एसएपीलाई काठमाडै लगियो

धरान/पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख एसएपी राजेन्द्रमान श्रेष्ठलाई थप उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पाल लगिएको छ । उनलाई झण्डै तीन हप्तादेखि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा भर्ना गरिएको थियो । श्रेष्ठ गत साउन १५ गते शनिवार व्याडमिन्टन खेलिरहेको अवस्थामा धरानमा एक्कासी बोहोस भएका थिए । बेहोस हुनु अगडि श्रेष्ठ कोशी अञ्चल प्रहरी कार्यालय धरानको कवर्ड हलमा व्याडिमिन्टन खेलिरहेका थिए । चिकिकत्सकहरुक अनुसार श्रेष्ठ अहिलेलक्ड इन सिन्ट्रोममा रहेका छन् । उनलाई वरपर के भइरहेको छ भन्ने जानकारी हुने तर आपूलेचाहिा कुनै कुरा कसैगरी पनि व्यक्त गर्न नसक्ने अवस्थामा छन् । चिकित्सकले श्रेष्ठको शरीरलाई अह्राउने मस्तिष्कको तन्तु (ब्रेन स्टेम) ले कम नगर्दा समपूर्ण शरीर र दिमागबीचको सम्बन्ध विच्छेद हुन पुगेको बताएका छन् । यसै समबन्धका हामीले एसएसपी राजेन्द्रमान श्रेष्ठका सम्बन्धमा जिज्ञारा राख्दा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले भन्नुभयो खै केही भन्न सक्ने अवस्था नै भएन । शरीर जस्ताको तस्तै छ तर चेत छैन । त्र

तपाईको प्रतिक्रिया