लिलम बस्नेत । सामाजिक र व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउनु भएका तथा इटहरीका उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता, आदिका बीचमा स्थापित र चीर परिचित व्यक्ति निलम बस्नेत ।
आसन्न इटहरी उद्योग वाण्ज्यि संघ को निर्वाचनमा अध्यक्षका सशक्त प्रत्यासी बस्नेत एउटा विसुद्ध व्यवसायीमात्र नभएर इटहरीका हरेक सकारात्मक गतिविधिमा लामो समयदेखि संलग्न रहादै आउनु भएको छ । वि.सं. २०२३ सालमा जन्मनु भएका बस्नेत दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध
रहनु भएको छ ।
इटहरी व्याडमिन्टन क्लबको सल्लाहकार, रक्तमाला व्याडभिन्न क्लबको सदस्य, राधाकृष्ण मन्दिर सञ्चालक समितिको सदस्य, लायन्स क्लब अफ इटहरीको सदस्य, नेपाल रेडक्रस सोसाइटीको सदस्य, कोशी अञ्चल पेट्रोलियम डिलर एसोसिएसनका सदस्य, नेपाल इाटा उद्योग महासंघका केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका सदस्य लगायत संघ संगठनमा बस्नेतको आवद्धता रहेको छ । प्रभु फ्युल सेन्टर प्रा.लि., प्रभु इाटा प्रा.लि., एल.वि.ब्रिक इण्डष्ट्रिज, एल.वि. निर्माणसेवा, जय हनुमान आयल सेन्टर, यसोदा आयल सेन्टर–खाादबारी लगायत आधा दर्जन भन्दा बढी व्यवसाय र वित्तीय संस्थामा आवद्ध हुनुहुन्छ ।
यसभन्दा अगाडि बस्नेत इटहरी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, भवन निर्माण समितिको संयोजक, उद्योग उपाध्यक्ष रहनु भएको थियो । उहााले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । हाल इटहरीका उद्योगी, व्यवसायी, शुभचिन्तकहरुको आगाध माया, सद्भाव, विश्वास र मार्ग निर्देशन अनुसार उहााले इहरी उद्योग वाणिज्य संघको अध्यक्षमा उमेद्वारी दिनुभएको छ । खासगरी २०७० साल यता उद्योग वाणिज्य संघ इटहरीमा मौलाउादै गएको तानाशाही प्रवृत्तिको अन्त्य गर्न र एउटा समान्य व्यवसायी पनि उद्योग वाणिज्य संघको नेतृत्व तहमा पुग्ने अवस्थाको सिर्जना गर्नुको साथै इटहरीको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आफूले अध्यक्षमा उमेद्वारी दिएको बस्नेतको कथन छ ।
बस्नेतको उमेद्वारीले यतिबेला इटहरीका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन । लामो समयपछि इटहरी उद्योग वाणिज्य संघमा सही नेतृत्वको सम्भावना बढेको उनीहरुको कथन छ । इटहरीका उद्योगी, व्यवसायीको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बस्नेतको घोषणपछि सम्पूर्ण उद्योगी, व्यवसायी यतिबेला बस्नेतको पक्षमा देखिएका छन् । अत्यन्तै मिलनसर, आफना धारणाहरु बिना हिचकिचाहट स्पष्टसाग राख्ने, युवाहरुबीच लोकप्रिय वस्नेतसाग यसपटक हामीले यही असार २३ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारंक्षेप :
त्रयही असार २३ गते विहीबार इटहरी उद्योग वाणिज्य संघको निर्वाचन हुादैछ । तपाईले अध्यक्षमा उमेद्वारी घोषणा गरिसक्नु भएको छ । तयारी कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
–इटहरी उद्योग वाणिज्य संघको निर्वाचन जति जति नजिक आउादै छ, त्यति त्यति व्यवसायी, उद्योगीहरुमा चहलपहल बढ्दै गएको छ । हामी पनि आÏनै तरिकाले आÏना गतिविधि अगाडि बढाएका छौं । भेटघाट, छलफल, सदस्यता नविकरण, नयाा दर्ता आदिमा ध्यान केन्द्रित गरेका छौं । वाणिज्य संघको निर्वाचनले स्थानीय निर्वाचनको झल्को दिएको छ ।
त्रतपाईको उमेदवारीलाई इटहरीका स्थानीय बासिन्दा, उद्योगी, व्यवसायीहरुले महत्वका साथ हेरेका छन । तपाईका आफ्ना एजेन्डाहरु चाहिा के के छन् ? संघमा निर्वाचित भइसके पछि तपाईले के के काम गर्ने सोच बनाउनु भएको छ ?
