धरान, नेपाली हास्य चलचित्र छक्कापञ्चाको प्रचारप्रसारमा निर्माता, निर्देशक दिपकराज गिरी र दिपा निरौला देश दौडाहामा निस्केका छन् ।
आइतबारमात्र झापाको दमकमा छक्कापञ्जाको व्षियमा पत्रकार सम्मेलन गरी जानकारी गराएका उनीहरुले सोमबार धरान आइपुगेका हुन् ।
उनीहरुले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी भदौं २४ गतेबाट देशभर एकसाथै रिरिज हुने जानकारी दिए । छएकान छ, वडा नम्बर छ पछि निर्माण भएको यो फिल्ममा बैदेशिक रोजगारीमा जाने सामाजिक विषयबस्तुलाई हास्यब्यङ्ग्यमार्फत् उतारेको निर्देशक गिरीले बताएका छन् । प्राय : वैदेशिक रोजगार सम्बन्धी नेपाली चलचित्र बन्दा दुखान्त कथाबस्तु समेटेर निर्माण गरिने गरेको भएपनि यसमा आफूहरुले हास्यव्यंग्यको मार्फतबाट उतार्न खोजिएको निर्देशन गिरीले बताए ।
सन्देशमुलक चलचित्र बनेको दाबी गर्ने निर्देशक गिरीले हलमा चलचित्र हेर्दा समय गएको दर्शकले पत्ता नपाउने बताए । कलाकार गिरीले त्यसमा एउटा सामाजमा सधै देखिने फटाहा टाइपको पात्रको रुमपा आफूलाई उभ्याएको बताएका छन् । ४५ दिनमा छायांकन पूरा भएको यो फिल्ममा करिव एकदर्जन बढी कलाकारहरु देख्न सकिन्छ । फिल्ममा प्रियंका कार्की, ममता सापकोटाको अलवा बुद्धी तामाङ, जितु नेपाल, माग्ने बुढा, शिवहरी पौडेललगायतका कलाकारलाई देख्न सकिन्छ ।
९० लाख रुपैयाको लगानीमा सम्पन्न फिल्म नवलपरासी, काभ्रे र काठमाडौंमा छायांकन गरिएको छ ।
