घण्टाघरबाट हेर्दा

सुकेका हागा
नौलो हुन्ज्याल नौ मुरी गाास छुट्टिएपछि जगटाको नास भन्ने उखान यतिबेला प्रचण्ड बाउराममा देखिएको छ । जुहारी खेलेर छुट्टिएर हिाडेका केही बेकामेहरुलाई प्रचण्डाउले अस्तिका दिन एकै ठाममा उभ्याएसी’ ध्वास पिटिहालेछन्, दुई तीन महिनामा सबैलाई देखाइदिन्छम् । अब प्रचडाउले के देखाउलान् ? प्रचण्डाउसाग देखाउने कुरा साह्रै छ जस्तो छैन । तै पनि उन्ले देखाइदिने ध्वाास पिटिहाले । हुन त ध्वाास पिट्नु प्रचण्डाउको नयाा खेल होइन । ध्वाास पिटेरै एकलौटी २५ बर्षदेखि अध्येक्षे पड्यकाएका हुने अझै कति पड्काउाछन् । प्रचण्डाउको ध्वास पिटाइले बाउराम बाजेलाई चाहि खपिनसक्नु भएछ । उनले भन्दिइहाले सुकेका हाागाविगाले रुख हरियो त ज्यान गएनि बन्दैन । कि कसो हौ
प्रचण्डाउ ?
आएकै छैन रे
हैन हौ यो देशका नेताहरु सबै एवनर्मल नै भए कि क्या हो ? एउटाले हावा गफ दियो भनौ भने पनि अर्काले पनि त्यसै गरिरा’छ । अब हेरौ न नेकपा माउवादीका मा’सचिव नेत्रविक्रम चन्दलाई । यसो विद्यालयका भुराहरुलाई टुाडीखेलमा उफारेर शक्ति प्रदशर्शन गरेका चन्दले भाषन गर्दा प्वाक्कै बोलिहाले नेपालमा लोकतन्त्र आ’कै छैन रे ।
अराजकतन्त्र र कमिशन तन्त्र मात्र आएको छ रे । भुरा उफारेर भएनि चन्दले राम्रै गफ जोते । लोकतन्त्र आ’भए त लोकले सुख, शान्ति पाइहाल्थे नि । यहाा त अभावै अभाव छ । अब लोकतन्त्र ल्याउन चन्दले संघर्ष गर्ने रे । अब रात्नपार्कमा उफारेका तिनै भुराहरुलाई आन्दोलनमा नारा लगाउादै उतार्ने त होला ?
पानी जहाज
ठाउा न ठहर बूढीको रहर त्यसै भन्या होइन । तित्राका जस्तै थुतुनो बन्द नहुने हाम्रा पर्धानमन्तरी खप्रओले अबचाहिा केही गर्छन् कि जस्तो छ । पूर्व पश्चिम फिलिली रेल कुलाई सकेका, घरघरमा ग्याासको पाइप हुल्दिइसकेका, भोकले कुनै नेपालीलाई मर्नै नदिने खप्रओले अब समुन्द्रतिर आाखा डुलाएका छन् । झिनामसिना कामको कुरै नगर्ने ओली वाले चााडै नै समुन्द्रमा नेपाली पानी जहाज सर्रर्र दौडाइदिने भा’छन् । तेस्रो मुलुकबाट सामान ल्याउादा नेपाली व्यवसायीहरुल्े दु:ख पाएको देखेपछि ओली बा’को कमलो मन थामिनै सकेन । उन्ले तत्कालै घोषणा गर्दिहाले अब नेपालको आÏनै पानी जहाज हुन्छ, नेपाली झण्डा फहराएर हिाड्छ । पर्धानमन्तरी हुन त खप्रओजस्ता भुत्लो भाङ्ग केही नगरे नि बोली त दिन्छन् ।
ठप्प पार्ने
अब अरुले आन्दोलन गर्‍यो हामीचाहिा के कम भन्दै यातायात व्यवसायी र मजदुहरुले समेत शुरु गर्ने भएका छन् । अहिलेको शिला साङ्ले सरकारले यातायात व्यवसायीहरुको ढाडै सेक्ने गरी जरिवाना दस्तुर बढाएपछि उनेरु सरकारका विरुद्धमा बाजा बजाएर आन्दोलनमा उत्रने भएका छन् । मधेशीहरुको आन्दोलन थाम्न नसकेर लखतारान भएका ओली सरकार अब मजदुर आन्दोलनबाट हचैट हुने पो हुन कि क्या हो ? १३ गते ८ वटा संघ संगठनले एकै साथ देशभरिको यातायात ठप्प पार्ने भएका छन् । त्यसमा सरकार समर्थित मजदुर, यातायात व्यवसायीहरु समेत छन् , अब आफन्तै विरोधमा उत्रिएसी’बात खलास भएन ? कि कसो हौ ?
विडो थाम्दै
अभिभावकको वीडो सन्तानले थाम्ने परम्परा नेपाली समाजमा रहेको छ । अब हेरै न हाम्रा पर्धानमन्तरी खप्रओ वा काम होस् कि नहोस् कसैेले पत्याउन कि नपत्याउन, कोही रिसाउन कि नरिसाउन बालै मतबल नराखी प्वाक्क प्वाक्क बोलिदिन्छन् । अब खप्रओको त्यो पटापट बोल्ने रोग भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीमा सरेछ उन्ले अस्तिका दिन भन्या काठमाण्डौ जोड्ने फास्टट्रयाक सडक आगामी ५ बषर््ाभित्रमा बन्छ रे । फास्ट ट्रयाक बनाउन मन्त्रालयले धुवाधारसाग काम गरिरहेको छ रे । कार्कीका यस्ता उट्पट्याङ्ग गफ सुनेपछि नेपालका इन्जिनियरहरुले ओली सरुवा रोगले कार्कीलाई नराम्रोसाग गाजेको भन्दै खित्का छाडेछन् । एडिवीका दलाल भनेर नाम कमाएका कार्कीले मेलम्चीको पनि ७३ साल वैसाखमै काठमाण्डौ आउने गुड्डी हााकेका थिए र तर अहिलेसम्म खुट खबर केही छैन । जेहोस् खप्रओको बिडो थाम्ने कोही त हुनुपर्‍यो । कि कसा हौ ?
कठोर हुन्छ रे
सद्भावना पार्टीका अध्येक्षे राजिन्दर महतोले भन्या अबको आन्दोलन कठोर हुन्छ रे । कस्तो कठोर हुन्छ कुन्नि ? ६ महिनामा मधेश आन्दोलन गरेर
राजधानीतिर उक्लिएका राजिन्दरहरुले सिंहदरबार, बाल्वाटार घेराउ गरे । दिनैपिच्छे राजधानीमा कुर्लेका कुलिर्यै छन् । तर केही झर्ला जस्तो छैन । जति गर्दानि झर्ला जस्तो नभएसी फेरि जिल्ला तिरै फर्किएर आन्दोलन गर्ने मुढमा राजिन्दर पुग्या जस्तो पो छ । फेरि नाकामा धर्ना, चक्काजाम गरेर कठोर बनाउने खोज्या होलान् । ६ महिनामा त केही भएन अब के होला र ?
दिन फिर्ने भए
सत्ताको खेलमा लाग्दिन भन्ने तर भित्रैभित्र पर्धानमन्तरी खप्रओलाई बंग्याउन हात धुएर लागेका प्रचण्डाउ बजेट आएलगत्तै पर्धानमन्तरी हुने दौडमा लाग्या छन् । नेप्लिज कााग्रेसको समर्थन लिएर वैसाखमै खप्रओलाई धुलिसात गर्न तानावानामा लागेका प्रचण्डाउलाई सिंहदबार र वालुटाटार छिर्न साह्रै हतारो परेको छ । झालेमाले र माउवादी बीचमा भएको ९ बुादे सहमतिसागै खप्रओले बजेट पछि पर्धानमन्तरी दिने भनेर भद्र सहमति गरेपछि प्रचण्डाउ केही समयका लागि थन्किएका थिए । तर घण्टाघरलाईचाहिा विश्वास छैन । खप्रओले पर्धानमन्तरी दिन्छु भनेर भद्र सहमति गरेपछि प्रचण्डाउ केही समयका लागि थन्किएका थिए । तर घण्टाघरलाई चाहिा विश्वास छैन । खप्रओले पर्धानमन्तरी दिन्छु भनेर भद्र सहमति भएकै छैन भन्दिए भने प्रचण्डाउ उत्तानोचित्त हुन्छन् ।
आखिरी हावा गफ दिन ओली बालाई कसैले नजित्ने भएको छ । सहमति त लिखित पो हुन्छ त † भद्र पनि कही हुन्छ ? फेरि प्रचण्डाउलाई पर्धानमन्तरी दिनै हुादैन भनेर एमालेत्रि हिजोआज गतिलै खिचडी पाक्न थाल्या छ रे । अन्तेमा प्रचण्डाउ जिल्लराम होलान जस्तो पो छ ।
अन्तेमा
माउहरु फुटेर अलग हुन्थे हुन्थे अब तिनका बच्चा माने भाते संगठनहरु समेत फुट्न थालेछन् । अब हेरौ न उपेन्द्र यादवको अध्यक्षतामा संघीय समाजवादी फोरमसाग आवद्ध मधेशी ट्रेड युनियन महासंघ चोइटिएछ । चोइटिएकाहरु राजिन्द्र महतोको सद्भावना पार्टीसाग गएर ल्याप्पै टाासिए छ । उपिन्द्रले भन्दा राजिन्दरले चोइटिएकाहरुलाई राम्रै व्यवस्था
गरेछन् कि क्या हो ? व्यवस्था नगर्दिएको भए त्यसरुी चौयथिटएर नजानु पर्ने हो । सबै हुने खानेलाई साथ दिने त हुन । हुादा खानेलाई साथ कसले दिन्छ ? भाते संगठनहरु नै एक अर्कालाई सक्तो सराप गर्दै चोइटिएसी’ गठबन्धनको आन्दोलनले हावा खाला जस्तो छ ।

तपाईको प्रतिक्रिया