प्रा.डा टंक न्यौपानेलाई इटहरी र धरानमा नागरिक अभिनन्दन गरिने

धरान/ नेपाली भाषा तथा साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रा.डा. टंक न्यौपानेलाई नागरिक अभिनन्दन गरिने भएको छ ।
राष्टिय स्तरमै अभिनन्दन गर्नुपर्ने व्यक्तित्वलाई राज्यले समेत केही नगरेपछि नागरिक स्तरबाट प्रा.डा. न्यौपानेलाई नागरिक अभिनन्दन गरिने प्रा.डा. टंक न्यौपाने अभिनन्दन समारोह समितिले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी
जानकारी दिएको छ ।
उहालाई आगामी भदौ १६ गते मोती स्मृति दिवसको अवसर पारेर अभिनन्दन गर्न लागिएको अभिनन्दन समिति अन्तर्गत धरान व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण खतिवडाले जानकारी दिनुभयो । उहाले नेपाली भाषा, साहित्य तथा आदिवासी जनजातिको भाषा साहित्यको विकासमा अघि बढ्नुभएका व्यक्तित्वलाई अभिनन्दन गर्न लागिएको उहाको भनाई छ ।
उहालाई इटहरी र धरानमा एकै साथ अभिनन्दन गर्न लागिएको हो ।
इटहरीको जनता वहुमुखी क्या्रम्पसबाट निकालेको र्‍यालीले इटहरी बजार
परिक्रममा गर्ने र त्यसपछि धरान बजारको परिक्रममा गरिने संयोजक खतिवडाले जानकारी दिनुभयो । धरानमा भने धरान ८ तीनकुनेमा रहेको श्रीगंगामा माल्यापर्ण गरी पञ्चेबाजासहित धरान परिक्रममा गराइने र भानुचौकमा कार्यक्रमको आयोजना गरी उहाल अध्यापन गर्नुभएको महेन्द्र वहुमुखी क्याम्पस पुर्‍याइने अभिनन्दन समितिले जानकारी दिएको छ ।
यसका लागि ३ लाख ५० हजार रुपैया खर्च लाग्ने र सहयोग जुटाउने काम भइरहेको समितिले जानकारी दिएको छ ।
२००९ सालमा धनकुटाको चुङमाङमा जन्मनु भएका प्रा.डा न्यौपानेले नेपाली भाषामा विद्यावारिधी गर्नुभएको
छ । उहाले नेपाली भाषा, व्यापाकर र जनजातीय भाषाको अध्ययन एवम् अनुसन्धान गर्नुभएको छ । आठपरिया
राईहरुको भाषामा समेत विद्यावारिधी गर्नुभएका प्रा.डा. न्यौपानेले साहित्यको पहिलो पाइला कविताबाट शुरु गर्नुभएको हो । समालोचना र भूमिका लेखनमा लागिरहनु भएका न्यौपानेका साहित्यको रुपरेखा, नेपाली ध्वनीशास्त्र, भाषा विज्ञानको रुपरेखा, भाषा विज्ञानका प्रमुख सिद्धान्त, व्यवहारिक नेपाली व्याकरण, मानव नेपाली व्याकरण लगायतका एकदर्जन पुस्तक तथा विद्यालय तहका सन्दर्भ पुस्तकहरु प्रकाशित छन् । उहा सेवा पदक (२०४५), दीर्घ सेवा पदक (२०४७), नेपाल विद्याभूषण (२०६७), भानुभक्त स्वर्णपदक (२०७२), डा. गणेश घण्डारी स्मृति पुरस्कार(२०६२), प्रथम सार्क पुरस्कार (२०६५) लगायतबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया