गोरखाको बेकरी धरानमा सर्वाधिक लोकप्रिय बन्दै तीजका लागि खरिद गर्नेहरु महिलाहरुको अत्याधिक भीड

इटहरी/गोरखा डिपार्टमेन्ट स्टोरले केही बर्ष यता सञ्चालनमा ल्याएको गोरखा बेकरी उद्योगबाट उत्पादित बेकरी आइटम
धरानमा अत्यन्तै लोकप्रिय भएको छ ।
गोरखा बेकरीका उत्पादन यद्यपि, पूर्वाञ्चलमै लोकप्रिय भएपनि धरानमा अत्याधिक खपत बढेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । विगतमा इटहरीस्थित पहिलो शाखाबाट उत्पादन हुादै आएको उद्योग हाल इटहरी–४ हलगढाबाट सञ्चालनमा आएपछि सहजताका कारण विक्रीमा बढोत्तरी समेत भएको हो ।
राजमार्गको छेउमै सञ्चालन भएको उद्योगबाट थोक तथा खुद्रा विक्रेताहरुले त्यहााका उत्पादन सिधै खरिद गर्न थालेका छन् । सञ्चालक आचार्य भन्नुहुन्छ पहिला ग्राहकहरु पार्किङ्गको अभावले उत्पादन
खरिद गर्न चाहेर पनि सकिरहेका थिएनन् । तर यतिबेला कोशी राजमार्ग छेउमै उद्योग रहेकाले पार्किङ्गको समेत समुचित व्यवस्था भएकोले इटहरीबाट उत्तरतर्फ जाने सवारी साधन रोकेरै ग्राहकहरु उत्पादित विभिन्न आइटम खरिद गर्ने गर्छन । यस्ता ग्राहकहरु दैनिक ५ हजार रहने गरेका छन् ।
इटहरी ४ हलगडास्थित गोरखा बेकरी उद्योगका सहायक म्यानजर प्रेम केसीका अनुसार गोरखाका बेकरीहरुको यतिबेला पूर्वमा उच्च माग रहेको छ । ग्राहकहरुको माग बमोजिम उत्पादन पुर्‍याउन नै हामीलाई धौ धौ परेको छ । हरेक दिन उद्योग परिषरमै साइकल, मोटरसाइकल, साना सवारी साधनहरु लिएर व्यवसायीहरु विहानैदेखि आइपुग्छन । दर्जनौ प्रकारका स्वादिष्ट बेकरीका आइटम लिएर उहााहरु धरान, हाासपोसा, इटहरी, इनरुवा, खनार, दुहवी, विराटनगर, बेलबारी, गछिया, मंगलबारे, उर्लाबारी, दमकसम्म पुग्ने गर्छन् ।
मोटरसाइकलबाटै गोरखा बेकरीको व्यवसाय गर्दै आउनु भएका विराटनगरका श्याम गिरी भन्नुहुन्छ गोरखाकै बेकरीका लागि ग्राहकहरु पर्खिबसेका हुन्छन् । स–साना पसल र घर घरमा सामान पुर्‍याउदै आएको बताउने गिरीले गोरखाका उत्पादनलाई आÏनो व्यवसाय नै बनाएका छन् । गोरखाका उत्पादन विक्री वितरण गरी जीविकोपार्जन गर्नेहरु यतिबला दर्जनभन्दा बढी रहेका छन् । सहायक म्यानेजर प्रेम केसीका अनुसर हाल गोरखा बेकरी उद्योगबाट मिल्क ब्रेड, मिनि मिल्क व्रेड, वन व्रेड, डुनट, सप्ट रोल आदि ब्रेडतर्फका उत्पादन हुन भने विस्कुटका आइटममा क्रिमरोल, वर्फि पप, तिल पप, राउन्ड स्विट, नास्ता नमकिन विस्कुट, वटर विस्कुट, बदाम विस्कुट, ओरेन्ज कोकोनट विस्कुट, गोरखा कोकोनट विस्कुट, चकलेटी विस्कुट, नमकिन विस्कुट, स्विट पिनट, सुजि विस्कुट, क्रिम कोकोनट विस्कुट, खजुरी विस्कुट काजु विस्कुट तिल विस्कुट, वर्फी विस्कुट रहेका छन् ।
यसैगरी कुकिज आइटमम आरेन्ज कुकिज, वटर कुकिज, हनि कुकिज, नमकिन कुकिज, काजु कुकिज र वटर कुकिज रहेका छन । टोस्टमा इलाइची टोस्ट, सुजि टोस्ट, केक आइटममा भेनेला Ïलेवर, चकलेट Ïलेबर, ओरेन्ज Ïलेवर, किवी Ïलेर, लेमनी एलो, स्टेबरी, ब्लाक फरेस्ट, पाइनापल, म्याङ्गो, ब्लु बेरी, ह्वाइट फरेस्ट र मोडल केक उत्पादन भइरहेका छन् । सहायक म्यानेजर प्रेम केसी भन्नुहुन्छ, चोको डेनिस, क्रिम विस्कुटको बजारमा अत्याधिक माग रहको छ । अरु उत्पादित आइटमको माग छैन भन्ने हैन, बजारमा सबै उत्पादन राम्रोसाग गइरहेका छन् । यसका अलावा खुवा, कालाकन्द, रसबरी लालमोहन लगायत विभिन्न स्वादका दर्जनौ मिठाइमा समेत पूर्वीली ग्राकहहरु लोभिएका छन् । इटहरी १ बीपी चौककी निर्मला सुनुवार भन्नुहुन्छ गोरखाका बेकरी आइटमको स्वादको के कुरा गर्नु ? विगत केही बर्षदेखि मैले अन्य उत्पादनका बेकरी खरिद गरेकै छैन । नानीहरुलाई स्कुल पठाउादा टिफिन खाजाको रुपमा मैले गोरखाकै बेकरी आइटम प्रयोग गर्दै आएको छु । नानीहरु पनि खुशी आफूलाई पनि १० थरी झन्झटबाट मुक्ति । यस्तै दैनिकी छ इटहरी ४ आइतबारेकी दिपिका केसीको । उनी पनि स्कुलमा आफ्ना नानीहरुलाई गोरखा बेकरीका विभिन्न आइटमहरुको प्रयोग गर्दै आइरहेकी छन् । यस्तो दैनिकी निर्मला र दिपिकाको मात्र हैन धेरैको छ । इटहरीमा मात्र हैन गोरखाका अन्य शाखाहरु विराटचौक, पथरी र दमकका स्थनीय गृहणीहरुको पनि दैनिकी यसैगरी चल्न थालेको छ ।