–मैले मेरा उद्योगी व्यवसायी साथीहरुबीचमा केही कुरामा प्रतिबद्धता गरेको छु । म आफूले गरेका प्रतिबद्धता मेरो कार्यकालमा पूरा गरेरै छाड्छु । इटहरीलाई स्वच्छ, सफा, हराभरा बनाउन यस भन्दा अगाडि सञ्चालन गरेको थियो । तर यो अभियान बीचैमा रोकियो । अब म यसलाई निरन्तता दिन्छु । सुरक्षाको विषयमा होस् वा कुनै पनि घट्नाहरु, चिठ्ठा, चन्दा आदि केही नहोस भन्नका लागि हामीले १० बजेसम्म व्यापार गर्ने त्यसका लागि सुरक्षासाग समन्वय गरी सुरक्षाको प्रत्याभूति गराउने । यसैगरी व्यवसायीको एकता, मेलमिलाप तालिम तथा सेमिनार सञ्चालन गर्ने । हामी सामाजिक भएकोले हामीमा सामाजिक दायित्व पर्ने हुादा समाजको लागि हामीले कस्तो दायित्व निर्वाह गर्ने भन्ने कुरामा म र मेरा सबै साथीहरु केन्द्रित रहन्छांै । हामी सबै मिलेर इटहरीलाई सफा इटहरी, हरित नगर इटहरी, व्यापारीको हकसागै इटहरीलाई समृद्धि बनाउने कुरामा उद्योग वाणिज्य संघको पहल हुनेछ । यसैगरी उद्योग वाणिज्य संघलाई राजनैतिक मुक्त विसुद्ध संघ बनाउने पनि पहल हुनेछ । यी मेरा प्रतिबद्धता हुन् । अबरुद्ध संघको भवन निर्माण कार्य सम्पन्न गर्ने, संघको पुन: संरचना गर्ने, कार्यालय व्यवस्थापन तथा मानव संसाधन व्यवस्थापन गर्ने, विमा कार्यक्रम सञ्चालन गर्ने, बहुउद्देश्यीय सहकारी तथा एम्बुलेन्स सञ्चालन गर्ने, राजस्व कार्यालयमा सेवा कार्यालय स्थापना गर्ने, घर बहाल समन्वय समिति, सेलार सडक बत्ती जडानलाई अगाडि बढाउने लगायत मेरो प्रतिबद्धता हुन् ।
त्रअहिले उद्योग वाणिज्य संघ राजनैतिक अखडा जस्तै बन्न पुगेको छ । यसलाई एकैपटक राजनीतिक मुक्त बनाउन सकिएला ?
–मैले यो भन्दा अगाडि पत्रिकामा इश्वरजीको एउटा अन्तरवार्ता पढेको थिएा । राजनैतिक मुक्त बनाउछु भन्नुभएको रहेछ । तर उहााले एमाओवादी, राप्रपा, नेपाली काग्रेसाग, पूर्व अधयक्ष, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष
मेरो साथमा हुनुहुन्छ भनेर अभिव्यक्ति दिनुभएको छ । मचाहिा राजनैतिक मुक्त बनाउन सुद्ध व्यापारी साथीहरु मेरो प्यानलबाट सदस्यको उमेद्वार बनाएर अगाडि बढेको छु । आज म साग विभिन्न क्षेत्रका जस्तै सुनचाादी व्यवसायीसंघबाट स्वयम् अध्यक्ष विश्वराज धिमाल हुनुहुन्छ । यसैगरी किराना संघका अध्यक्ष कमल पौडेल, वितरक संघका अध्यक्ष टंक खनाल, होटल व्यवसायी संघका सचिव उमेश दाहाल, हुनुुहन्छ । मसाग विभिन्न सेक्टरका व्यवसायीहरु सदस्य हुनुहुन्छ । वस्तुगत शाखाका अध्यक्ष करिब ९ जना नै वाणिज्यतर्फबाट उमेद्वार हुनुहुन्छ । ग्लास हाउसबाट सैलेश विष्ट हुनुहुन्छ । मसाग कुनै पनि राजनीतिक गन्ध नआउने विसुद्ध व्यापारी हुनुहुन्छ । म विसुद्ध व्यापारीको नेतृत्व गर्दै हिडेको छु ।
त्रआरोप लगाउनेहरुले त भन्छन् लिलम बस्नेतले पनि एमालेको समर्थनबाट उमेदरी दिएको हो । वास्तविकता के हो ?
