मसाग उठेका साथी पनि व्यापारी हुन्, सक्षम व्यापारी हुन्, सुद्ध व्यापारी हुन्, सफल व्यापारी हुन्

कृष्णकुमार अग्रवाल । धरानमा वौद्धिक व्यवसायीका रुपमा चर्चित व्यक्तित्व । अधिकांश धरानेहरुले उहाालाई एल.जी. कृष्णकुमार अग्रवाल समेत भन्छन् । एल.जी.का उत्पादनहरुको एजेन्सी व्यवसाय गर्दै आउनु भएकोले समेत उहाालाई त्यसरी चिनिएको पनि हुनसक्छ ।
आज उहााले सञ्चालन गर्दै आउनु भएको व्यवसायको स्वरुप मात्र परिवर्तन भएको हो । वि.सं. १९८२ सालमा उहााका हजुरबुबाले थालनी गर्नुभएको कपडा, किराना पसलको आज स्वरुपमात्र परिवर्तन भएको हो । त्यसबेला धरान पुरानो बजारमात्र थियो । वि.सं. २००६ सालमा हजुरबुबा वितेपछि उहााका पिताले उक्त व्यवसाय धान्नुभयो ।
वि.सं. २०१४ सालमा धरानमा जन्मनु भएका कृष्णकुमार अग्रवालले धरानबाट स्नातक सम्मको अध्यन पूरा गरेपछि त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट एम.कमको अध्ययन पश्चात कुनै जागिर नखाई व्यवसायमै आफूलाई केन्द्रित गर्नुभयो । मलाई जागिर भन्दा पनि व्यवसायमै रुची थियो त्यसमा पनि आफ्नै जन्मस्थान धरानलाई केन्द्रविन्दु बनाएर अग्रवालको कथन छ । एम.कम सम्मको अध्ययन पूरा गरे पनि आफ्नो पुख्र्यौली व्यवसायमै रुची भएकोले वि.सं. २०३६ सालदेखि आजसम्म व्यवसायमै संलग्न हुनुहुन्छ । उहाा भन्नुहुन्छ–मैले व्यवसाय गरेको पनि ३७ बर्ष भयो । अग्रवाल व्यवसायमामात्र संलग्न हुनुहुन्न । दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा समेत उहााको आवद्धता रहेको छ । प्रचारमुखी शैलीबाट अलिकति टाढा बस्न रुचाउने अग्रवाल कहिले विकलांगहरुका लागि विदेशी तथा स्वदेशी दाताहरु खोजेर ह्वील चेयर बााड्न धरान, पानमारा, विष्णुपादुका, मोरङ्गको गछिया पुग्नु हुन्छ त कहिले डाक्टरहरुको टोली लिएर गरिब ग्रामीण वस्तीहरुमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा खटिनु हुन्छ ।
हरेक क्षेत्रका व्यक्तिहरुसाग, वैचारिक, व्यवसायिक परामर्श गर्ने खुवी रहेका अग्रवाल यही वैसाख २७ गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका प्रत्याशी बन्नु भएको छ । धरानको समृद्धिमा आर्थिक क्षेत्रहरुको पहिचान गरी समन्वयात्मक ढंगले सबै क्षेत्रलाई साथमा लिएर हिाड्नुपर्ने धारणा राख्नुहुने अग्रवालसाग यसपटक हामीले संघको निर्वाचन, आगामी नीति तथा कार्यक्रम आदिका सम्बन्धमा कन्द्रित रही वार्ता गरेका छौं प्रस्तुत छन् वार्ताका सारसंक्षेप :–
खतपाई यही वैसाख २७ गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी बन्नुभएको छ । धरानका हरेक व्यवसायी, वौद्धिक जमात तथा हरेक क्षेत्रका मनिसहरुले तपाइको उमेद्वारीलाई उत्सुकतापूर्वक हेरेका छन् । तपाई उद्योग वाणिज्य संघमा अध्यक्षको प्रत्यासी बन्नुको प्रमुख कारण के हो ?
