनु भएको संग्रहको मूल्य २ सय रहेको छ ।
