भारतीय स्वतन्त्रता दिवसमा विविध कार्यक्रमको आयोजना

इनरुवा/भारतको ७० औं स्वाधीनता दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघ इनरुवा शाखाको आयोजनामा उच्च रक्तचाप र मुटु रोगबाट बाच्ने सम्बन्धि अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भारत मैत्री संघ इनरुवा शाखाको आयोजनामा ०७३ भाद्र ३ गते शनिवार उच्च रक्तचाप र मुटु रोगबाट बााच्ने सम्बन्धि अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । कार्यक्रमम मुुटु एवम् छाती रोग विशेषज्ञ डा. खालिद हुसैन हकले उक्त विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि इनरुवा जिल्ला जनस्वासथ्य प्रमुख डिल्ली अधिकारी, विशेष अतिथि उमेशलाल कर्ण, इन्द्रनन्द साह थिए भने कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष हेमराज पोखररेलले गरेका थिए । कार्यक्रमम सञ्चालन सस्थाका सचिव सन्तोष देवले गरेका थिए ।

तपाईको प्रतिक्रिया