गनतन्त्र
चाट्न पाउनेहरु जय–जयकार गर्दै उफ्रन्छन् अनि चाट्न नपाउनेहरु थुतुनो बटारेर नानाथरी गफ गर्छन् । हिजो पञ्चायतका मण्डलेहरु भक्कु चाट्न पाउथे अनि पञ्चायत जिन्दावाद भनेर नारा लाउाथे । आज गणतन्त्रमा केही दलका छाउराहरले विभिन्न वहानाबाजी गरेर, धक्क्याएर, तर्साएर चाट्न पाएकैले गणतन्त्र जिन्दावाद भनेर नारा लगाएको देख्दा घण्टाघरलाई कहिले सासूको पालो कहिले बुहारीको पालो भन्ने उखान याद आयो । हिजो मण्डलेले खाए आज दलका भाते मुखियाहरुले खाादैछन् । देशमा गणतन्त्र ओइरिएसी गरिब, निमुखा, असहायहरुका दिन फिर्ला कि भन्ने थियो । फिर्न त फिर्यो उही तल्कुरे कु भएर । टाठाबाठाहरुलाई गणतन्त्र गनतन्त्र भा’छ, । जता फर्कियो रोगडा गन्या छ गन्या छ । लुतेलांग्रा र निर्धाहरुलाई सुकेनास लागेर झन झन सिद्धिदैछन् । क्या काइदाको गनतन्त्र आ’छ नेपालमा ।
बहिष्कार
नौलो हुन्ज्याल पूर्व उपराष्ट्रपति परमानन्द झाले अस्तिका दिन गनतन्त्र दिवसको कार्जेक्रम नै बहिष्कार गर्दैछन् त्यता उपराष्ट्रपति भइसकेका मान्छेले किन बहिष्कार गरेछन् त भनेर यसो वाइनाकुलर सोझ्याएर टुाडिखेलतिर हेर्या त मेरीबास्सी । सत्ताधारीहरु गजधम्ब कुर्सीमा टाङ्गमाथि टाङ्ग चढाएर उग्रदै ठास ठास गरेर बस्या थे । तर पूर्व भएरै होला विचरोको झा बालाई बस्ने एउटा कुर्सी सम्म राख्देनन् छन् । बस्ने ठाम नै नभएसी’विचराले बहिष्कार नगरेर फुइय्याा गर्नु ? झा बा’लाई बस्ने कुर्सीको व्यवस्था नगर्ने भए घोगो खान बोलाएको त ? बोलाई सकेसी’यसो ट्याास्स बस्ने कुर्सी त राखिदिनुपर्छ । यो चहिा साह्रै नाकाम गरे खप्रओबाले ।
भ्यालि टाइगर केस
झरेर गएका, सुकेर गएका, भााच्चिएर गएका, डस्विनमा फालिएकाहरुलाई सिलो साङ्लो गरेर माउवादीका अध्येक्षे प्रचण्डाउले माउवादी केन्द्र बनाएछन् । अनि सबैलाई फस्ल्याङ्ग, फुस्लुङ्ग गरेर त्यसको अध्येक्षे पनि बन्न उभ्याएछन् । दुनियाामा नभएको जम्बो केन्द्रीय कमिटी पनि बनाएछन् । यहाासम्म त तैवरु तैवरु ठीकै थियो । तर केन्द्रीय सदस्यमा अस्तिसम्म धम्क्याएर चन्दा उठाउनेलाई समेत हालेपछि उन्को जम्बो केन्द्रीय समितिमा फेरि रडाको मच्चिएको छ रे । आफूलई भ्याल्ली टाइगर भन्ने दोभान ब्लोनलाई समेत प्रचण्डाउले केन्द्रीय सदस्ये बनाएछन् । हुन त प्रचण्डाउ कच्चा खेलाडी त हैनन् । केन्द्रीय समिति समावेशी बनाएका होलान् । पार्टी चलाउनै पर्यो । यसो चन्दा सन्दा उठाउन सक्ने पनि त चाहियो । लाठ सावहरुलाई मात्र केन्द्रीय सदस्य बनाएर पनि त भएन । कि कसो हौ प्रचण्डाउ ?
पर्धानमन्तरी
माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउलाई हिजोआज परम्परागत कुर्सी रोगले भेट्टाएको छ रे । होला पनि खप्रओले भद्र सहमति गरेर पर्धानमन्तरीको लालीपप जुन देखाइदिएका छन् । मने अस्ति नै
परक्क बटारिएका प्रचण्डाउलाई खप्रओले बजेटपछि पर्धानमन्तरी बनाइदिने भनेर सपना देखाइद्या छन् । त्यसैले होला हिजो आज प्रचण्डाउ मुसुक्क मुसुक्क हाास्दै हिाड्न थाल्या छन् । बजेट पछि म पर्धानमन्तरी बन्ने भए भनेर भाषन ठोक्न थाल्या छन् । आाची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझौ । प्रचण्डाउले पनि ओलीको बोली कसरी पत्याएका होलान् ? सर्पले सर्पकै खुट्टा देख्छ भन्थे हो कि क्या हो ? आखिरी झुठो बोल्ने मामिलालमा त दुवै हम किसिसे कम नही त हुन् । अनि प्रचण्डाउले खप्रओको कुरा किन नपत्याउनु ? कि कसो हौ ?
