काम चलाउ बढुवा
काम चलाउ पर्धानमन्तरी खप्रओले जाादा जाादै झण्डै दुई दर्जन जतिलाई काम चलाउ बढुवा गर्न भ्याइदेछन् । अल्प मतमा परेर खिस्रिक्क परेका उन्ले गरेको बढुवा, नियुक्ति पनि काम चलाउ नै हुने अरुको दाबी रहेको छ । ओली हेर्दा पो त्यस्ता छन् त कम्ता बाठ छन् ? नौ महिना सत्तामा बस्दा गफ जोत्न र पेट मिची मिची हासाउन पोख्त ओलीले शुक्रबारको साइत पारेर मन्त्रालय मातहतमा
राजनीतिक नियुक्ति, सरुवा, बढुवा, आर्थिक सहायता दिन भ्याइदेछन् । ओली काम चलाउ भएसी’ उन्ले
गरेका सरुवा, बढुवा, नियुक्ति पनि काम चलाउ नै हुनुपर्यो नि । नत्र फुइायाको काम चलाउ–काम चलाउ भनेर थुतुनो खियाउनु ? अब ओली गएसी’ अहिले सरुवा, बढुवा, नियुक्ति पाउनेहरु घटुवा, खोसुवामा परेछन् भने काम चलाउ ओली भनौला नत्र उही ।
तिन्ले हँसाउछन् ?
पर्धानमन्तरी खप्रओलाई जस्तै जेसुकै भनुन उन्को एउटा खुबीलाई चाहिा मान्नैपर्छ वा † नेपालीहरु ग्याास नपाएर भोकभोकै बस्दा पनि, आन्दोलनले कतै हिाड्न नसक्दा पनि, भुकम्पले घरबारविहीन भएर खुल्ला आकाशमा बस्नु परेपनि, बाढी पहिरोले आफन्त गुमाएहारुले पनि कहिल्यै आाशु झारेर बस्नु परेन सबैले हाासेरै बस्नु पर्यो । यसका प्रमुख कारण प्रधानमन्तरी केपी ओली नै थे । उन्ले कहिले ग्याासको सिलिण्डर पाइएन भने घर घरमा ग्याास पाइप नै हुलिदिन्छु, बर्ष अगवै भुकम्प पीडितलाई छाप्रोमा ल्याइदिन्छु, काठमण्डौमा पोखरामा मेट्रो रेल चलाइदिन्छु भनेर सबैलाई खितिति हासाएका थिए । अस्तिका दिन एउटा घरमा बूढाबूढीले जिज्ञासा राखिछन् अनि त्यो प्रचण्डाउले हासाउाछन् त ? हा…हा….हा ।
देख परी नचरही है
गिर्जाउपुत्री सुजोको बर्बराहट देख्दा घण्टाघरलाई हिजो आज अचम्म लाग्न थाल्या छ । कहिले केपी ओलीको
सरकार ढाल्नु हुादैन, कहिले अर्को सरकार गठन गर्न संवैधानिक जटिलता छ, कहिले ओलीकै सरकारलाई निरन्तरता दिनुपर्छ भनेर सुजो बर्बराउन थालेको गोडाचारेक महिना भयो । ओली बाले सुजोलाई गोपी कहो भनेर रटाएझै छ । नत्र त्यसरी ओलीको पक्षे लिएर
बर्बराउनु जरुरी थेन । अर्को सरकार गठन गर्न संवैधानिक जटिलता छ भनेर कस्ले सुनाइदियो कुन्नि अस्तिका दिन उन्ले त्यही कुरा फलाकिन् । सुजोले कानुनको अध्ययन गरेको घण्टाघरको दिमागमा छैन । यो त उही अन्धाले देख परी नााच रही है ,लंगडाले देन सारके एकलात, बहिराले आहा
नारायण गोपालको स्वर कस्तो राम्रो भनेझौ मात्र हो । यस्ता नेता भएपछि मुलुक फुइय्यााको उाभो लाग्छ ? कि कसो हौ ?
नानीभन्दा आँची ठूलो
नेपालीमा एउटा उखान छ नानीभन्दा आची ठूलो । यो उखान अहिले ठ्याक्कै केपी ओलीका मन्त्रीहरुमा लागू भएको छ । झन त्यो वातावरण मन्त्री विश्वेश्वर पासवान भन्नेसाग त काटीकुटी मिलेको छ । बडो मितव्यायी देखाउन पासवनले शुरु शुरुमा त साइकल चढेरै मन्त्रालय गए । पछि पछि उनका
रोगे रौाहरु ठडिदै गए । ह्यात कोही साइकल चढदै भन्दै महागा सवारी साधनमा हुइाकिन थाले । त्यसपछि मेलोमेसो बुझ्दै गएछन् क्यारे । हेलिकोप्टर बिना टसको मस हुनै छाडे । अहिले त्यही हेलिकोप्टरके विल तिन्को मथिगंल घुम्न थालेको छ । अति गर्नु अतिचार गर्नु त्यसै भन्या होइन । अब हेरौ न आफ्नो गृह गाउामा कुनै भाते संस्थाले २० हजारको लागतमा २ वटा सोलार प्यानल ट्याास्स टाासिदिएको छ । त्यसको उद्घाटनर्न पासवानलाई बोलाएछ । जोरी पारीलाई देखाउन उन्ले सेनाको हेलिप्कोप्टर चारलाख भाडामा लिएछन । सधै अर्काको खाने बानी परेका पासवानले त्यो पैसा अहिले सम्म तिर्या रै’नछन् । बाम्बारको तागेता गरेपछि हिजो आज उनी सञ्चो छैन भनेर क्वार्टरबाट बाहिरै निस्कदैनन् रे । काम भने भुत्लोभाङ्ग गर्नु छैन हेलिकोप्टर चढ्नुपर्ने ?
