व्यवसायी सुनिल अग्रवालको दु:खद् निधन

इटहरी/धरान साप्ताहिकका सल्लाहकार, इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष, विभिन्न समाजिक संघ संस्थामा आवद्ध एवम् इटहरीस्थित प्रतिक ट्ेरड सेन्टर (कृष्ण हार्डवेयर) का प्रोपाइटर सुनिल अग्रवालको सोमबार दु:खद् निधन भएको छ ।
पूर्वाञ्चलमै एक प्रतिष्ठित व्यवसायीका रुपमा परिचित अग्रवाल सञ्चारकर्मीसमेत हुनुहुन्थ्यो । अग्रवाल इटहरीमा सञ्चालित नमस्ते एफएम सञ्चालक समितिका अध्यक्ष, नेपाल अग्रवाल सभाका केन्द्रीय सदस्य,
मारवाडी सेवा समिति इटहरीका निवर्तमान अध्यक्ष, पूर्वी पृतना मुख्यालको हातामा रहेको सर्पदंश उपचार केन्द्रको सञ्चालक समितिको उपाध्यक्ष, बुढीगंगा जमुना घाट निर्माण समितिका उपाध्यक्ष, नेपाली कााग्रेसका सक्रिय कार्यकर्ता, असहाय बाल अनाथाश्रमका सहयोगी, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य रहनु भएको थियो ।
इटहरीका व्यवसायी एवम् समाजसेवी इश्वर भट्टराईका अनुसार सुनिल अग्रवाल इटहरीका लागि एउटा गहनाकै रुपमा रहेका थिए । कसैलाई अपशब्द भनेको सुनिएको थिएन ।
मारवाडी परिवारमा एउटा हिम्मतिलो व्यक्तिका रुपमा उनलाई सबैले चिन्थे । इटहरी उद्योग वाणिज्य संघको भवन उहााकै आाटका कारण निर्माण भएको हो । सबैलाई आाट र भरोसा दिने व्यक्ति हामीले आज गुमाएका छौं, यो
इटहरीबासीका लागि अपुरणीय क्षति हो ।
पारिवारक सोतले दिएको जानकारी अनुसार केही समयदेखि उहाा अस्वस्थ हुनुहुन्थ्यो । आÏनो व्यवसायिक प्रतिष्ठानमा पनि उहाा कमै जानुहुन्थ्यो । सार्थीभाइहरुसाग पनि आफूलाई सञ्चो नभएकोले घरैमा बसेको टेलिफोन सम्पर्कमा बताउने गर्नुहुन्थ्यो । तर अचानक विहान उहाा सलको पासो लगाई भौतिक संसारबाट टाढा पुग्नुभयो । उहााको निधनको खबरले पूर्वाञ्चलका उद्योगी व्यवसायी, सामाजिक संघ संंस्थाका कार्यकर्ता स्तब्ध भएका थिए । गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ पहिला त मैले सुनिलको निधनको खबरप्रति विश्वासै गर्न सकिना । तर विश्वास नगरेको त्यही कुरा वास्तविकता र यथार्थ भएर आयो । ऊ मेरो परिवारभित्रको मानिस थियो दशैको टीका र तिहारको भाइटिका समेत मेरै घरमा लगाउाथ्यो । त्यस्तो हिम्मतिलो मानिसले आत्महत्या गर्‍यो भन्ने कुराको अझ पनि आफू विश्वास गर्न सकिरहेको छुइान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम गरेर अग्रवालको शव इटहरीस्थित घरमा पुर्‍याउादा उहाालाई अन्तिम श्रद्धाञ्जली दिन हजारौ मानिस जम्मा भएका थिए । घरबाट दाहसंस्कार स्थलसम्म हजरौ मानिसको सहभागिताले झण्डै एक घण्टा इटहरीको ट्राफिक जाम भएको थियो । बूढीगंगा जमुना घाटमा उहाालाई अन्तिम श्रद्धाञ्जली पश्चात नेपाली कााग्रेस क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठले पार्टीको झण्डा ओढाउनुभएको थियो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष रोहित प्रसाईले गहभरी आाशु झार्दै भन्नुभयो हामीले एउटा असल र होनेहार मित्र गुमाएका छौं । इटहरीबासीका लागि नै यो एउटा अपुरणीय क्षति हो । हरेक कार्यमा अग्रसर हुने स्व. सुनिल अग्रवाल इटहरीबासीका लागि प्रेरणाका स्रोत नै थिए । विराटनगरका उद्योगी एवम् व्यवसायी ताराचन्द खेतानले भन्नुभयो मलामीमा धरान, विराटनगर, विर्तामोड, कााकडभिट्टा, इनरुवा लगायतका स्थानका हजारौ मानिसको सहभागिताले नै सुनिल एउटा असल र कर्मठ व्यक्ति भएको पुष्टि गर्छ ।
वि.स. २०३० सालमा धरानमा
रामनिवास अग्रवाल र माता द्रौपति देवीका कान्छा छोराका रुपमा जन्मिनु भएका सुनिल अग्रवालले झण्डै तीन दशकदेखि इटहरीलाई कर्मथलो बनाउनुभएको थियो । उहााका एक दाजु नरेन्द्र अग्रवाल, एक श्रीमति, एक छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया