धरान/ २१ औ शताब्दीमा पनि छुवाछुत पूर्ण रुपमा अन्त्य नभएकोमा व्राम्हण समाज धरान नगर समितिले चिन्ता व्यक्त गरेको छ ।
व्राम्हण समाज धरान नगर समितिको शनिवार भएको दोस्रो नगर अधिवेशनका क्रममा समाजका अगुवाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
पछिल्लो समयमा छुवाछुतको अन्त्यका लागि विभिन्न कामहरु गर्दै आइरहेको समाजले रुढीवादी चिन्तनको अन्त्य गर्दै नेपालको संविधान अनुसार छुवाछुतको अन्त्य गर्न लागि परेको उनीहरुले बताएका छन् ।
सो अवसरमा बोल्दै समाजका नगर अध्यक्ष उद्धव अधिकारीले समाजले छुवाछुत अन्त्यका लागि धेरै काम गरेको बताउनुभयो । उहाले केही समय अगाडि सामाजिक संस्कार अनुरुप दलित समुदायका वटुकहरुलाई व्राम्हण, क्षेत्रीयहरुसंगै राखेर विधि अनुरुप ब्रतन्ध गराएर यसको शुरुवात गरेको स्पष्ट पार्नुभयो । नेपालको संविधानमा छुवाछुतको अन्त्यको विषयमा धेरै कुरा उल्लेख भएपनि अझै पनि यो परम्मपरा रही रहनु चिन्ताको विषय भएको बताउनुभयो ।
धरान २ गीता मन्दिर भवनमा भएको दोस्रो अधिवेशनमा समाजमा रहेका जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा धरान १० का
नारायण घिमिरे, धरान १४ का पुरुषोत्तम भट्टराई, धरान १ की पुण्यमाया थपलिया, धरान १५ का खड्गनाथ दाहाल, धरान १२ की डम्बरकुमारी ओझा, धरान २ लक्ष्मीप्रसाद पौडेल रहनु भएको
छ । स्म्मानित हुनेहरु अधिकांश ९० बर्ष भन्दन माथिका छन् सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् समाजका केन्द्रीय महासचिव बासुदेव भट्राईले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको
थियो ।
अधिवेशनले उद्धव अधिकारीको अध्यक्षतामा नयाा कार्यसमितिको चयन समेत गरेको छ ।
