ग्राहकको माग अनुरुप मोरङ्गको विराटचौकमा पनि भदौ १८ गते शाखा उद्घाटन हुने

बलराम आचार्य । व्यवसायिक प्रतिष्ठानहरुका लागि मात्र नभएर पूर्वाञ्चलका वौद्धिक व्यक्तित्व, सर्वसाधारणा, सामाजिक संघ संस्था, शैक्षिक प्रतिष्ठानहरु, मठ, मन्दिर तथा धार्मिक अनुष्ठानहरुका लागि यो नाम अब नौलो रहेन । एउटा सामान्य खेति किसानबाट सोच परिवर्तन गरी व्यवसायमा हात हाल्दा भोग्नुपरेका जोखिम तथा उतारचढावले आचार्यलाई विलिन गराएन । हरेक जोखिम र उतारचढावको सामना आचार्यको एकमात्र ध्येय थियो । उहााकै शब्दमा भन्नुपर्दा मोरङ्गको केरौनमा खेति किसानी, विद्यालयको शिक्षक, गाउामै सामान्य धान खरिद गर्ने किसान, आफै चालक भएर मालवाहक ट्रक सञ्चालन अनि इटहरीमा साधारणा किराना पसल । विगतका ती कामले उहाालाई आत्मसन्तुष्टि दिन सकेन । त्यसपछि उहााले डिपार्टमेन्ट स्टोरको अववधारणाा अगाडि सार्नुभयो । मर्ता क्या नही करता भनेझै चौतर्फी असफलता मात्र हात लागेपछि उहााले डिपार्टमेन्ट स्टोरको अवधारणाा अगाडि सार्नुभएको थियो ।
इटहरी उद्योग वाविणाज्य संघका वर्तमान अध्यक्ष रोहित प्रसाइको केही कोठा भाडामा लिएर व्यवसाय आरम्भ गर्दा कतिले उहाालाई विगतका असफलतासाग पनि जोडेर हेरेका थिए । तर मानिसको अथक प्रयास सधै असफलतामात्र रुपान्तरणा हुादैन । विस्तारै गति लिएको डिपार्टमेन्ट स्टोरले आज पूर्वाञ्चलमा मात्र हैन देश र विदेशमा समेत परिचय बनाएको छ, ख्याति आर्जन गरेको छ । आफूलाई सेवक भन्न रुचाउनु हुने स्टोरका सञ्चालक आचार्यले आज स्टोरमा आएका उपभोक्ताहरुको आवश्यक मात्र पूरा गर्नु भएको छैन सैयौ सामाजिक संघ संस्था, मन्दिर, धर्मशाला, शिक्षणा संस्थाहलाई समेत सक्दो आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । उहााको सहयेग र कामको प्रशंसा गर्दै सैयौ समाजिक संघ संस्थाहरुलाई उहाालाई प्रदान गरेका मायााको चिनो दोसल्ला, प्रमाणापत्र, प्रशंसा पत्रले एउटा कोठा नै भरिएको छ । कमाइको केही अंश पुणय काममा भन्ने मान्यता राख्नु हुने आचार्यले यही भदौ १८ गते गोरखा डिपार्टमेन्टको पहिलो शाखा मोरङ्गको
विराटचौकमा सुभारम्भ गर्दै हुनुहुन्छ । यसपश्चात झापाको दमक, मोरङ्गकै पथरी र सुनसरीको धरानमा विस्तार गर्ने योजना अनुरुप आवश्यक तयारी अगाडि बढाउनु भएको छ । यसपटक हामीले शाखा विस्तार लगायत समसामयिक विषयमा सेवक आचार्यसाग संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :

७भदौ १८ गतेदेखि गोरखा डिपार्टमेन्ट स्टोरको विराटचौकमा पहिलो शाखा सञ्चालनमा ल्याउदै हुनुहुन्छ । शाखा विस्तारको प्रमुख कारणा के होला ?
–त्यस्तो कुनै ठोश कारणा त केही छैन । तर पनि आज भन्दा १६ बर्ष अगाडि हामीले गोरखा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउादा ग्राहकको चाप र ट्राफिकको समस्या थिएन । १६ बर्षको अवधिमा मानिसको आवादी ह्वात्तै बढेको छ भने सवारी साधनको चाप पनि त्यतिकै बढेको छ । अब हाम्रा ग्राहकलाई यहााबाट जे–जति सुविधा प्राप्त भइरहेको छ त्यो अन्यत्रबाट समेत दिादा राम्रो हुने सोचले शाखा विस्तार गरेका हौं । अक्सर गरेर हाम्रा ग्राहक पहाड, तराईका सहर बजार, ग्रामीणा क्षेत्र र भारतका विभिन्न स्थानबाट आउने गर्नुहुन्छ । मोरङको विराटचौकको शाखाले लेटाङ्ग, केराबारी, बेलाबारी, रंगेली, सलकपुर लगायतका स्थानका ग्राहकले सुविधा पाउन र समयको समेत बचत हुने हुन्छ । इटहरी र विराटचौकमा खरिद गर्ने सामानको मूल्यमा कुनै अन्तर हुादैन । यहाा जे जति सामान पाइन्छ त्यहाा पनि त्यति नै सामान
पाइन्छ ।
७गोरखा डिपार्टमेन्टको आफ्नो विशेषचाहि के हो ?
–हाम्रो आफ्नो विशेषता भनेको आफ्ना उत्पादन पनि हो । हामी ४० भन्दा बढी बेकरी आइटम, सफा ड्रिकिंङ्ग वाटर, झणडै २० प्रकारका मिठाई आफै उत्पादन गरेर ग्राहकसम्म पुर्‍याउाछौं । यसका अलावा
गोरखा फर्ममा रहेका २ सय ७ वटा गाइभैसीबाट उत्पादन भएको दूध, दही, घ्यु, पनिर ग्राहकहरुको सर्वाधिक रोजाइमा परेका छन् । शुद्ध दूधका लागि स्थानीय मात्र हैन टाढा टाढाका ग्राहकहरु समेत प्रत्येक दिन विहान ५ बजे गोरखा डिपार्टमेन्ट स्टोरमा आइपुग्नु हुन्छ । यसैगरी गोरखा फर्ममा उत्पादन भएका सागसब्जी जुन सुद्ध गाइभैसीको मलबाट उत्पादन भएका हुन् । त्यो पनि ग्राहकको सर्वाधिक रोजाइमा परेका छन् । यसका अलावा स्वदेश तथा विदेशका ब्राणडेड सामानहरु ग्राहकले सोचे भन्दा कम मूल्यमा गोरखा डिपार्टमेन्ट स्टोरमा पाइन्छ ।
७अहिले गोरखा डिपार्टमेन्ट स्टोरमा कति प्रकारका सामान होलान् ?
–ठ्याक्कै यति नै त भन्न मुस्किल पर्छ । किनकि ग्राहकको चाहना र माग बमोजिम दैनिक रुपमा सामान थपिरहेका हुन्छन् । तैपनि २० लाख भन्दा बढी आइटमका सामानहरु छन् ।
७यहाँ जे जति सामान ग्राहकले खरिद गर्न सक्छन् त्यति नै सामान विराटचौकमा पनि पाइन्छ त ?
–किन नपाउनु ? यहीाबाट सामानहरु त्यहाा जाने हो ।
७यहाँ गोरखा किचेन लगायतका सम्पूर्णा सुविधा छ त्यहाँ त्यो सम्भव
छ ?
– छ, हामी हाम्रा ग्राहकहरुलाई कुनै कुराको अभाव महसुस हुन दिादैनौं ।
७आफ्ना ग्राहकलाई तपाई के भन्न चाहनु हुन्छ ?
–हाम्रा लागि ग्राहक नै सबै कुरा हुन् । सााझमा आउने पाउना भगवानको रुपमा हुन्छन् भनेझौ हामीकहाा आउने प्रत्येक ग्राहक भगवानकै रुपमा हुन्छन् । विगत १६ बर्षदेखि हामीलाई जुन रुपमा जसरी मायाा गर्नुभयो आगामी दिनमा पनि
त्यसैगरी मायाा र सद्भाव हाम्रा ग्राहकले हामीप्रति देखाउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामीबाट भएका कमी
कमजोरीलाई औल्याइदिएर थप सेवा गर्ने अवसर हामीलाई प्रदान गर्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
त्र

तपाईको प्रतिक्रिया