विनाशकारी भूकम्पले भत्किएको
धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो ।
आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रा.लि. र एमआरबी एण्ड एशोसिएट्सले डिजाइन तयार पारेको हो । सोमबार राजधानीमा एक कार्यक्रमबीच धरहराको स्केच सार्वजनिक गरियो । २९
रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बागैचा, रेष्टुराा, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
सरकारले धरहरा ११ तलाको बनाउने भएको छ । बाहिरबाट ११ तलाको देखिने
धरहराको भित्री संरचना भने २१ तलाको हुने आर्किटेक इञ्जिनियर विष्णु पन्थीले बताए । १९९० सालको भुइाचालो अघि धरहरा ११ तलाको थियो । भुइाचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।
धरहरामा भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने पन्थीले जानकारी दिए । यो धरहरा बनाउन करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य
राखिएको छ ।
पार्कसहितको धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको उनको भनाई छ । हुलाकलाई चारखालमा स्थानान्तरण गरिने भएको छ ।
धरहराको पुरानो बाहिरी स्वरुप
परिवर्तन नहुने भएको छ । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मन्त्री पोखरेलले बताए । ‘धरहराको पुनर्निर्माण नव: प्रविधिबाट हुन्छ’ उनले भने– ‘अब बन्ने धरहरा ८ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि ‘मेरो धरहरा म आफै बनाउाछु’ अभियान घोषणा गरेका थिए ।
राष्ट्रिय गौरवको धरहरामा सबै नेपालीको अपनत्व जगाउन यस्तो घोषणा गरिएको थियो । यो अभियानमा नेपाली नागरिकले स्वतस्फुर्त आर्थिक सहयोग गरिरहेका छन् ।
अहिलेसम्म १ करोड ९५ लाख रुपैयाा धरहराको पुनर्निर्माणका लागि उठिसकेको छ । नक्सासहित जनतासाग गएपछि सहयोग हृवात्तै बढ्ने पर्यटन मन्त्रीको विश्वास छ । धरहरा बनाउन जनताबाट उठाउने लक्ष्य राखिएको छ । अपुग रकम सबै नेपाल टेलिकमले लगानी गर्ने इच्छा जाहेर गरिसकेको उनले बताए । धरहरा बनाउन रकमको कुनै अभाव नहुने उनको भनाई छ ।
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाा धरहरा बनाइने छ । धरहरामा लिफ्टको व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्याङको समेत हुने आर्किटेक इञ्जिनियर पन्थीले जानकारी दिए ।
धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टबाटै लिफ्ट चढेर धरहराको टुप्पोमा पुग्ने व्यवस्था मिलाइने बताइएको छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुने पन्थीले जानकारी दिए । नयाा बन्ने धरहरा अपांगमैत्री समेत हुने उनको भनाइ छ ।
धरहरा छिर्ने बित्तिकै आकर्षक बागैचा आउने छ । यसलाई हृयांगिङ गार्डेन नामाकरण गरिने छ । धरहराको भित्र हुने अठारौं तलामा मिनी थिएटर बनाइने भएको छ । थिएटर १७ जना क्षमताको हुने छ । जहाा धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो देखाइने छ ।
२ सय ४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यू डेक’ हुनेछ । जहााबाट काठमाडौं अवलोकन गर्न सकिने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् ।
सुन्धरालाई थप आकषिर्त बनाइने भएको छ । सुनबाट बनेको सुन्धरामा मानिसले मज्जा लिन सक्ने बताइएको छ ।
धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । जहाा १ सय ३४ गाडी र ७ सय २२ बाइक पार्किङ गर्न सकिने पन्थीले जानकारी दिए । पछिल्लो समय
राजधानीमा पार्किङ सबैभन्दा ठूलो समस्या बनेको छ । धरहरा घुम्न जानेलाई पार्किङको समस्या नहोस् भनि तीन तले पार्किङ सुविधा उपलब्ध गराउन लागिएको हो ।
‘धरहरालाई सकेसम्म नेपाली पन दिन खोजिएको छ, मेट्रियल्समात्र आधुनिक प्रयोग गर्न लागिएको हो’ आर्किटेक इञ्जिनियर पन्थीले भने– ‘धरहरा राष्ट्रको ल्यान्डमार्क हो, यो सााच्चिकै ल्यान्डमार्क बन्नुपर्छ ।’
पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । मन्त्री पोखरेलले काठमाडौंमा पशुपतिपछिको आकर्षक गन्तव्य धरहरा बन्ने विश्वास व्यक्त गरे । धरहराले पर्यटकलाई थप १ दिन काठमाडौंमा टिकाउन सहयोग पुग्ने उनको भनाई छ । यसले राजश्वमा समेत योगदान पुर्याउने उनले बताए ।
नयाा बन्ने सरकारले पनि धरहरा निर्माणलाई प्राथमिकतमा राख्नुपर्ने मन्त्री
पोखरेलको भनाई छ । ‘नयाा सरकारले
धरहराको काम कुनै पनि बाहनामा रोक्नु हुादैन, हामी प्रतिपक्षमा बसेर धरहरा निर्माणका लागि दबाव सिर्जना गर्छौं ।’