राष्ट्रघाति हुन्छ रे
नेप्लीज कााग्रेसकी भताभुागे केन्द्रीय सदस्ये सुजोलाई हिजोआज खपओको
सरकारको वायुले छोएको छ कि क्या हो ? पतिपक्षी भएर नि सरकारको समर्थनमा बालेसी’ ओलीको वायुले नछोए फुइय्याा भएको हो त ? अब हेरौ न केही दिन अगाडि खप्रओकै सरकारले देश चलाउनुपर्छ, यो सरकार ढाले राष्ट्रघात हुन्छ भनेर सुजोले बोलेको देख्दा सम्पूर्ण कााग्रेसी गणले जिब्रो टोके । प्रतिपक्षीको धर्म भन्या सरकार ढाल्नु हो । सबै कााग्रसी गण ओलीको विरुद्धमा बोलरहेको अवस्थामा सुजोलेचाहिा किन कुखुरीले चल्ला छोपेझै चोप्न खोजेकी होला ? खप्रओबाले सुजोलाई राम्रै चखनी चटाइदिएछन् कि क्या हो ? नत्र त्यरी त बनबोल्नु पर्ने ? खे के खै के खप्रओ र सुजो नै जानुन ।
बेड चाहिया छ रे
काठमाण्डौको आन्दोलनले ठेटुवा देखाइदिएसी यतिबेला संघीय गठबन्धनका ठेकेदारहरु रन्थनिन थाल्या छन् ।
सिंहदरबार घेर्दा, बाल्वाटार घेर्दा, धर्ना दिादा, सडक जाम गर्दा, सत्ताधारीलाई सक्तो सराफ गर्दा नि कुनै लछारपाटो नलागेसी’ गठबन्धनका ठेकेदारहरु अब मधेशतिरै झरेर आन्दोलन चर्काउने निर्नयमा पुग्या छन् । राम्रै हो राजधानीमा आन्दोलन गर्दा न खानाको टुंगो भयो न पिउनको टुंगंो भयो । कमसेकम आफ्नो गामघरतिर झरेर आन्दोलन गरे भने घरको मात खाएर चर्काउन त सक्छन् । राजधानीमा केही दिन आन्दोलन गर्दा ओठ मुख सुकेका गठबन्धनका लाउकेहरुले आस्तिका दिन जंगदिै भने पर्धानमनतरी खप्रओलाई कुर्सी हैन वेड चाहिया छ । वेड चाहिने पर्धानमन्तरीले गठबन्धनका माग कसरी पूरा गरुन् ? कि कसो हौ ?
कुर्लिए काजी
कसैले बुझुन नबुझुन माने बोली प्रष्ट नभएका नेप्लीज लााग्रेसका सभापति कहिलेकाही राम्रैसाग बम्कन्छन् । ओलीलाई अस्ति नै फालेर प्रचण्डाउलाई पर्धानमन्तरीको कुर्सीमा बसाउने योजनाले हावा खाएसी शेरबहादुर काजीको थुतुनो केही दिन देखि बन्द थियो , अस्तिका दिन फेरि हाइ गर्दे मुख खोले ओलीले ल्याउन बजेट हावादारी योजनमा सिद्धिन्छ रे । यस्तो हावादारी योजनामा बजेट दुरुपयोग हुन नदिन प्रतिवाद गर्ने रे । मैले सागर थाम्या छु भनेर हुटिट्याउले फूर्ति लगाउादा अरुले हो तेरो खुट्टी देख्दै थाहा भयो भनेझै देउवाले हावादारी योजना कसरी रोक्लान् ? कही देउवालाई पनि ओलीको जस्तै हावा गफ दिने बानीले त छोएन ? अरु दलमा हावा जोत्ने नेता भएपनि कााग्रेसमा त हावा जोत्ने थिएनन् । देउवाबाटै विजारोपण भएछ कि क्या हो ?
अन्तेमा
सरकारले गनतन्त्र दिवसका अवसरमा मानपदवी, अलंकार बााड्ने निर्नय गरेछ । त्यसरी बााड्नु खुशीको कुरा हो । तर होलसेलमा किलोको भाउमा त्यसरी बााडेको मान पदवी अलंकार लिनेहरु संख्या यसपाला इतिहासमै सबैभन्दा धेरै भएका छन् । सुन्दा कुरी कुरी लाग्ने गरी सरकारले मानपदवी, अलंकार बााड्ने निर्णय
गरेको छ । झण्डै ५८ हजारले त्यस्ता मानपदवी, अलंकार पाउने भएका
छन् । यसपाली मानपदवी अलंकार पाउनेहरु सबैभन्दा अभागी रै’छन् । पहिला पहिला गोडा विसेक पच्चिसेक जनाले पाउादा गौरव लाग्थ्यो । यसपटक त कसैको नामै कण्ठ नहुने भयो ।
