भूकम्पपीडित नेपाली बालबालिका बेलायतमा बेचिए’ नेपाली बालबालिका तस्करीबारे बेलायतले अनुसन्धान सुरु गर्ने

नेपालका भूकम्पपीडित बालबालिका बेलायतमा घरेलु कामदारका रुपमा बिक्री हुने गरेको बेलायती पत्रिका द सनले बताएको छ । पत्रिकाका अन्डरकभर
रिपोर्टरले गोप्य रुपमा गरेको खोजअनुसार भारतीय मानव तस्करले नेपाली बालबालिकालाई सस्तोमा किनेर बेलायती धनाढ्य परिवारलाई बेच्ने
गरेका छन् ।
मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला बालबालिकालाई जनही ५ हजार २५० पाउण्डमा बेचेर उनीहरुलाई यहाा दास बन्न वाध्य बनाएका हुन् । भारतीय मानव तस्कर मख्खन सिंहले बालबालिकालाई लाइनमा राखेर रोजी रोजी किन्न अफर गरिरहेका बेला सनका पत्रकारले उनीसाग ग्राहक बनेर रेकर्ड गरेका थिए ।
सुटुक्क श्रव्य दृश्य खिचिएको चाल नपाएका ती
तस्करले गर्वका साथ धेरै बालबालिका बेलायत पठाएको बताएका थिए ।
यसैबीच बेलायती गृहमन्त्री टेरिसा मेले भूकम्प पीडित नेपाली बालबालिका घरेलु कामदारका रुपमा बेलायतमा बेचिने गरेको समाचारप्रति आफु गम्भीर भएको बताउादै त्यहााको प्रहरीलाई अनुसन्धान सुरु गर्न आदेश दिएकी छिन् ।
बेलायतबाट प्रकाशित हुने ‘सन’ पत्रिकामा प्रकाशित समाचार अनुसार भारतको पंजाव राज्यमा त्यहााका अपराधिक समूहहरुले भूकम्पपीडित नेपाली तथा असहाय भारतीय बालबालिकालाई समेत ५३०० पाउण्डमा सम्पन्न बेलायती परिवारलाई बेच्ने गरेको पाइएको छ ।
गार्डीयन पत्रिकाका अनुसार बेलायती मन्त्रीले बालबालिका बेचविखनलाई ‘अत्यन्त घृणित अपराध’ भन्दै त्यहााको ‘नेसनल क्राइम एजेन्सी’लाई अनुसन्धान गर्न आदेश दिएको छ ।
यस्तो तस्करीबाट नाफा कमाउने अपराधीहरुलाई दण्डित गर्नका निम्ति ‘सन’ पत्रिकाले उसाग भएका बााकी सुचना र तथ्यहरु
प्रहरीलाई प्रदान गर्नुपर्ने बताइन् ।
‘संसारमा कतै पनि र कुनै पनि बच्चालाई उसको घरबाट अलग्याउनु हुादैन र दास बनाएर काम गर्न बाध्य पार्नुहुादैन,’ उनले भनिन,‘यसैकारण हामीले गत वर्ष ऐतिहासिक ‘मोडर्न स्लेभरी एक्ट’ सुरू गर्‍यौंं जसले बच्चाहरुको अझ बढी रक्षा गर्छ र
अपराधमा संग्लन व्यक्तिहरुलाई जन्म कैद सम्मको सजाय दिन्छ ।’
सोमबार सन पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार असहाय बालबालिकालाई बेलायतका धनि परिवारहरुका निम्ति बेतलवी काम गर्नका निम्ति बेचिन्छ ।
सन पत्रिकाका छद्मधारी
पत्रकारलाई एक मखन सिंह नाम
गरेको तस्करले धेरै बालबालिका मध्ये एक छानेर किन्न प्रस्ताव उल्लेख छ ।
उसले पत्रकारलाई प्राय जसो बेलायतमा बेचिने बालबालिका नेपाली हुने गरेको बताएको थियो ।
‘नेपालीलाई बेलायत लैजाउ उनीहरु असल हुन्छन, सबै घरेलु काम राम्ररी गर्छन्, राम्रा भान्से बन्छन् । तपाईंलाई कसैले केही गर्दैन,’ पत्रिकाले सिंहलाई उदृत गर्दै भनेको थियो ।

तपाईको प्रतिक्रिया