फाउन्डेशनद्वारा रामायण परियात्रा कला कार्यशाला सम्पन्न

जनकपुर/भारतको ७० औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बीपी कोइराला भारत–नेपाल फाउन्डेशन, भारतीय
राजदुतावास काठमाण्डौको आयोजनामा जनकपुरमा दुई दिने रामायण परियात्रा कला कार्यशाला सम्पन्न भएको छ ।
रामायण परियात्रा कला कार्यशाला आयोजना गर्नुको मुख्य उद्देश्य अयोध्या जनकपुर, बनारस काठमाण्डौको भगिनी सम्बन्धाई प्रगाढ बनाउनु रहेको थियो । परियात्रा कला कार्यशालामा दुईदेशबीच भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउन
भारतका ५ जना र नेपालका सात जना कलाकारहरुले भाग लिएका
थिए ।
दुवै देशका कलाकारहरुले मिथिला र मधुवनी चित्रकला
रामायणको विषय वस्तुमाथि केन्द्रित गरेका थिए । सो अवसरमा नेपालका प्रख्यात कलाकार श्रीमति राघिनी उपाध्याय र भारतीय प्रख्यात कलाकार मुकेशकुमार नायर सहभागी रहनु भएको थियो । परियात्रा कला कार्यशालाको सहभागीहरुलाई भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदुतावासमा आयोजित विशेष समारोहमा भरतीय राजदूत रन्जित रायले सम्मान गर्नुका साथै उनीहरुद्वारा तयार पारिएका कला प्रदर्शनमासमेत राखिएको थियो ।
कला क्षेत्रमा उत्साहित, कला संग्रहकर्ता, कलाकार तथा कला समिक्षकहरुको ठूलो संख्या रामायण परियात्रा कलाप्रति आकर्षित भएका थिए । कलाकारहरुले अभिरुचिपूर्वक रामायणको विभिन्न पाटाहरुको व्याख्या गरेका थिए । कार्यशालाले दुई देशबीचको कला, धर्मको माध्यमबाट सम्बन्धमा निकटता देखाएको थियो ।

तपाईको प्रतिक्रिया