– सर्वप्रथम सुनसरी उद्योग वाणिज्य संघमा हालसम्म मेरो के भूमिका रहयो म यहाालाई बताउाछु । मैले २०४८ साल चैत्र महिनामा उद्योग वाणिज्य संघको चुनाव लडे । त्यसबेला मलाई धेरै साथीहरुले अनुरोध गरेपछि मैले चुनाव लडेको थिएा । त्यो पहिलो चुनाव लड्दा नै म सफल भएा, मलाई सबै साथीहरुले सफल बनाउनुभयो । त्यस लगत्तै बसेको कार्यसमितिको वैठकले मलाई कोषाध्यक्षमा मनोनित गर्‍यो । जहाासम्म लाग्छ मेरो कोषाध्यक्षको कार्यकाल सफल रहयो । मैले २०४८ सालको निर्वाचनमा आफूलाई निचाउन धेरै मेहनत गर्नुपर्‍यो किनकी भर्खर पढेर आएको थिएा र धरानमा साधारण व्यवसाय गर्दै थिएा । त्यसबेला धरानमा घुलमिल भइसकेको थिइना । त्यस पछि म सुनसरी उद्योग वाणिज्य संघमा निरन्तर लागि रहेको छु । कतिपय परिस्थितिमा मलाई यहााका मान्यजनहरुबाट मार्गदर्शन भइरहयो । मैले चुनाव कहिल्यै हारिना । चुनाव नलड्ने वातावरण हुादा मैले चुनाव लडिना । केही मेरो घरायसी बाध्यताहरु पनि थिए । मेरो सानो परिवार छ । सबै दाजुभाइ अलग भइसकेको छौं । एकजना छोरा छ । त्यसैले गर्दा मैले आÏनो निजी व्यवसायमै धेरै समय दिनुपर्‍यो । कतिपय कुरामा इन्ट्ेरस्ट भइना, कतिपय मेरो बाध्यता र आफू यहाा नहुादा पनि चुनाव लड्ने मौका पाइना , तर मेरा जुनसुकै साथीहरु आउनु भएपनि मलाइ उद्योग वाणिज्य संघमा सक्रिय गराएर राख्नुभयो । मैले चुनाव नलडेपनि मलाई राजस्व निर्धारण समिति जस्तो महत्वपूर्ण समितिको संयोजकसम्म बनाएर राख्नुभयो । पछि मैले चुनाव नलड्ने परिस्थितिमा कार्यसमितमा नभएको बेला पनि मेरा सार्थीहरुले मलाई मनोनित गरेर भएपनि सम्पूर्ण व्यवसायीको सेवा गर्ने मौका दिनुभयो ।
खतपाई वि.सं. २०४८ सादेखि कुनै न कुनै रुपमा उद्योग वाणिज्य संघमा हुनुहुन्छ । हालको कार्यसिमितिमा बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । तर तपाईलाई केही व्यवसायीहरु कृष्णकुमार अग्रवाल एकांकी खालको हुनुहुन्छ, मनोगत हुनुहुन्छ, सम्पर्कबाट टाढा बस्नुहुन्छ भन्ने आक्षेप लगाउाछन् किन होला ?
–त्यो आक्षेपमात्र हो । मेरो केही कमि कमजोरी हुन सक्छ । हाम्रो उद्योग वाणिज्य संघको प्रकति यस्तै छ कि उद्योग वाणिज्य र्सघमा जसलाई सेवा पुर्‍याउनुपर्ने हो तिनीहरुलाई हामीले समेट्न सकेका छैनौं । अहिले
धरानमा ५ देखि ६ हजार व्यापारी साथीहरु हुनुहुन्छ । एक समयमा धरानमा अर्थात ३५–४० सालमा धरान सानो थियो । बजार पनि सााघुरिएको थियो । त्यसबेला हामी कुरा गथ्र्यौ कतिवटा पसल छन्, ५–६ पसय पसल थिए । त्यसबेला भेटाघाट सजिलो थियो । अहिले ६ हजार भन्दा बढी व्यापारी साथीहरु हुनुहुन्छ । उद्योग वाणिज्य संघमा भएका साथीहरु आÏनो व्यवसायमा पनि व्यस्त रहन्छौं । त्यसैले ६ हजार व्यापारी साथीहरुसाग सम्पर्क हुन नसकको हुनसक्छ । यो त व्यापारको प्रकृतिका कारण उठेको कुरा हो । उद्योग वाणिज्य संघको कमजोरी कहाा दखिन्छ भने यो कुरामा हामीले ६ हजार व्यवसायीमध्ये जो संघमा आउनु हुन्छ उहााहरुको काम हामी गछौं । सेवा पुर्‍याउाछौं, अप्ठेरो पर्‍यो भने सुल्झाउाछौ । तर हामीले हाम्रा नीति तथा कार्यक्रम लिएर उहााहरु समक्ष पुग्न सकिरहेक छैनौं । किनकि ६ हजार सम्म पुग्न अप्ठेरो छ । त्यसको लागि एउटा सामुहिक पद्धतिको विकास गर्नुपर्ने आवश्यकता छ । हाम्रा वस्तुगत, संगठनहरु मात्र उनीहरुसमक्ष गयौ भने निश्चय पनि म माथि आएको आक्षेप हाटेर जान्छ । मेरा पनि केही कमी कमजोरी होलान् । मैले मेरो कमी कमजोरीमा सुधार गरुाला । मजस्तो अरु प्रत्यासीले सुधार गर्नुपर्छ । तर हामीले त्यसलाई उद्योग वाणिज्य संघको नीति तथा कार्यक्रममा समेटेर वस्तुगत संघहरु मार्फत कार्यक्रमहरु पुर्‍याउन सक्यौ भने ती व्यवसायीहरुको गुनासो हाटेर जान्छ । यसबारेमा यसै बर्ष हामीले एउटा राम्रो प्रयास गरेका छौं । देशको आर्थिक बर्षको बजेट आउादा संघमा एउटा कार्यक्रम गर्‍यौं । विगतमा सय पचास मानिस भेला हुन्थ्यौ तर यसपटक धेरैको सहभागी रहेको थियो ।
खकृष्णकुमार अग्रवालको हाइलेवलमा अत्यन्तै राम्रो सम्बन्ध छ तर यहाा छैन भन्छन् किन होला ?
–त्यसो हैन । मेरो सबैसाग राम्रो सम्बन्ध छ । यो एउटा सुनियोजित हल्ला मात्र हो । मैले समाजसेवामा समेत त्यतिकै समय दिएको छु । विष्णुपादुका, चतरा, डााडाबजार, गछिया लगायतका दर्जनौ स्थानमा स्वास्थ्य सेवा सम्बन्धी न्यूनस्तरका मानिसलाई सेवा पुर्‍याउने काम गर्दै आएको छु । त्यो मेरो एउटा सामाजिक पाटो हो । म व्यवसायिक सेवा साथीहरुलाई पुर्‍याइरहेको छु । उहााहरुको कतिपय अप्ठेरोमा साथ दिन नसकेको हुाला ?
खकिन होला ?
–मेरो पहुाच ती साथीहरुसाग छ तर समेट्न सकिरहेका छैनौं ।
खकमजोरी कस्को ?
–कमजोरी हामी सबैको हो । कोही व्यवसायिक साथी अप्ठेरोमा परेको बेला उहााहरुको कुरा हामीसम्म नआएको पनि हुनसक्छ । उद्योग वाणिज्य संंघको केही नीति तथा कार्यक्रममा सुधार हुनुपर्नेमा भएको छैन । हाम्रा व्यवसायिक साथीहरुको घरदैलोमा सेवा पुर्‍याउन पुगेका छैनौं । यो समस्या हो ।
खयसका लागि तपाई निर्वाचित भएपछि कस्तो सोच बनाउनुभएको छ ?
–यसका लागि हामीले उद्योग वाणिज्य संघका कार्यक्रम बढी भन्दा बढी वस्तुगत संघहरुलाई सामेल गराउनुपर्छ । वस्तुगत संघ मार्फत हामीले गराउन सक्यौं भने धेरै साना व्यवसायी साथीहरुको गुनासो हाटाउन सक्छौं । यो मात्र हैन आगामी कार्यक्रम उद्योग वाणिज्य संघमा मात्र कार्यक्रम गर्ने हैन वस्तुगत संघका साथीहरुमार्फत घरदैलो सेवा पुर्‍याउनुपर्छ । यस सम्बन्धमा म के भन्छु भने आज म राजस्व परामर्श समितिको अध्यक्ष हुादा नेपालमा सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको हातामै उद्योग वाणिज्य संघको सेवा कार्यर्लय स्थापना गरेका छांै । त्यसमा हाम्रो उद्देश्य के हो भने ठूला व्यवसायी साथीहरुलाई उद्योग वाणिज्य संघको पनि सहयोग चाहिादैन । जो साना व्यवसायी हुनुहुन्छ, राजस्वका बारेमा बुझ्नु भएको छैन उनीहरुलाई सेवा दिन त्यो सेवा कार्यालय राखेका हौं । उहााहरु कुनै दलालको फन्दामा नपरुन, अनावश्यक पैसा दिन
नपरोस् । यस परिस्थितबाट सेवा दिन त्यो कार्यालय स्थापना गरिएको हो । यो मेरो पहलमा भएको हो । साना साना व्यवसायीसाग हाम्रो पहुाच पुर्‍याउनु नै भएको हो । यस्तै हामीले यसपटक आर्थिक बजेट आउादा वस्तुगत संघहरुमार्फत कार्यक्रम सञ्चालन गर्‍यौं । एउटा कार्यक्रम सञ्चालन गर्दा १ सय जना साथीहरु मुकिस्कले भेला हुनुहुन्थ्यो । तर आज ८ वटा वस्तुगत संघले हाम्रा कुरालाई मनन गरेर वस्तुगत संघ मार्फत कार्यक्रम गर्नुहुन्छ । आज १ सय जनाबाट बढेर ८ सय जना उपस्थित हुन्छन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिने नेतृत्वमा आएपछि मेरो सोच छ ।
खतपाई निर्वाचित भएपछि तपाइको नीति र कार्यक्रम के के हुने छ ?
–नीति तथा कार्यक्रममा मेरो पूर्ववत अध्यक्षहरुले विगतमा विधान संसोधन सम्बन्धी जुन झगडा थियो त्यसलाई निम्ट्याउनु भयो संघलाई नयाा गरिमा दिनुभयो । त्यसलाई निरन्तता प्रदान गर्नु मेरो पहिलो कर्तव्य हो । विधान संसोधन पछि एउटा अध्यक्षले ट्रान्सपेन्सी ल्याउनुभयो, खर्चमा कटौती गर्नुभयो, मितव्ययिता अपनाउनुभयो । पछिका साथीहरुले अधिराज्यभरि एउटा पहिचान बनाइदिनुभयो । उद्योग वाणिज्य महासंघमा पनि हाम्रो भूमिका महत्वपूर्ण हुन्छ भन्ने देखाइदिनुभयो । अहिलेका अध्यक्ष ज्युले धरानका संघ सस्थामा आफ्नो सबैभन्दा ठूलो प्रभाव देखाउनु भयो । विभिन्न राजनैतिक दलहरुमा आÏनो उपस्थिति देखाएर काम गराउन सक्ने, विश्वासमा लिएर आÏना कतिपय कार्यक्रम सम्पन्न गर्नुभएको छ । स्थानीय विकासका गतिविधिका स्थानीय प्रशासनबाट हुने निर्णयहरुमा उद्योग वाणिज्य संघको आवश्यकता महसुस गराउनुभएको छ त्यसले गर्दा म निर्वाचित भएपछि मेरो सबैभन्दा ठूलो कर्तव्य मेरो पूर्व अध्यक्षहरुले उद्योग वाणिज्य संघलाई जुन हाइटमा पुर्‍याउनु भएको छ, त्यसलाई निरन्तरता दिएर अझै अगाडि बढाउनुपर्ने आवश्यकता रहन्छ ।
खपुराना कार्यक्रमलाई निरन्तता दिने त भयो तर तपाईका कार्यक्रम के त ?
–हामीले स्टाटिक भएर काम गर्‍यौं भने हामी तल झरेको महसुस गर्छौं । आर्थिक विकासकै कुरामा तीन प्रतिशत विकास दर खस्केको मान्नुपर्छ । यसले हाम्रो आर्थिक स्थिति तल खस्केको देखाउाछ पुरानो कुरालाई मात्र निरन्तता दिने हो भने डाउनवार्डतिर जान्छौं । हामीले अब आवश्यक अनुसार धेरै काम गर्नुपर्ने हुन्छ । हाम्रो संविधान बन्यो त्यसपछि आर्थिक नीति सरकारले घोषणा गरेको छ । वाणिज्य नीति, मौद्रिक नीति छ ।
राजस्व नीति छ । यी सबै आर्थिक विकाससाग सम्बन्धित नीति हुन् । यी सबै राष्ट्रिय स्तरका नीति हुन् । तिनीहरुलाई सपोर्टिङ्ग गरेर अब हामीले स्थानीय स्तरमा पनि विकासका लागि नीति निर्धारण गरेर जानुपर्ने आवश्यकता मैले महसुस गरेको छु । । सानो उदाहरण धरानमा कृषिको खरिद विक्री केन्द्र छ । गत बर्षको उहााहरुको व्यालेन्ससिट हेर्दा २ सय २० करोड भन्दा बढीको कारोबार भएको देखिन्छ । यसपटक ३ सय करोड भन्दा बढी हुनसक्छ । यति ठूलो बजार छ । यसको बारेमा अब हामीले सोच्नुपर्छ । धरान उपमहानगरपालिकाले उद्योग वाणिज्य सघको कार्यक्रममा अगुवाई लियोस् । सबै राजनैतिक दलहरुले आर्थिक विकासको नाममा माथि उठेर सहयोग गर्नुपर्छ । हाम्रो बजार व्यवस्थापन राम्रो हुनुपर्छ । यसले हाम्रो पहाडका कृषक दाजुभाईहरुलाई आÏनो आम्दानीको सोत निश्चित गर्नका लागि मद्धत गर्छ । तपाईपनि साक्ष्ी हुनुहुन्छ, हामी पनि साक्षी छौं पानी परेको दिन, हड्ताल भएको दिन उनीहरुले अत्यन्तै न्यून मूल्यमा कृषि सामान बेच्नुपरेको थियो । तर आज त्यो परिस्थिति छैन । आज उनीहरुले कमसेकम राख्ने ठाउा पाएका छन् । पानी पर्‍यो, घर जान सकेनन् भने केही छैन । भोलि बाहिरिका व्यापारी आएर राम्रो मूल्यमा लैजान्छन् भन्ने कुरामा ढुक्क छन् । अब स्थानीय स्तरमा एउटा राम्रो नति बनाएर किन उचित व्यवस्थापन नगर्ने ? किन शित भण्डार बनाउनेतिर नलाग्ने ? उन्नत विऊ विजनको कार्यक्रम सञ्चालन किन नगर्ने ? मैले भन्न चाहेको नगरपालिकाले नीड रोल खेलोस्, हामी सहयोग गर्छौं । नगरपालिका पनि त्यही व्यवसायीको पैसाले चल्ने वातवरण भइरहेको छ । उसले हाम्रो व्यवसाय बढाउने कार्यक्रममा साथ दिनुपर्छ । राष्ट्रिय स्तरका नीतिको हामीले विरोध गर्नु हुादैन । तर
राष्ट्रिय स्तरका नीतिहरुलाई समाहित भएर हामीले स्थानीय स्तरमा पनि नीतिहरु बनाउनुपर्छ । जसले गर्दा हाम्रो व्यवसाय फस्टाउाछ, सुनसरी उद्योग वाणिज्य संघ व्यवसायीको संरक्षणमा मात्र सीमित हुनुहुदैन भन्ने मेरो मान्यता छ । किनकि अब हामीले हाम्रो क्षेत्रमा आर्थिक विकास कसरी गर्ने त्यसमा सोच्नैपर्छ । हाम्रो स्थानीय स्तरमै नीति बनाउनुपर्छ । हामीले हाम्रा उत्पादनलाई बाहिर लैजाने योजना बनाउनुपर्छ । कुन कुन गतिविधिले हाम्रो आर्थिक गतिविधिमा हिट गरेको छ । त्यसलाई पहिल्याएर त्यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । हामीले कुरा गर्दा धरानको व्यवसाय बढाउनुपर्छ भन्छौ । धरानको व्यवसायिक विकासमा कति ठूलो योगदान हुन सक्छ । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र १ सय ६० करोडको बजेट छ । जे मा खर्च गरेपनि ७५.८० प्रतिशत तलब भत्तामा खर्च भएको छ । हामीले हेर्नुपर्‍यो १४० करोड तलब बााडिरहेको छ । त्यहाा स्वास्थ्य सेवा लिन आउने १० औं हजार मानिसले खाने, बस्ने, खरिदारी गर्ने काम पनि भएको छ । यसले व्यवसायिक विकास भएको छ । हामीले व्यवसायिक विकास गर्न बीपी के.आइ.एच.एससाग सहकार्य गरेर कसरी यसको सेवामा विस्तार गर्न सक्छौं त्यो सोच बनाउनुपर्छ । आज हामीले धरानमा २० हजार मानिस आउने वातावरण बनाउ । २० हजार मानिस राति बसे भने होटल व्यवसायी संघसाग सहकार्य गरेर बस्ने व्यवस्था राम्रो बनाउन सक्छौं । आज धरानमा भाटभाटेनी आएको छ,
बराह डिपार्टमेन्टल स्टोर छ, गोरखा डिपाटर्टमेन्टल स्टोर खुल्दै छ । उनीहरुलाई के समस्या छ के सहयोग पुर्‍याउनुपर्छ । मैले स्थानीय नीति बनाउनुपर्छ भनेकै यस्तै हो । हामीले शिक्षा क्षेत्रलाई उद्योगी व्यवसायी क्षेत्रभन्दा साइड लगाएर राखेका छौं । राम्रो उनीहरुसाग ठूलो सहकार्य छैन । एउटा आउाछ फङ्गसन गर्दा उहााहरु पनि एनजिओ हो हामी पनि एनजिओ हो कार्यक्रम चलाउ भन्छन् । शिक्षा क्षेत्रले गर्दा धरानको व्यवसाय कति बढेको छ ? आज धरानमा ३० हजार विद्यार्थी छन् । ३० हजार विद्यार्थीले ६० हजार जोर लुगा कपडा सिलाउाछन् ६० हजार जोर जुत्ता किन्छन्, ६० हजार जोर मोजा किन्छन् । स्कुल व्याग किन्छन्, कमसेकम ५ हजार रुपैयााको एक सेटको किताब किन्छन् । हाम्रा कपडा व्यवसायीले त्यसबाट १० करोडको माल बेचिरहेका छन्, किताव व्यवसायीहरुले बेचिरहेका छन्, विद्यार्थीका बुबा आमा आउादा होटलमा बस्छन् । अब यो व्यवसायलाई कसरी विकास गर्न ? एन प्याब्सन, प्याब्सनसाग मिलेर सामुदायिक विद्यालयमा पढ्ने गरिब जेहेन्दार विद्यार्थीको लागि व्यााब्सनले ५ वटा विद्यालयलाई संरक्षण गर्नुपर्‍यो भन्नुपर्‍यो । एन प्याब्सनले पनि त्यसै गरिदिनु पर्‍यो । पैसा तिर्न नसक्ने विद्यार्थीले पनि स्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्छ । उनीहरुले टेक्निकल सपोर्ट गर्नुपर्‍यो । ५ वटा प्राइभेट बोर्डिङ्ग स्कुल मिलेर एउटा सामुदायिक विद्यालयलाई एडप्ट गर्‍यो भने त्यो राम्रो हुन्छ । अर्को तर्फ हाम्रो पूर्वाञ्चलको पहाडबाट धेरै विद्यार्थीहरु काठमाण्डौ प्ढ्न जान्छन् । धरानको शिक्षाको स्तर अत्यन्तै राम्रो छ । किन हामीले प्याब्सन, एन प्याब्सनसाग मिलेर पहाडमा प्रदर्शनी नगर्ने ? उद्योग वाणिज्य संघले त्यहााको उद्योग वाणिज्य संघसाग मिलेर कार्यक्रम राख्नुपर्छ यसले धेरै काठमाण्डौ जाने विद्यार्थी रोकिन्छन् । आज पूर्वाञ्चलका पहाडबाट ३ लाख विद्यार्थी काठमाण्डौमा पढ्दै छन् । ५० हजार
हजारलाई मात्र पनि हामीले धरानको शैक्षिक वातावरणका सम्बन्धमा बुझाउन सक्यौ भने ठूलो उपलब्धी हुने थियो । यसो गर्न सक्यौ भने धरानको होटल व्यवसायी, कपडा पसल, किताब स्टेशनरी व्यवसाय
फस्टाउाछ । त्यसैले अब हामीले आफ्नो सोच्ने तरिकालाई बदल्नु पर्छ । आगामी दिनमा मेरा नीति र कार्यक्रम यिनै कुरामा केन्द्रित रहने छ ।
खतपाई २०४८ सालदेखि उद्योग वाणिज्य संघमा कुनै न कुनै रुपमा नेतृत्व तहमा नभए पनि कार्यसमितिमा हुनुहुन्छ । यति राम्रो भिजनलाई किन अगडि बढाउन सक्नुभएन ?
–हामीले शुरुवात गरेका छौं । अब यो समय आएको छ । देशमा आर्थिक विकास गर्नुपर्न जागरुकता आएको छ । राजनीतिक दलहरुलाई उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको प्रस्तावमा ऐक्यवद्धता जनाउने कोशिश गराउनु भएको थियो । पछि त्यहसमा निरन्ता दिन सकेनन् । आज राजनैतिक दलहरुले व्यवसायीको भाषा बोल्न थालेका छन् । अब हुरु गर्नुपर्‍यो । मेरो सोच यही छ । स्थानीय स्तरमा उटा नीति
निर्धारण गरेर अगाडि बढाउछु म निर्वाचित भएपछि । जुन चिजले हाम्रो उद्योग व्यवसायलाई हिट गरेको छ त्यसैलाई टार्गेट बनाएर हिड्नुपर्छ । नगरपालिकाले उद्योगी व्यवसायीसाग २० औ करोड उठाइरहेको छ भने उसले हाम्रो आर्थिक विकासका लागि खर्च गर्नु नै पर्छ । मेरो मान्यता हो, यसमा म अवस्य पहल गर्छु । जिल्ला विकास समितिले पहाडबाट एउटा खसी बेच्न आएकासाग पनि कर लिएको छ । उसले यहाा आद्योगिक विकास, आर्थिक उन्नतिका लागि सहकार्य गर्ने कि नगर्ने ? अब यो
कुरा उठाउनुपर्ने भएको छ ।
खअहिलेसम्म के काम भयो त ?
–जिविसले एक महिना अगाडि पानमारा जाने वाटोको पुलको शिलान्यास गर्‍यो । यसलाई हामीले नेगेटिभ लिनु हुादैन । हामी विराटनगरबाट आउादा सेउती पुल बर्षामा बगेर पो गयो कि भनेर डर मान्नु पथ्र्यो । आज त्यो डर हाटेको छ । हामी निर्धक्क भएर हिाड्छौं । त्यो सेवा जिविसले नै पुर्‍याएको हो नि । नगरपालिकाले यहाा बत्तीको राम्रो व्यवस्थापन गरेको छ, सफाई राम्रो गरेको छ । यसले मनिसलाई धरानमा बस्ने वातावरण बनाएको हो । यसलाई थप विस्तार गर्दै नगदीकरण कसरी गर्न सकिन्छ त्यसतर्फ सोच्नुपर्छ । अब त्यो पुल बन्दैछ त्यसमा प्रमुख जिल्ला अधिकारीले ध्यान दिनुपर्छ । समयमै पूरा हुनुपर्छ । सेउती खोलाको पल बन्दा ५ बर्ष लाग्यो त्यो अब नदोहोरियोस् । इच्छा शक्ति भयो भने हामी गर्न सक्दनैनौ भन्ने छैन । तीन बर्षमा हामीले कोशीमा पुल बनाउन सक्छौ भने सेउतीको पुल ५ बर्षमा बन्नुपर्ने कुनै कारण छैन । सरकारी निकायको कमजोरी औाल्याएर त्यसमा सुधार गर्नुपर्छ । एक समय
पानमाराबाट गोरु गाढाबाट गहुा, तोरी, सब्जी आउथ्यो, मकै आउाथ्यो । आज गहुा, मकै एक बोरा पनि आएको छैन खाली दूध सब्जी आउाछ त्यो पनि सानो व्यवसायिक स्तरमा । यो पुल बनेपछि पानमारा जस्तो ठाउामा पनि सुधार हुन्छ । यति ठूलो कृषि बजार छ कृषकसाग सहकार्य गर्न सकिन्छ ।
खएउटा समूह यस्तो छ धरानमा जसले उद्योगी व्यवसायीलाई तर्साएर राजस्वमा विचौलियाको भूमिका खेलेर रकम
असुलिरहेको छ । सुनसरी उद्योग वाणिज्य संघले त्यसमा के गरिरहेको छ ?
–हामीसाग राजस्व परामर्श समिति छ त्यस्ता व्यवसायी साथीहरुले आफ्नो व्यापार गर्दा केही अप्ठेरो पर्‍यो भने आउनु पर्‍यो । अधिकांश साथीहरु व्यवसायी गोप्यताका कारण आउनै चाहनु हुन्न । उद्योग वाणिज्य संघकामा काम गर्ने साथीहरुसाग गोप्यता भंग हुन्छ भनेर विश्वास नगर्ने एउटा सास्कार छ । बर्षेनी हामी शिक्षामुलक कार्यक्रमहरु, राजस्व सम्बन्धी चारपााच वटा सञ्चालन गर्छौ । व्यापारी साथीहलाई समस्या परेको छ भने हामी तुरुन्त उहााहरुलाई लिएर आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय जहाा पनि हामी पहल गछौं । हाम्रो राजस्व परामर्श समितिले कतिपय साथीहरुको एप्लीकेशन ड्राÏट समेत गरेर पठाइदिएका छौं । हाम्रै फेवरमा फैसला समेत गराएका छौं । कहिल्यै पनि साथीहरु डराउनु हुादैन । राजस्व अनुसन्धान आन्तरिक राजस्व कार्यालयको कलम बन्द हुन्छ त्यसबेला हामीले आÏनो कमल चलाउनु पर्छ । उनीहरुको अन्तिम फैसला हैन । हाम्रो
राजस्व न्यायाधिकरण छ, महानिर्देशक, पुनरावोलकन छ, सर्वोच्च अदालत छ । हाम्रा न्याययिक निकायहरु अहिले धेरै
छन् । यिनलाई पनि हेर्ने अख्तियार छ । खाली व्यापारीको चुहावट मात्र हेर्ने होइन । व्यापारीको नाममा राजस्वका कर्मचारीको पनि चुहावटमा सहभागी छन् भने उनीहरुमाथि कारबाही हुनुपर्छ । यसका लागि सवैभन्दा उपयुक्त थलो उद्योग वाणिज्य संघ नै हो । त्यसैले म साथीहरुलाई आग्रह गर्छु संघमा जिम्मेवारी पदाधिकारी आउदा उनीहरुलाई आफ्नो सामाजिक दायित्व पनि थाहा हुन्छ । त्यसैले निर्धिक्क भएर समस्या संघमा आउनु पर्‍यो । हामीले काुननको उपयोग गरेर काम गरौ, कानुनको वर्खिलाप गरेर काम नगरौ । म आएा भने मैले धेरै उद्योगी व्यवसायीहरुको समस्या देखेको छु । त्यसलाई समाधन गर्न म
हरपल तयार रहन्छु ।
खनिर्वाचन आउन अब केही दिन बााकी छ तपाई आम मतदाता साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
–मसाग उठेका साथी पनि व्यापारी हुन्, सक्षम व्यापारी हुन्, सुद्ध व्यापारी हुन्, सफल व्यापारी हुन् । मैले उहााहरुको व्यवसाय माथि शंका गर्ने ठाउा हुादैन । त्यसैले उद्योग वाणिज्य संघमा काम अध्यक्षले मात्र गर्ने होइन । एउटा टिम हुन्छ । २२ जनाको टिम छ । त्यसैले संयुक्त निर्णय गरेर काम गर्छ । हाम्रा पूर्व अध्यक्षहरुले हामीलइ डोहोर्‍याउनु हुन्छ, सल्लाकार हुनुहुन्छ । त्यसैले कुनै व्यवसायीसाग अध्यक्ष होस् वा कार्यसमितिका सदस्यको पहुाच सरल हुन्छ । यस्तो वातावरणमा म कुनै साथीहरुको योग्यताको कमेन्ट गर्दिना । मतदात गर्दा एउटा कुरा हेरौ अहिलेसम्म उद्योग वाणिज्य संघलाई कति निरन्तरता दिन चाहनुहुन्छ । त्यसलाई कति अगाडि बढाउन चाहनुहुन्छ ? धरानको आर्थिक विकासमा मैरो योदानको कुनै महसुस गर्नुहुन्छ कि ? मैले केही काम गर्न सक्छु कि, मैले केही थप सेवा पुर्‍याउन सक्छु कि यो सोचेर मदात गरिदिनु होला । मेरो यहााहरुलाई यही आग्रह छ ।

तपाईको प्रतिक्रिया