राजधानी/ संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फामा भएको भनिएको अनियमिताबारे छलफल गर्न एन्फाका असन्तुष्ट पदाधिकारीलाई छलफलका लागि बोलाएको छ ।
लेखा समितिको सोमबार बसेको बैठकले आथिर्क अनियमिपत्ताको आरोप लगाउने उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, बिजय मानन्धर लगायतलाई बोलाउने निर्णाय गरेको हो । उनीहरुसँगको छलफलपछि अध्यक्ष गणेश थापालाई बोलाएर छलफल गर्ने र यस
प्रकरणलाई टुंगोमा पुर्याउने निर्णय भएको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
विषय उठाएर टुंगो नलगाई छाड्दा जनतामा नकारात्मक सन्देश गएकाले अब जनसरोकारका विषयमा समितिले टुंगो लगाएर दोषीमाथि कारवाहीको सिफारिस गर्नुपर्ने उनले बताए ।
एन्फामा आथिर्क अपारदर्शिता भएको तथा गत वर्षको पुरस्कार रकम समेत नदिएको भन्दै चार क्लब आन्दोलनमा छन् । तर, एन्फाले भने चार क्लबलाई एक वर्षका लागि प्रतिवन्ध लगाएको छ ।
