धरान/नेपाली काग्रेसको सशक्त भातृ संगठन नेपाल तरुणदल सुनसरी क्षेत्र नं. १ र धरन उपमहानगर समितिको अधिवेशनहरु सम्पन्न भएका छन् ।
भाद्र ३ गते शुक्रबार नेपाली काग्रेस धरान नगर समितिको कार्यलयमा सम्पन्न क्षेत्रीय अधिवेशनले गणेशकुमार लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाा कार्यसमिति चयन गरेको छ । अधिवेशन अगडि तरुण युवहरुले तरुण दल र नेपाली काग्रेसको झण्डा सहित मोटर साइकल र्यालीले धरान नगर परिक्रममा समेत गरेका थिए । क्षेत्रीय समितिको उपसभापतिका मिलन लिम्बु, सचिवमा
रोजन रनपहोली, कोषाध्यक्षमा किरण राई तथा सदस्यहरुमा एकराज शंकर, अजय सुब्बा, सूर्यैबहादुर राई, रहिमा श्रेष्ठ, ज्याकी लिम्बु, टिकाराज राई, राजेश गुरुङ्ग त्रिलोचन राई, सुनिल राई, पचन राई, विजु राई, सुभाष लिम्बु र सुमन राईलाईसर्वसम्मतले चयन गरेको छ । अधिवेशनमा समी श्रेष्ठ केन्द्रीय प्रतिनिधि र डम्मरसिंह सम्वाम्फो जिल्ला प्रतिनिधिको रुपमा उपस्थित रहनु भएको
थियो ।
सो अवसरमा नेपाली कााग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, तरुण दल सुनसरीकाउपाध्यक्ष सन्तोष विक, काागेस जिल्ला प्रवक्ता सुजेन्द तामाङ्ग, तरुण दल सुनसरीका प्रथम उपाध्यक्ष सन्दिप श्रेष्ठ, हिमाल श्रेष्ठ, डम्बर लिम्बु लगायतले बोल्नु भएको थियो । यसैगरी तरुण दल धरान उपमहानगरसमितिको अधिवेशनले हिमाल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ । जसको उपसभापतिमा राम कुमार तामाङ्ग, सचिवमा ज्ञानेन्द्र लिम्बु, कोषाध्यक्षमा जिना तामाङ्ग निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा सरोज श्रेष्ठ, जेनिस तुलाधार, माया राई, नरसिंह राय, आतिश राई, शंकर पाण्डे, सुनिल विक, समक्षा श्रेष्ठ, बसन्त राई, विक्रम तामाङ्ग र नम्रता लिम्बु राई निर्वाचित हुनुभएो छ । नगरबाट केन्द्रीय प्रतिनिमिा देवेन्द्र लिम्बु र क्षेत्रबाट समि श्रेठ मनानित हुनु भएको छ ।
