धरान/ किरात राईहरुको महान चाड साकेला उभौलीको अवसर पारेर धरानमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको छ ।्
किरात राई खेलकुद संघ जिल्ला समिति सुनसरीले आयोजना धरान १५ स्थित विग फुड फुटसलमा भएको प्रतियोगितामा धरानका ५ वटा क्लबको सहभागीता रहेको थियो । फाइनल भने आयोजक टिम किरात राई खेलकुद संघ सुनसरी र धरान ८ स्थित यलम्बर क्लबबीच प्रतिस्पर्धा भएको थियो । जसमा यलम्बर क्लबले १३(७ को गोल अन्तरले आयोजकलाई हरायो । मैत्रीपुर्ण प्रतियोगितामा आयोजक संघ, यलम्बर क्लब, कल्याण युथ क्लब धरान ११, किरात मञ्च नेपाल र बिग फुट फुटसलको टिमको सहभागिता रहेको थियो ।
आयोजक खेलकुद संघ सुनसरीका अध्यक्ष विकास राईले प्रचारत्मक ढंगले किरात किरात राज्य प्राप्तीको अभियानलाई निरन्तरता दिन संघले फुटसल आयोजना गरेको बताउनुभयो । अभियान अन्र्तगतनै जेष्ठ १८ गते इटरीमा किराया इटटरी नगर समितीसंग मैत्रिपुर्ण भलिवल पनि खेलिने उहाले वताउनुभो । यसअघि पनि संघले बिहिबार धरान ८ स्थित यलम्बर बास्केटवल कोर्टमा यलम्बर क्लबसाग मैत्रीपुर्ण बास्केटवल खेल आयोजना
गरेको थियो ।
