घण्टाघरबाट हेर्दा

राँडे रुवाई
अस्तिनैका पर्धानमन्तरी खप्रहोको नजिक भएर सत्ताको तर डकार्नेहरु यतिबेला रााडे रुवाई गरेर बसेका छन् । किन दु:ख पाइस मंगले आफ्नै ढंगले भनेझै भा’छ झालेमालेभित्र यतिबेला । नेपालके सत्ता भन्य यहााका वुखयााचा दलहरुले मिलाई मिलाई पड्काउने हो । तर खप्रओले एक्लै सिनित्त पार्न खोजेपछि विचरा कान्लाको डिलमुनी फालिए । थपमक भद्र सहमति मान्द्यि भए यतिबेला सिंहदरबारको बरण्डामा झालेमालेकै नेताहरु विश्राम गरिरा’ हुन्थे । सिण्डिकेट जस्तै आलोपालो गरेर सिंहदरबारके कुर्सीम बस्ने भनेर पहिला प्रचण्डाउसाग सहमति गर्ने अनि पछिचाहिा गर्धन गएपनि कुर्सी छोड्दिन भनेपछि खपओ कान्लामुनी िमल्काइएका छ हुन नि । भद्र सहभति अनुसार आलोपालो गर्‍या भए आज रााडे रुवाई गर्नै पर्ने थिएन । अहिले विदेशीले गर्दा हाम्ले सत्ता छोड्नुपर्‍यो भनेर खुट्टा बजारेर के गर्नु ?
कडा गर्ने रे ?
अबदेखि रुट मरमिट नभएका सवारी साधनलाई चल्न नदिने, धेरै यात्रु बोक्नेर्ला ठामको ठाम कारबाही, जरिवाना गर्ने रे । नाननीभन्दा आाची ठूलो भन्या यही हो । यत्तिका दिन बतासे भएर दौडिएका सवारी साधनबाट ट्राफिक प्रहरीले लुड्याउन सम्म लुड्याएका थे । अब झनै उपद्रै मच्चाउने भए । जब पर्‍यो राति अनि बुढी ताती भनेझौ जब अनाडी, नक्कली ड्राइभरले गाडी कुदाउन थले यात्रुवाह बस भिरतिरै जम्प गर्न थाले । त्यसपछि सरकरका विरुद्धमा जन्ताले रााको बाल्न थालेसी कडा कारबहीके उर्दी जारी गरेको छ । उहिताको बुहारी भटमस खाएकी भनेझै कमिशन र खल्तिमा छ्याप्प–छ्याप्प मल राख्न बानी परेका ट्रापिक प्रहरीहरुका अब झन शुभ दिन फिरे जस्तो छ । नेपालको कानुन पैसाले जानुन, ड्राइभरले किन मानुन ।
थपिया थपियै
नेपालमा जति सरकार बन्छन् सबै विचित्रकै हुन्छन् । उाधो बगाएर उाभोतिर खोज्ने जस्ता खप्रओ पर्धानमनतरी भए नौ महिनासम्म सबैलाई हवा खुवाएर पेट उटुस मुटुस भएको हावा अपान वायु बनेर फुससुस निस्कन थाल्या के थियो । प्रचण्डाउले अर्के किर्तिमन राख्न थाल्या छन् । अस्तिका दिन उन्ले मधेश आनदोलमा जिब्रो टोकेकाहरुलाई सबैलाई एकमुष्ट शहीद घोषण् गरिदिए । मर्कको घरमा ढुंगा हान्ने सवारी साधन तोडफोड गर्ने, लुटपाट गर्ने, तस्करी गर्ने सबै हीद भएछन् । पचण्डाउले ति सबैको उद्धार गरिदिएछन् । राज्यकोषबाट ती सबैर्ला राम्रै माल दिने घोषणा पनि गरेछन् । जेहोस् यो मुलुकम शहीदको संखया थपिएको थपियै छ । ये हाम्रा लागि गौरवको कुरा हो । कि कसो हौ ?
झ्याम–झ्याम
यतिबेला मालपोत कार्यल धरानका हाकिम, नापीका हाकिम, स्टेन्डर दलाल, लेखनदाशसबै मालामाल भा’छन् । अर्काको सम्पत्ति खात्तखु गरेर रातारात अकैको बनायो माल पड्कायो । यरी पुण्य काम गर्नका लागि धरान नगरपालिकाक कर्मचारीहरल्े भटाभट सिफारिस गदिर्ददा रै’छन् । मालके सानो कमाल हुादैन । राज्यले नागरिकको सम्पत्ति रक्षा गर्दिन्छ भन्थे फुइय्याा हुन्थ्यो ? उल्टै राज्यके परिचयपत्र कोबेकाहरुले झ्याम्म झ्याम् मल डकारेर दायाबाया गर्दा नि उनेरमाथि कारबाही भा’छैन । आखिरी सेटिङ्ग तलदेखि माथिसम्मै हुन्छ क्यारे । अरुक त आाखा फुटे फुटे अख्तियारको आाखामा गतिलै कचेर लागेछन् कि क्या हो ? पहिला पहिला ठूल्ठूला माछा समात्ने ध्वाास पिट्दै हिडेका अख्तियार प्रमुख अलोकमान सिंह कार्की चुइाक्क बोल्नै छाडेका छन् । पहिला पहिला त यसे भुरो टाकुरे सम्म त माछा समात्थे आजकल त तयो पनि छाड्देका छन् । किन होला कुन्नि ?
