धरान,/ धनकुटाको भेडेटारमा पााच लिम्बुजन्य पार्टी एकीकरणा भएपछि त्यसका भातृ संघ संगठन समेत एकीकरणामा लागेका छन् ।
अरुणा पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्ने प्रमुख उद्देश्य सहित मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य
परिषद्, सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्बाङ्गको लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा नेपाल र सघीय गणातान्त्रिक राष्ट्रिय पार्टीको एकीकरणा भई संघीय लिम्बुवान पार्टी नेपाल भएपछि त्यसमा आवद्ध विद्यार्थी र महिला संगठनहरुले समेत एकीकरणा भएको सोमबार धरानमा पत्रकार सम्मेलन गरी घोषणाा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको हलमा सोमबार पााच विद्यार्थी संगठनहरुले े गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार एकीकरणा भइसकेपछि विद्यार्थी संगठनको नाम संघीय विद्यार्थी युनियन र महिलाहरुको संगठनको नाम संघीय लिम्बुवान महिला परिषद् नामाकरणा भएको जानकारी गराएको हो ।
झापाको दमकमा भदौ ६, ७ र ८ गते बसेको वृहत भेलाले जेन्टल लावतीको अध्यक्षतामा ४९ सदस्यीय विद्यार्थी निर्माणा भएको छ भने संघीय लिम्बुवान महिला परिषद्मा अमृता थेवेके अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
आफ्नो मातहतका राजनीतिक पार्टीहरु एकीकरणा भएपश्चात विद्यार्थी संगठन र महिला संगठन पनि एकीकरणा गर्नुपर्ने आवश्यक रहेको एकीकरणा गरिएको दुवै संगठनले जानकारी दिएका छन् ।
अरुणा पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउन दबाब दिने, यी दुवै संगठनलाई सबै तह र तप्कामा पुर्याउने, पूर्णा समानुपातिक समावेशी निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयलाई दबाब दिने, नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विद्यालय बनाउन सरकारसंग माग गर्ने, पूर्वाञ्चल विश्वविद्यालयलाई लिम्बुवान विश्व विद्यालय बनाउन सम्बन्धित निकायसंग छलफल गर्ने लगायतका
कुराहरुलाई एकीकरणापश्चात जोडदार रुपमा उठाउने विद्यार्थी संगठन र महिला संगठनका अगुवाहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का जिल्ला अध्यक्ष गजेन्द्र क्याक चोङवाङ, संघीय लिम्बुवान राज्य परिषदका् जिल्ला अध्यक्ष भुपेन्द्र सुन्दर लावती लगायत लिम्बुवानका केन्द्रीय स्तरदेखि जिल्ला
स्तरका नेताहरुको समेत उपस्थिति रहेको
थियो ।