–हैन हैन । व्यवसाय र विचार भन्ने कुरा दुईवटा पाटा हुन् । व्यवसायिक पहिलो मेरो प्राथमिकता हो । व्यवसायीको हकहितमा म समर्पित रहनु मेरो पहिलो दायित्व हो । तर मलाई कुनै पार्टीले सहयोग गर्न सक्छ । म एमालेको समर्थक हुन सक्छु । हामी सबै कुनै न कुनै पार्टीमा आवद्ध हुन्छौं । तर मेरो उमेद्वारी भनेको नितान्त सुद्ध व्यापारीको हो । मलाई एमालेले समर्थन गर्नु स्वभाविक हो । यसलाई अन्यथा लिनुपर्ने जरुरी नै छैन । मलाई समर्थन गरे तापनि ममा संघमा एमाले नीति हुादैन व्यापारिक नीति हुन्छ । व्यापारिका हकहितका लागि हुन्छ । यी नितान्त एमाले निम्ति हुादैन ।
त्रतपाई आफ्नो विजयप्रति कत्तिको सुनिश्चित हुनुहुन्छ ?
–म पूर्ण रुपमा सुनिश्चित छु । मेरो विजय पक्कापक्की छु । मलाई कुनै द्वुविधा नै छैन । मेरो विजय निश्चित छ ।
त्रआधारहरु के के हुन् त ?
–मसाग आधार धेरै छन् । सबै क्षेत्रका जस्तै आज बजार क्षेत्रका उद्योगी व्यवसायी लिलमलाई जिताउनुपर्छ । व्यापारीको हक हितक लागि लिलम बस्नेतको विकल्प छैन भन्न थाल्नुभएको छ । एउटै व्यक्ति वा समूहको संघमा हालीमुहाली सदैव हुनुहुादैन भनेर खुलेर मसाग आउन थाल्नु भएको
छ । व्यवसायीको अप्ठेरोमा व्यवसायीहरुलाई नै फुटाएर खेल्ने को थिए भनेर यहााका उद्योगी व्यवसायीहरुले चिनिसक्नु भएको छ । बजारका भोटर्सहरु अधिकांश मसाग हुनुहुन्छ । कतिपय खुलेर आउनु भएको छ भने कतिपयले भित्री रुपमा सहयोग गरिरहनु भएको छ । सुनचाादी व्यवसायी संघक अध्यक्ष, किराना संघका अध्यक्ष, वितरण संघका अध्यक्ष, ग्लास, होटलतर्फका सबै क्षेत्रका व्यक्तिहरु मसागै हुनुभएकोले मेरो जित सुनिश्चित छ ।
त्रयसभन्दा अगाडि अर्थात वर्तमान अध्यक्षले सदस्य संख्या बढाएर अहिलेको उमेद्वारलाई अर्थात इश्वरी पुराजुलीलाई जिताउने प्रयास पनि त भएको हुन सक्छ । के छ यसमा तपाईहरुको चेक एण्ड व्यालेन्स ?
– त्यस्तो त उहााले गर्नुहुन्न होला । साह्रै त्यति तल उत्रेर गर्नु हुन्छजस्तो लाग्दैन । उहाा पनि इटहरीके एउटा सम्मानित र हालको अयक्ष नै हुनुहुन्छ । उहााले त्यस्तो गर्नुहोला जस्तो मलाई लागेको छैन । गर्नु भएको भए उहााको कुरा हो । उहााले आÏनो इज्जत, आफ्नो हैसियत नविर्सिनुपर्ने हो । आज पनि उहाा केन्द्रीय सदस्य, कोशी अञ्चल प्रतिनिधि भएको कारणले उहााले त्यो स्तरमा झरेर काम गर्नुभको कुरामा मलाई विश्वास छैन ।
त्रयस्ता काम भए के भन्नुहुन्छ ?