नेपाली महिलाहरुको महान पर्व तीज नजिकिदै जाादा तीजका निम्ति चाहिने अत्यावश्यक सामाग्री खरिद गर्ने महिलाहरुको भीड अहिल्यैदेखि गोरखा डिपार्टमेन्ट
स्टोरमा लाग्न थालेको छ ।
परम्परागत रुपमै नेपाली महिलाहरुले तीजलाई मीठो खाने, राम्रो लगाउने, उपासना बस्ने, आफन्त तथा छोरीचेलीलाई बोलाई नयाा नयाा पहिरन वितरण गर्ने गर्छन् । यही चटारोमा नेपाली महिलाहरु सामान खरिदका लागि अहिल्यैदेखि स्टोरमा पुग्ने गरेका हुन् ।
नेपाली महिलाहरुको तीज नजिकिएसागै स्टोरको तेसो तलामा रहेको आकर्षक तथा ब्राण्डेड साडी, कुर्ता सुरुवाल, लगायत अन्य पहिरन खरिदमा महिलाहरुको भीड बढेको हो । बर्ष दिनमा आउने तीजका लागि नेपाली महिलाहरु आफ्ना अन्य सम्पूर्ण कामकाज छाडेर तीजको खुशियालीमा जुट्ने गर्छन् । को भन्दा को कम भन्ने एक प्रकारको सोचका कारण नेपाली महिलाहरु नयाा पहिरन
खरिदमा लालायित हुन्छन् ।
नयाा आकर्षक र फेसनेवल कपडा अर्थात साडी, कुर्ता सुरुवाल लगायतका कपडा किन्न नेपाली महिलाहरुको भीड गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीमा मात्र हैन मोरङ्गको
विराटचौकमा रहेको स्टोरमा समेत उस्तै भीड हुने गरेको छ । मोरङ्गको जाातेबाट आफ्ना साथीहरुसाग आएकी रमला नेपालले साडी छान्दै भनिन् मैले त चार जोर साडी लिएा । डिपार्टमेन्ट स्टोरको इटहरी शाखामा भेटिएकी उनले भनिन् आफ्ना दुई जना नन्द र भान्जीलाई पनि नयाा कपडा दिनै पर्‍यो । आइतबार भेटिएकी रमलाजस्तै अन्य महिलाहरु पनि आफनो र आफन्तका लागि किनमेलमा व्यस्थ थिए ।
पूर्वाञ्चलका लागि मात्र नभएर नेपाल, पूर्वोत्तर भारत, भुटानमा समेत गोरखा डिपार्टमेन्ट स्टोर एउटा ब्राण्डेड नाम बनिसकेको छ । जुनसुकै देशका ब्राण्डेड सामान, एउटै छानामुनि, बिना बार्गेनिङ्ग फिक्स दररेटमा खरिद गर्न पाइनुले स्टोरका सबै शाखामा उत्तिकै ग्राहकहरुको भीडभाड हुने गरेको छ ।
त्र

तपाईको प्रतिक्रिया