कुर्सी हानाहान
भारतको दिल्लीस्थित नेपाली
राजदुतावासमा कर्मचारीबीचमा गतिलैसाग कुर्सी हानाहान भएछ । त्यसभन्दा अगाडिको कास्टिङ्ग त झनै रोचक थियो रे । राजदुत दिपकुमार उपाध्यायलाई सक्तो सराप गर्दै बोलाएपछि दिल्लीका दुतावासमा दिनैजस्तो सुटिङ्ग हुन थालेको छ रे । सह–सचिव कृण ढकाल कार्यवाहक भएर चलाइराख्याक बेला राप्रपाका कमलेले खप्रओको सल्लाहमा हरि ओडारीलाई कन्सुत्ले गर्न पठाएछन् । अब मन्त्रीले पठाएपछि ओडारीको चुरीपुरी बढ्नु नौलो थिएन । त्यसमाथि नेपालका भुकम्प पीडितका लागि त्यहााका दाताले दिएको सामानमा ओडारीको गिद्धे दृष्टि नपुग्ने कुरै भएन । आफूभन्दा कनिष्टले अहिलेसम्म सामान किन नपठाएको भन्दै हप्प्की धप्की गरेपछि ढकालको मात्र हैन एक पटक सबैको कन्पारो तातिन्छ । त्यसपछि ता ता र म म गर्दा गर्दै कम्फू करााते, कुर्सी हानाहानको सुटिङ्ग नै चलेछ । काठमाण्डौको आध्यारो कोठामा काम गरिबसेका ओडारी दिल्ली पुग्दा लगौटीको जुम्रा कन्सिरीमा पुगे जस्तो भएछ ।
अफर आयो रे ?
सर्कार परिवर्तन हुने बेलामा केही गलगााडेले बोलेको कुरा सुन्दा
घण्टघरलाई कुरीकुरी लाग्न थाल्या छ । मान न सान आफै मेहमान भनेझै अस्तिका दिन नेपाली कााग्रेसका गलगााड नेता रामचन्द्रै बाजेले सञार माध्यमलाई एउटा किस्सा सुनाए मलाई पर्धानमन्तरी बन्ने अफर आयो । त्यो पनि केपी ओलीले अफर गर्या रे । बहुमत संसदहरुले अविश्वासको प्रस्ताव जाक्दा पनि तै कतै आफूलाई माया पो गरिहाल्छन् कि भनेर पिाधमा सपुरग्लु टाासेर कुर्सीमा बसेका ओलीले दिएको
अफरमा पौड्याल बाजे झण्डै फासेका । प्रचण्डाउलाई पर्धानमन्तरी बनाउने त्यत्रो महाभारत चलिरहादा गलगााडे बाजेले किन मुख मिठ्याइ रहेका होलान् । अस्तिका दिन सम्म ओली सरकार ढल्नु हुादैन भनेर आÏना खुइते कार्यकर्ताका अगाडि भाषन ठोक्दै हिड्ने बाजे नै होइनन र ?
झोले सामाजिक सञ्जाल
नेपालमा यतिबेला झोले सामाजिक सञ्जालको विगविगी चल्न थाल्या छ । अझ पर्धानमन्तरी खप्रओका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएपछि भाडाका झाले सामाजिक सञ्जालहरुले गतिलै मसला पाएका
छन् । ओलीलाई हटाउन पाइदैन, वी विथ केपी ओली भनेर झोले सामाजिक सञ्जालहरु रंगिएका कछन् । सडकबाट र्पानमन्तरी हुने भए सबै भनदा बढी छाउरा कस्ले सडकम उताने भनेर प्रतिष्पर्धा गरे भैहाल्यो नि । किन खरबौ खर्च गरेर चुनाउ गराउनु ? फेरि झोले सामाजिक सञ्जालले अलिकति बुद्धिचाहिा नपुर्याएकै हुन् । सडकमा उफ्रद गरेका छाउराहरुले राष्ट्रिय झण्डा बोकेका छन् । चन्द्र सूर्य भएको झण्डा त एमलेको होइन होला ? खै आफूत कन्Ïयुजमा पो परियो । राष्ट्रिय झण्डा बोकेर नारा लगाउने त
राजावादी पो हुन्छन् त कही
राजावादीका छाउराको फोटो यता टाासिएिका पो हुन कि ?
अन्तेमा
पर्धानमन्तरी हुन हुन आाटेका प्रचण्डाउले अस्तिका दिन कुम हल्लाउदै, थुतुनो बंग्याउदै भने ओलीले संविधान कार्यान्वयन नगरी देशलाई दुर्घटनातर्फ लैजान लागेकाले आफूले सरकार छाडेको रे । पर्धानमन्तरी बन्न आफूलाई हतारो भएको भन्या भए त तै पत्याउनु । राष्ट्रवादी ओलीले पनि कही त्यसो गर्लान् त ? खै यो देशका नेताहरुको कुरै बुझिनसक्नु भयो वा †
