धरान/नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा जानु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतमा उच्चस्तरीय भेटघाट गर्नुभएको छ ।
उहााले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, विपक्षी दलका नेता राहुल गान्धी लगायतका नेताहरुसाग सिष्टाचार भेट गरी संविधान कार्यान्वयन, भारत सरकारसाग नेपाल सरकारको अपेक्षा, आगामी निर्वाचन, दुई देशका सरकार प्रमुख, राष्ट्रपतिको भ्रमण, आपसी सम्बन्धलाई थप सदृढ बनाउने लगायतका विषयमा वार्ता गर्नुभएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको भारत भ्रमणका क्रममा नेपाली र भारतीय अधिकारीबीच भएको भेटघाट अनुसार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० गते भारतको तीनदिने भ्रमणमा जानु हुने भएको छ । उहााले ३० र ३१ गते भारतमा उच्च स्तरीय भेटघाट गरी असोज १ गते स्वदेश फर्कने कार्यक्रम समेत तय भएको छ । यस पटक हुने दाहालको भ्रमणमा देशको कुनै एउटा ठूलो परियोजनामा भारतले सहयोग गर्ने तयारी समेत भएको छ । उपप्रधानमन्त्री निधिले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसागको घेटघाटका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले मोदीलाई लेखेको पत्र हस्तान्तरण समेत गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौ महिने कार्यकार्यलमा कुटनीतिक र राजनीतिक भन्दा पनि विकास निर्माण कार्यलाई अगाडि बढाउन चाहेकोले सहयोगको अपेक्षा गर्नुभएको छ । प्रधानमन्त्री दाहालको सोही अपेक्षा अनुसार भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने अपेक्षा गरिएको हो ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा गर्न चाहेको सम्झौताहरुको एउटा फेहरिस्त नै पठाउनुपर्ने भएको छ । त्यसैको आधारमा निधिले भारतीय अधिकारीहरुसाग छलफल गर्नु भएको थियो । दाहालले लामो समयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने चाहना राख्नुभएको छ । पञ्चेश्वरको डिपिआरलाई निर्णयमा पुर्याउन चाहेको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले झण्डै दुई बर्ष अगाडि नेपाल भ्रमण गर्दा पञ्चेश्वरलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । यसैगरी नेपालमा २०७२ साल वैसाखमा गएको महाविनाशकारी भुकम्प पीडितहरुलाई नेपाल सरकारले दुई लाख दिने निर्णय
गरे पनि प्रचण्ड सरकारले तीन लाख दिने निर्णय गरेको छ । यसका लागि आवश्यक एक लाख भारतसाग सहयोगको आग्रह गरिएको छ । यसैगरी ठप्प प्राय: रहेको हुलाकी राजमार्गको निर्माण कार्यलाई अगाडि बढाउने, पनौतिमा प्रहरी एकेडेमी निर्माणमा सम्झौताको तयारी समेत भएको छ ।