राष्ट्र नायक रे
केही पाइनस बुहारी पाडाको पिाध न्या भनेझै हिजोआज सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा प्रचण्डाउलाई राष्ट्रनायक भनेर स्टाटस लेख्या देखिन्छ । अब नेपली जन्ताले केही नपएर प्रचण्डाउ जता धुन्धुकारीलार्य राष्ट्रनायक मन्नुपर्नेै दिन आएछ । हैन हौ तिनै प्रचण्डाउले दश बर्षसम्म विध्वंस मच्चाएको होइन र भन्या ? अनि त्यस्तालाई कसले राष्ट्रनायक मान्छ ? राष्ट्रनायक हुन त बुद्धि पनि राष्ट्रनायकको जस्तो हुनुपर्‍यो नि । व्वाासाको जस्तो बुद्धि भाका्लाई कस्ले राष्ट्रनायक मान्छ ? हैन नेपालका कम्युनिष्टहरुले शब्दचाहिा चयन गर्ने हुन वा † हिजो खप्रओ सत्तामा छउन्ज्याल राष्ट्रप्रेमी भनेर कम्ता हाउगुजी फैल्याएनन् । फेरि नेपाली नेपाली जनता पनि उस्तै घााडा छन् । कागले कान लग्यो भन्दा कागकै पछि दगुर्ने । पहिला आफ्नो कान छाम्नु पर्दैन ? केपी राष्ट्रवादी भएझौ प्रचण्डाउ पनि ९ महिना राष्ट्रनायक हुने भए ।
खत्र्याकखुत्रुक
नेप्लीज लााग्रेसका तेस्रो लिंगी नेता रामचन्द्रै बाजे यतिबेला खत्र्याकखुत्रुक परेर घरैमा डल्लिएका छन् । विचरा किन नडल्लिउन त ? जता हात हाल्यो त्यतै लसरघण्टी लाग्छ । पार्टी सभापति हुाम्ला भन्या थे त्यतै चिप्लिए । संसदीय दलको नेताम उठे त्यसबाट पनि हातलागनी सुन्ना अपाmू उत्तानो चित्त भएपनि विद्यार्थी संगठनमा त यसो जोरीपारीलाई देखाउाला भन्ने सोच्या थे बाजेले त्यताबाट पनि उही गुलीÏयााक । नहुने बेलामा गन्हाउने मुाख । ततै गुयालाको फूल् हातलागी भएसी’ अरु भएत बहुलाउथ्यो । तर धन्न तेस्रो लिंगी बाजे नै परेछन् । बहुलाउनु भन्दा थन्किनु नै बेस ठानेछन् क्यारे । त्यै भएर चिारा हािजेआज घरैमा डल्लिएर बस्या छन् ।
बुद्धि फिर्‍या हो ?
हाम्रा नेताहरुको बुद्धि फिर्‍या हो कि ल्याकत माने हुति कम हुादै गएको हो । घण्टाघर आजकल अलि दोधारमा पर्दै गएको छ । यिन्ले जे कुराम हात हाल्यो त्यही कुरा चौपट्ट हुादै गा’छ । अब हेरै न आफूलाई सबैभनदा चर्को क्रान्तिकारी देखाउन पहिला देशलार्य १४ वटा सम्म टुक्रा बनाउन तम्सिए । त्यपछि सातमा आएर ठोक्किए । अब त्योसातको पनि सीमांकन नामांकन गर्न यिन्का ल्यकत नपुग्ने जस्तो देखिन थालेसी अहिले ५ विकस क्षेत्रलाई नै ५ प्रदेश मान्दा उत्तम होला कि भनेर भन्दै हिाड्न थाल्या छन् । जहिल्यै पनि खुट्टी हेरेर उफ्रनुपर्छ । मुरलीजस्तो खुट्टी भएर यमनको भरी बोक्छ ु भनेर फुई लगाएर पनि कही हुाछ ? सनक्क सन्कदा गणतन्त्रके घोडषणा गरे, युरोपियनहरुको माल खाएर धर्मनिरुपक्षेता घोषणा गरे । अब यिनै कुरा तिन्र्ला भालुको कन्पट हुादैछ । दुवै कुरा मनेराजसंस्था र हिन्दुराष्ट्र व्युाताउनुपर्छ भनेर यिन्ले बोल्न थाले भने घण्टाघरलाई चाहिा आश्चर्य ज्यान गए पनि लाग्दैन । पहिला गल्ति गर्ने अनि पछि आत्मालोचभना गर्ने यिनीहरुके आदत जो छ ।
अन्तेमा
अब उप्रान्त सवारी साधनको लाइसेन्स लिादा एलएलसी अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान वतृमान म्यादी सरकरले गरेछ । अरुका लागि नियम कानुन बनाउनेले आफ्ना लागि चाहिा बनाउनु पर्दैन ? मन्त्री र सांसद बन्न पाउने अनि जाबो एउटा ड्राइभरले चाहिा लाइसेन्स लिन एलएलसी उत्तीर्ण गर्नुपर्ने ? यो त हदै भयो गााठे । अब मन्त्री र सांसद हुन पनि योग्यता तोकिनै पर्छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया