अहिले सरकार परिवर्तनको आवश्यकता छैन

धरान/ नेपाली कााग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सरकार परिवर्तन गर्नुपर्ने कुनै औचित्य नभएको बताउनुभएको छ ।
नेता पौड्यालले सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नेपालले स्व.
गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्म जयन्तिको अवसर पारेरं आइतबार
धरानमा आयोजना गरेको ‘राजनीतिलाई सम्मानित बनाउन श्रमको सम्मान गरौ’ विषयक विचार गोष्ठी एवम् सम्ममान कार्यक्रमका अवसरमा सो कुरा बताउनुभएको हो ।
उहााले अहिले मुलुकमा संघीयता, धर्मनिरपेक्षता जता कुरालाई कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान अनुरुप अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाले दुई ठूला दल कााग्रेस र एमाले दुवै
सरकारमा नगई एउटाले प्रतिपक्षको भूमिका निर्वाह गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
उहााले संविधनलाई अक्षरस पालना गर्न दलहरुको इमान्दारिताको खााचो आवश्यक भएको भन्दै सत्ताको खेल भन्दा पनि अब संविधान कार्यान्वयनसंगै थाति रहेका विषयमा राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने बताउदै एउटा सत्तामा बस्दा अर्को प्रतिपक्षमा बस्नुपर्ने बताउनुभयो ।
राजनेताहरुले व्यवस्थाको बारेमा सोच्ने बेला आइसकेको बताउादै व्यवस्थानको लागि सबै राजनीतिक दलका उच्च पदस्थ नेताहरुलाई भेटेर त्यस बारेमा कुरा गरिसकेको उहााले बताउनुभयो । उहााले नेपाली कांग्रेस अहिले नै सरकारमा जाने कुरा कहिकतैबाट नभएको समेत बताउनुभयो । अहिलेको संविधानले जिल्लालाई ‘माइनस’ गरेको अवस्थामा त्यो नगरी जिल्लालाई एक्टिभ बनाएर अघि बढ्नु पर्ने उहााले बताउनुभयो ।

तपाईको प्रतिक्रिया