विद्युत प्राधिकरणलाई करोडौ रुपैया धरान उपमहानगरपालिकाले महसुल तिर्न बाकी

धरान/ ऊर्जामन्त्री जनार्जन शर्माले बाकी वक्यौता भएको सबैको विद्युत लाइन काट्न निर्देशन दिएपछि नेपाल विद्युत प्राधिकरणले सर्वसाधारण सेवाग्राहीको विद्युत लाइन काट्न थाले पनि सरकारी कार्यालय तथा पहुचवालाहरुको कराडौ बाकी बक्यौता हुदासमेत लाइन काट्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरण शाखा
धरानका अनुसार धरान उपमहानगर र बहरक्षेत्र गाविसमाका सरकारी कार्यालयहरुमा मात्रै करिव ६ करोड भन्दा बढी रकम प्राधिकरणलाई बुझाउन देखिएको छ । यस्तै धरान उपमहानगरपालिकाले मात्रै नेपाल विद्युत प्राधिकरणलाई सडक बत्ती वापतको ५ करोड १४ लाख, ८ हजार ९ सय ६० रुपैया तिर्न बाकी रहेको प्राधिकरण धरान शाखाले बताएको छ । यस्तै सुनसरी मोरङ सिचाई आयोजनाले १ करोड २४ लाख १८ हजार ४ सय १५ रुपैया महसुल वापतको रकम तिर्न बाकी रहेको नेपाल विद्युत प्राधिकरण धरान शाखाका निमित्त प्रमुख इन्जिनियर साजन महर्जन बताउनुहुन्छ । उहाले बाकी रहेका कार्यालयहरुमा पटक पटक पत्रमार्फत नै ताकेतागर्दा समेत रकम नबुझाएको उहाको भनाई छ । सबैभन्दा बढी महसुल बुझाउन बाकी धरान उपमहानगपालिकालाई त गत बर्षको मंसिर १६ गते र ०७३ सालको असार १४ गते पत्र पठाए पनि उपमहानगरपालिकाले तिर्न आलटाल गरेको उहाको भनाई छ
कार्यालयमध्ये सबैभन्दा धरान उपमहानगरपालिकाले प्राधिकरणलाई तिर्न बाकी रहेको देखिएको छ । बढी रकम असुलउपर गर्ने स्थनमा प्राथमिकताका साथ पत्राचार गर्ने गरे पनि धरान उपमहानगरपालिकाले भने उल्टै सडकवत्तीको
राजस्वमार्फत तिर्न बाकी रहेको भन्दै पत्राचार गर्ने गरेको निमित्त प्रमुख महर्जनले बताउनुभयो । उहाले सडकवत्तीवापतको करवापत ०७२ मंसिर १४ गते १ करोड २९ लाख ७ हजर रुपैया तिर्न बाकी रहेको भन्दै प्राधिकरणलाई पत्र पठाएकोजानकारी दिनुभयो ।
सवर्साधारण सेवाग्राहीले भने लोडसेडिङको नाममा दैनिक १० देखि १२ वटा लाइन काटिरहदा समेत विद्युतको महसुल समयमै नतिरे काट्ने प्राधिकरण सरकारी निकाय पहुचवाला निकायहरुमा लाइन नकाट्नुलाई सर्बसाधारण आश्चर्यमा परेको छन् भने महसुल तिर्न बाकी रहेका सरकारी कार्यालयका कर्मचारीहरु भने रकम छिटो बुझाउने भन्दा पनि आलटालमै बिताउने गरेको पाइएको छ ।
५ करोड भन्दा बढी रहम तिनी बाकी रहेको धरान उपमहानगरपालिकाले उल्टै प्राधिकरणले चुहावट भएको बत्तीको समेत महसुल उपमहानगरपालिकालाई थोपर्ने गरेको बताएको छ । धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले उपमहानगपालिकाले विजुलीवापतको महसुस नतिर्ने नभनेको तर सडक वत्तीमा समेत मिटर जडान गरेर पारदर्शी रुपमा भए तिर्ने जवाफ दिदा समेत प्राधिकरणले त्यो नगरी जथाभावि चुहावटको रकम समेत उपमहानगरपालिकालाई थोपरेक कारण नतिर्न बाध्य भएको बताउनुभयो ।
यता सुनसरी मोरङ सिचाईको चतरा पावरहाउससमेत रहेकाले
सरकारको स्वामित्वमा जाादा १० प्रतिशत विद्युत दिने भन्ने सम्झौता भएकाले पनि बक्यौता नबुझाए प्राधिकरणले जनाएको छ । ’
व्यक्तिगत तर्फ मोबाइल सेवाप्रदायक संस्था एनसेलको धरान
–१७ को टावरको मात्रै करिव ५९ हजार महसुल तिर्न बाकी रहेको थियो । पटक पटक अफिसबाट पत्र पठाउदा समेत लाइन काटिदिएको र लाइन काटेलगत्तै बक्यौता उठेको प्राधिकरणले जनाएको छ । उहाले सार्वजनिक सरोकारका विषयमा लाइन काट्न अत्यन्तै कठिन भएकोले पनि बाकी बक्यौता उठाउन गाहूो भएको शाखा प्रमुख महर्जनको भनाई छ । प्राधिकरणको धरान फिडरमा मात्रै यस्ता रकम उठाउन ६
करोडभन्दा बढी रहेको उहाकोभ भनाई छ । शाखाले बक्यौता रहेका सेवाग्राहीको लाइन भदौ ६ गतेबाट लाइन काट्न थालेको हो । दुईदिनमा ६ लाख रुपैयाजति बक्यौता नतिरेकाहरुको लाइन काटे लगत्तै साढे ४ लाख रुपैया बक्यौता उठिसकेको छ । हाल ३० हजार रुपैया भन्दा माथिका बक्यौता रहेकोहरुको विद्युत लाइन काट्न थालिएको छ । धरान फिडर अन्तर्गत धरान उपमहानगरसागै बराहक्षेत्र गाविस गरी शाखामा २६ हजार ५ सय ग्राहक संख्या रहेका छन् ।

तपाईको प्रतिक्रिया