विराटनगर/भारतीय राजदुतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनको आयोजनामा शुक्रबार विराटनगरमा ‘कल्चर नगरी’ कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय जातिहरुको सास्कृतिको उत्थान, संरक्षण र सम्वद्र्धनमा टेवा पुगोस् भन्ने हेतुले स्थानीय होटल
हरिजन प्यालेसमा आयोजित कल्चर नगरीमा स्थानीय कलाकारहरुले रोचक प्रस्तुति दिएका थिए । मैथिली भाषाको सरक्षण तथा सम्बद्र्धनमा लामो समयदेखि योगदान पुर्याउदै आउनु भएका प्रवीण नारायण चौधरी भन्नुहुन्छ यस प्रकारको कार्यक्रमले स्थानीय कलाकारहरुलाई प्रोत्साहन भएको छ । नेपाल र भारत समान कला, सास्कृति र परम्परा भएका मुलुक हुन् । यहााको कला र सास्कृतिको उत्थानमा भारतको साथ सहयोग
अपरिहार्य रहन्छ ।
प्राज्ञ दधिराज सुवेदीको कथन पनि प्रवीण नारायण चौधरीको भन्दा फरक छैन । पछिल्ला बर्ष यता फिल्म, टेलिभिजन र अन्य प्रविधिले गर्दा मञ्चमा आयोजना हुने यथार्थपरक, स्थानीय कला सास्कृति लोप हुने अवस्थामा पुगेका छन् । यसको संरक्षण गर्नु आवश्यक छ । जे होस् कल्चर नगरी कार्यक्रम अत्यन्तै रोचक भएको छ । विराटनगरमा रहेको भानु कला केन्द्र, विराट मैथिली कला परिषद्, मैथिली जन साास्कृतिक मञ्च, विराट नाट्य जमातले यहाा बसोबास गर्ने विभिन्न जात जातिको परम्परागत कला सास्कृति झल्कने नृत्य, प्रहसन प्रस्तुत गरेका थिए । श्रीमति पूजा गुप्ताको मुक्तकले सहभागिीहरुलाई पेट मिचिमिचि हासाएको थियो भने विराटनगरका पुराना एवम् चर्चित गायक रामा मण्डल, वीरेन्द्र साह, सञ्जयको गीतले भावुक बनाएको थियो । कार्यक्रमको अन्तमा बीपी कोइराला भारत नेपाल फाउन्डेशनकी सचिव रुवि जसप्रित शर्माले कलाकारहरुलाई सम्मान गर्नुभएको थियो भने सञ्चालन राधा मण्डलले गर्नुभएको थियो ।