–मलाई विश्वास छैन । गर्नुभएको भए केन्द्रीय सदस्य, वर्तमान अध्यक्ष जस्तो हैसियतले हाम्रो इटहरी उद्योग वाणिज्य संघ इटहरीलाई एउटा संस्कार दिन नसकेको मान्नुपर्छ ।
त्रतपाईले आफ्ना एजेन्डाहरु प्रष्ट्याइसक्नु भएको छ । थप एजेन्डाहरु के के छन् । गर्नुपर्ने कामहरु उद्योग वाणिज्य संघले के के छन् ?
–इटहरीमा धेरै काम छन् । जस्तै नदी नियन्त्रणका कुरा छन् । सामाजिक संघ संस्था, स्थानीय नगरपालिका सबै बीचमा समन्वय हुनुपर्छ । यी सबैसाग समन्वयकारी भूमिक खेलेर उहााहरुसाग सहकार्य गर्दै इटहरीका हरेक विकासमा आगाडि बढने हो । चाहे खेलकुद होस, चाहे स्वास्थ्य होस्, चाहे शिक्षा होस् । हरेक क्षेत्रमा हातेमालो गरेर इटहरीलाई समृद्ध बनाउने कुरामा हामी अगाडि बढ्छौं ।
त्रअहिले भर्खरै इटहरीमा कभर्ड हल निर्माणका लागि केही रकम विनियेजन भएको सुनिदैछ । यो के यहााहरुकै पहलम हो ?
–यो वास्तवमा हाम्रै सदस्यका उमेदवार विश्वराज धिमाल जो एउटा राष्ट्रिय खेलाडी पनि भएको कारणले कभर्ड हल निमाणको पहल उहााबाटै भएको हो । उहाा निमाण समितिको संयोजक या अध्यक्ष हुनुहुन्छ । उहााले त्यो काम आफैले गर्नुभएको हो । माथि अर्थात राष्ट्रिय खेलकुद परिषदमा पहल गर्नुभयो । त्यहााबाट केही रकम उपलब्ध भएको हो । यो सबै हाम्रै टिमका साथीहरुले ल्याउनु भएको हो ।
त्रइटहरीमा अरु के के काम गर्नुपर्ने देख्नुभएको छ ?
–इटहरीम एकैपटक जसरी जनघनत्व बढेर आयो अरु कुराहरुमा कमी देखियो । बाटो घाटो बनाउन, वृक्षारोपण गर्न सकिएको छैन । बाटोहरुलाई उपमहानगरपालिकाको हैसियतमा जुन हुनुपथ्र्यो त्यो हुन सकेको छैन । आज साह्रा निर्माण कार्य, खोलानाला, पैनीहरु, सरकारी जग्गाहरु व्यवस्थित हुन सकेको छैन । आज एउटा व्याडमिन्टन क्लब छ । यहाा ठूला ठूला हलहरु छैनन् । सेमिनार गर्दा ४–५सय अटाउने ठाउा छैन । यो सहरलाई के के आवश्यकता छ ? ती आवश्यकता पूर्ति नभएकोले हामी यसतर्फ पहल गर्छौ । हामीले नै यी काम गर्नुपर्छ, यहीका जनताले बनाउनुपर्छ । यहााका सबै सामाजिक संघ संस्था, नगरपालिका, उद्योग वाणिज्य संघ सबै एक भएर, राजनीतिक पार्टीहरुसमेत साथ लिएर यसका पूर्वाधारहरु हामीले निर्माण गर्नुपर्ने हुन्छ ।
त्रयो तपाईको कार्यकालमा सम्भव छ ?
–यो शुरु हुन्छ । म शुरु गरेर छाड्छु । काम गर्दै जाादा कति सम्भव हुन्छ, कति असम्भव हुन्छ । हामी धेरै सम्भव गर्नेतिर जान्छौं ।
त्रआफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?
–उहााहरुले गर्न सक्ने क्षमता भएको, सबै वस्तुगत शाखाका अध्यक्षहरु भएको र साह्रा इटहरीको, इटहरी उद्योग वाणिज्य संघलाई पूर्वाञ्चलको एक नम्बरको उद्योग वाणिज्य संघ बनाउनका निम्ति जुन मेरो मिसन छ, मलगायतका टिमले इटहरी उद्योग वाणिज्य संघको उत्थान गर्छ, इटहरीलाई हर सम्भव समृद्ध बनाउदै व्यवसायीको हकहित गर्छ । व्यवसायको प्रवद्र्धन गर्छ । यस्तो टिमलाई म सबैसाग भारी भन्दा भारी मत दिएर विजय गराउन आग्रह गर्दछु ।
