राष्ट्रकवि माधव प्रसाद घिमिरेले विदेशमा बसोबास गर्ने नेपालीहरुले पनि नेपालको साहित्यिक सिर्जनामा योगदान पुर्याएको पाउादा आफूलाई निकै खुशी लागेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा कवयित्री गीता भेटवाल (गौतम)द्धारा लिखित ‘मुनाका बेदनाहरू’ नामक गीति कविताको विमोचन गर्दै राष्ट्रकवि घिमिरले भने,‘विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको साहित्यिक सिर्जनामा ठूलो योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, कवयित्री भेटवाललाई सम्झिादा पुग्छ, उहााले क्यानडामा बस्दा समेत साहित्य सिर्जना गर्न छोड्नुभएन, मलाई यो देख्दा निकै गर्व लागेको छ ।’
कवि घिमिरेले साहित्यप्रेमी नेपाली स्रष्टाहरु जहाा गएपनि नेपालको माटो, प्रकृति र यहााको आदर्श विर्सन नसक्ने भन्दै उनीहरुले नेपाली साहित्यको विकास र संरक्षणमा पुर्याएको योगदान साधै कदरयोग्य रहने विश्वास व्यक्त गरे । आफू यो उमेरमा पुस्तक विमोचन गर्न आउनुको प्रमुख कारण पनि विदेशमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याउने नयाा स्रष्टाहरुलाई प्रोत्साह दिनु रहेको स्पष्ट पारे । उनले थपे,‘मलाई आज औधी खुशी लागेको छ, क्यानडामा बसेर पनि नेपालीपनलाई साधै संरक्षण एवम् प्रर्वद्धन गर्न लागिपर्नुभएकी कवयित्री गौतमद्धारा लिखित गीतिसंग्रह विमोचन गर्न पाएा ।’ घिमिरेले पुस्तकले मुलत: लोकशैलीलाई आत्मसात् गरेको पाएकोमा निकै खुशी लागेको बताए । घिमिरेले कृति अत्यन्तै मार्मिक रहेको भन्दै आगामी दिनमा समेत आफ्नो लेखन कलालाई निरन्तरता दिएर नेपाली साहित्यलाई साधै माया गर्न कवयित्री गौतमलाई शुभकामना दिए । घिमिरेले नयाा पुस्ताका सिर्जनाबारे उत्सुकता मेटाउनका लागि आफू ९८ वर्षको बुढ्यौलीका वाबजुद् सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुने गरेको बताएका छन् । राष्ट्रकवि घिमिरेले नयाा पुस्ताका साहित्यकारहरुले के कस्ता पुस्तक लेखिरहेका छन् भन्ने थाहा पाउन आफूलाई निकै तलतल हुने गरेको बताए ।
घिमिरेले नयाा पुस्ताका साहित्यकारका सिर्जनाबारे थाहा पाउने तलतल मेटाउनकै लागि आफू आफ्नो महाकाव्य लेखनको काम छोडेर सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुने गरेको बताए ।
आफू कृति विमोचन कार्यक्रममा जान छोडेको भएपनि पत्रकार ऋषि धमलाको आग्रहलाई हार्न नसकेर आजको कार्यक्रममा आएको बताए । उनले थपे,‘ऋषिजी उज्यालो अनुहार लिएर मेरो निवासमा आउनुभयो, नामै ऋषि, उहााको आज्ञा हामीजस्तो कविले कसरी टार्न सक्छौं र ?’
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले राष्ट्रकविको हातबाट पुस्तक विमोचन हुनु ऐतिहासिक क्षण भएको उल्लेख गर्दै भने,‘कविवर घिमिरेज्यूको हातबाट आज पुस्तक विमोचन भएको छ, यो अवसर विरलै आउाछ ।’
डा. घिमिरेले कवयित्री गौतमले क्यानडामा रहादापनि आफ्नो साहित्य सिर्जनालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत साहित्य सिर्जना, यसको संरक्षण र प्रर्वद्धनमा लागिरहन शुभकामना दिए । उनले साहित्यको लतमा लागिसकेपछि मानिसलाई त्यसबाट उम्किन गाह्रो हुने उल्लेख गर्दै थपे,‘यो भााग खाएजस्तो हो, यसमा लागिसकेपछि यसबाट छुटकारा पाउन सितिमिति सकिादैन, अहिले कवयित्री गौतमलाई पनि त्यस्तै भएको छ, उहाा क्यानडामा बस्दापनि यसको लतबाट उम्किन सक्नुभएन् ।’ नारी साहित्य समाजकी अध्यक्ष गीता कार्कीले उक्त गीतिकविता माथि मन्तव्य राख्दै कवयित्रीले गीतिस्रंगहमार्फत नारीको मनको घाउलाई पोखेको बताईन् ।
उनले थपिन्,‘कवितामा नारीको मनमा चलेको आाधीको बारेमा लेखिएको छ, यो किसिमको क्रान्तिको आवाज नै हो भन्दा फरक पर्दैन्, चोटको मसीले लेखिएको वेदना हो यो, त्यसैले यो मार्मिक छ ।’ उनले कवयित्री गीता गौमजीको लेखन शैली अत्यन्तै मौलिक भएको भन्दै प्रंशसा समेत गरिन् ।
त्यस्तै साहित्यकार डा. नवराज लम्सालले कृतिमाथि प्रकाश पार्दै भने,‘यो कृति अत्यन्तै मार्मिक छ, यसमा नारीको भावनालाई समेटिएको छ, लेखिकाको लेखन शैलीबाट म निकै प्रभावित भएा ।’ लम्सालले साहित्यक क्षेत्रमा भएका राम्रा लेखनको पक्षमा बहस छेड्नुपर्ने बताए ।
विदेशमा रहेरपनि नेपालको साहित्यिक सिर्जनामा ठुलो योगदान पुर्याएकोमा कवयित्री गौतमलाई धन्यवाद दिादै आगामी दिनमा साहित्य सिर्जनामा निरन्तरता दिन शुभकामना दिए । कार्यक्रममा समाजसेवी डा. मालिका प्रसाई, प्राध्यापक अम्बिका लुईटेल, प्राध्यापक खेम कडरिया लगायतले उक्त कृतिमाथि प्रकाश पारेका थिए । ४८ पृष्ठ लामो उक्त पुस्तकको प्रकाशकमा बुबा आमा काशीनाथ भेटवाल र ईश्वरा देवी भेट्वाल रहेका छन् भने यसको मुऽण यज्ञ अफसेट प्रेस, बिर्तामोड, झापाले गरेको हो । कवयित्री गौतमको जन्म विंसं. २०२४ चैत्र ०६ गते इसिबु–०७ भेटवाल गाउा तेह्रथुममा भएको हो । स्नातकसम्मको अध्ययन पूरा गरेकी उनी हाल क्यानडाको टोरोन्टोमा बस्छिन् । उनको पतिको नाम भरत गौतम हो भने उनको दुई सन्तान छन् । छोरा उल्लास गौतम र छोरी एलिजा गौतम धमला ।
