प्रतिष्ठानद्वारा Next in Series Conversation सम्पन्न

नेपाल र भारतका विविध प्रकारका कला, सास्कृति, रहनसहन, साहित्य एवम् सम्बन्धित अन्य विषयलाई नियमित रुपमा कार्यक्रमको आयोजना गर्दै आएको बीपी काइराला भारत–नेपाल फाउन्डेशन भारतीय राजदुतावासले यसपटक  Next in Series Conversation म्पन्न गरेको छ ।
विगत केही बर्ष यता प्रतिष्ठनले चलचित्र सम्बन्धी विधामा सिनेमाण्डु, कविता सम्बन्धी विद्यामा पोयमाण्डु, व्यक्तित्व सम्बन्धी कन्भरसेसन आदि विषयमा कर्याक्रमको आयोजना गर्दे
आइरहेको छ ।
यही असार ३१ गते शुक्रबार अर्थात १५ जुलाई २०१६का दिन प्रतिष्ठनले ल्भहत ष्ल क्भचष्भक ऋयलखभचकबतष्यल सम्पन्न गरेको छ । काठमाण्डौको न्यू रोड स्थित नेपाल वायुसेवा निगमको भवनमा रहेको नेपाल भारत लाइब्रेरीमा नेपालका बरिष्ठ पत्रकार एवम् साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित शुक्रराज शास्त्रीको चष्मा पुस्तकमाथि चर्चा परिचर्चा गरिएको थियो । शुक्रराज शास्त्री तिनै महान व्यक्ति हुन् जसले वि.सं. १९९७ सालमा क्रुर राणा शासकहरुको
विरोध गर्दा हाासी हाासी मृत्युवरण गरेका थिए । तिनै महान व्यक्ति एवम् सहीदको बारेमा लेखिएको उक्त पुस्तकमाथि आलोचक एवम् साहित्यकार नारारायण ढकालले रोचक ढंगले टिप्पणी गर्नुभएको थियो । लेखक एवम् पत्रकार राजेन्द्र पराजुलीद्वारा लेखिएको उक्त पुस्तक नेपालको समसामयिक राजनीतिको वास्तविकतामाथि आधारित भएर लेखिएको हो ।
कार्यक्रममा कुमार नगरकोटी, शेखर खरेल, जैनेन्द्र जीवन, श्रीमति उषा हमाल जस्ता प्रतिष्ठित साहित्यकार एवम् समालोचकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया