धरान/सुनसरीका महेन्द्रनगरबासी सञ्चारक्षेत्रको माध्यमबाट आफ्नो स्थानाको समग्र विकासमा अगाडि बढ्ने भएका छन् ।
जिल्लामा भएको सुनसरी विकास केन्दले सुनसरीको महेन्द्रनगर गाविसमा सुनसरी सामुदायिक एमएम १०४. ६ मेगाहर्जको शुरुवात गर्ने भएसंगै एफएमको माध्यमबाट त्यस स्थानको विकास गर्नेे लक्ष्यमा उनीहरु जुटेका हुन् ।
सुनसरीको महेन्द्रनगर गाविसदेखि नरसिंह गाविससम्मका करिब ७ गाविसका जनजाति, अल्पसं््ख्य, मुसलमान तथा पिछडिएका आदिवासी जनजाति, अल्पसंख्यक, मुसलमान तथा पिछडिएका वर्गका समुदायलई दक्ष बनाई सोही एफएममा रोजगारको समेत व्यवस्था गर्ने लक्ष्य एफएमले लिएको छ । यस एफएमले लिएको सुनसरी सामुदायिक एफएमका अध्यक्ष एकराज बराल (निर्मल)ले बताउनुभयो । यस क्षेत्रका युवायुवतीलाई तालिममार्फत दक्ष बनाई क्षमताको आधारमा यसै एफएममा काम लगाउने उहाले बताउनुभयो ।
एफमको एमको उपकरण जडान धमाधम भइरहेकोले दुईसाता भित्रमा एफएम सञ्चालनमा आउने उहाले जानकारी दिनुभयो ।
स्थानीय युवायुवतीलाई दक्ष बनाई एफएममार्फत त्यस क्षेत्रको विकास गर्ने लक्ष्य स्वरुप आयोजना गरिएको १० दिने रेडियो पत्रकारिता तालिम चतरादेखि
नरसिंहसम्मका पिछडिएका समुदायका ५० जना प्रशिक्षार्थी तालिममा सहभागी भएका छन् । तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ सुनसरीका अ्रध्यक्ष केशव घिमिरेले गर्नुभयो । उद्घाटन पश्चात बोल्दै अध्यक्ष घिमिरेले यस क्षेत्रमा अहिले साप्ताहिक रुपमा एउटा साप्ताहिक पत्रिकामात्र प्रकाशित भइरहेको बेला एफएमको सञ्चालनपछि सञ्चारक्षेत्रको विकासमा कोसे ढुंगा सावित हुने बताउनुभयो ।
नेपालका राजनीतिक, आर्थिक, सामाजिक तथा हरेक परिवर्तनमा सञ्चारमाध्यमको अत्यन्तै महत्वूर्ण भूमिका रहेको इतिहासले देखाएको भन्दै उहाले स्थानीय सहभागितामा एफएम सञ्चालन हुनु र स्थानीयलाई नै एफएमका काम लगाउदा यस क्षेत्रको विकासमा ठूलो मलजल पुग्ने धारणा राख्नुभयो । आफू पनि प्रकाशपुर गाविसको स्थानीय बासिन्दा भएको बताउदै एफएममा चतरादेखि नरसिंहसम्मका क्षेत्रका युवायुवतीहरुलाई तालिमपश्चात एफएममा संलग्न गराउने प्रतिबद्धता गरेबाट नै एमएम सञ्चालनको उद्देश्य स्पष्ट भएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
सुनसरी सामुदायिक एफ.एम. सुनसरीको १५ औं एफएममा परेको छ भने सामुदायिक एफएममा ५ औं रेडियो बनेको छ । यस हिसाबले पनि यो रेडियोले स्थानीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा स्थानीयहरुले गरेका छन् । यता तालिम लिनेहरुले समेत तालिमपश्चात स्थानीय मुद्धासागै पिछडिएका समुदायका मुद्धालाई प्राथमिकताका साथ उठान गर्ने बताएका छन् ।
सो अवसरमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा,
सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण
राम खरेलले गर्नुभएको छ ।
