धरान/भदौ १ गते विराटनगरको जुटमिलबाट शुरु भएको बीपी विचार यात्रा सोमाबार धरान, भेडेटार हुादै धनकुटा पुगेको छ ।
नेपाली कााग्रसका उपसभापति
रामचन्द्र पौड्याल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलाले सुंयक्त रुपमा विराटनगरमा यात्राको शुभारम्भ गरेका थिए । बीपीको जन्म शताब्दीको अवसर पारेर आरम्भ गरिएको विचार यात्राका क्रममा बीपीले प्रारम्भिक शिक्षा लिएको आदर्श माविको प्रांगरणमा वृक्षरोपण गरिएको र पक्राउ गरी २००३ सालमा अड्डासार गर्ने क्रममा हिाडाउदै लगिएको विभिन्न जिल्लामा कार्यक्रम गरिने बताइएको छ ।
विचार यात्राको दोस्रो दिन धरान आइपुगेका उपसभापति रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका नेताहरुलाई क्षेत्र र नगरका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । नेपाली कााग्रेस क्षेत्रीय कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा नेताहरु भानुचौकदेखि छाताचौकसम्म पैदलै हिाडेका थिए भने त्यसपछि फुस्रेसम्म साना सवारी साधनमा पुगेका थिए । त्यसपछि बीपीलाई हिाडाएर लगिएको ओशो ध्यान केन्द्रसम्म उनीहरु पुगेका थिए । ओसो ध्यान केन्द्र परिषरबाहिर बीपी पार्क बनाइने नेपाली कााग्रेस क्षेत्रीय समिति र स्थानीय युुवाहरुले प्रतिबद्धता जनाइसकेका छन् ।
पार्क शिलान्यास भन्दा अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौड्यालले भन्नुभयो बी.पी. पदयात्रा मार्गलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नेपाली कााग्रेसको सोच रहेको छ । यसलाई हामी पर्यटक मार्ग घोषणा गछौं । यहाा पार्क निर्माण भएपछि पूर्वाञ्चलका मात्र हैन अन्यत्रका मानिस समेत आउने हुनाले यसलाई गुरु योजना बनाएरै निर्माण गर्नुपर्छ पौड्यालको कथन थियो । उहाले भन्नुभयो– वीपी आदर्शवान व्यक्ति हुुनुहुन्थ्यो । नेपाली कााग्रेसका सबै नेता र कार्यकर्ताले उहााको विचारलाई अनुसरण गर्न सके भनेमात्र नेपाली कााग्रेस एउटा आदर्श पार्टीको रुपमा रहने छ । उहााले ठोकुवा गर्नभयो बीपीको सिद्धान्त, मूल्य, मान्यता अनुसार कााग्रेस अगाडि बढ्छ । नेपाली कााग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बीपीले हिाडेको बाटोमा पार्क निमाण हुनु खुशीको कुरा भएको बताउनुभयो ।
नव युवक क्लब र नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ को संयुक्त प्रयासमा निमाण हुने वीपी पार्क शिल्यान्याको उक्त औपचारिक कार्यक्रम क्षेत्रीय कार्यवाहक सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य क्लबका अध्यक्ष महेन्द्र प्रधान र सञ्चालन क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्गले गर्नुभएको थियो । यहाा स्मरणीय कुरा के छ भने वीपी विचार यात्रामा सहभागी अगामी भदौ २४ गते सुन्दरी जल जेल पुग्ने र वृहत कार्यक्रम पश्चात सो को समापन हुने बताइएको छ ।
देवाको अशोभनीय व्यवहार
धरान/विराटनगरको जुटमिलबाट प्रारम्भ भएको तीनसाता लामो ‘बीपी विचार यात्रा’का क्रममा दोस्रो दिन धरान आइपुगेका नेपाली कााग्रेसका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यहााका कार्यकर्ताबीचमा अशोभनीय व्यवहार देखाएका छन् ।
पार्टी उपसभापति रामचन्द्र पौड्यालसागै धरान आउनु भएका देउवा लगायतका नेताहरुलाई कार्यकर्ताले स्वागत गर्दै माला लगाउन खोज्दा देउवा झर्कोफर्को गर्दै तर्किएका थिए । तत्कालीन अवस्थामा राणाका सिपाहीहरुले धरानको फुस्रेमा एकरात बीपीलाई राखेका थिए । सोही समयमा काठको रहेको उक्त घर आज इाटाको बनेको छ । कााग्रेसका पुराना कार्यकर्ताले बीपीलाई राखेको यही स्थान हो भन्नसाथ रामचन्द्र पौड्याल घरभित्र छिरेका थिए । उनले घरधनीलाई तपाईहरु भाग्यमानी हुनुहुादो रहेछ । यो ठाउा कााग्रेसको लागि तीर्थ नै भएको प्रतिक्रिया दिएका थिए ।
कार्यकर्ताले देउवालाई समेत भित्र गएर हेर्न आग्रह गर्दा उनले देखिहालियो नि किन भित्र गएर हेर्नु भन्दै झर्किएका थिए । त्यसपछि फुस्रेस्थित ओसो केन्द्र परिषरमा निमाण हुने बीपी पार्कको शिल्यान्यास
समरोहमा समेत देउवाले अशोभनीय व्यवहार देखाए । प्रमुख अथितिको रुपमा रहेका देउवाले के मन्तव्य राखे कसैले बुझेनन् । उनले एक मिनेट भन्दा ज्यादा बोलेनन् । परिषरमा दुईवटा विरुवा रोप्दा पनि उनी झर्कोफर्को गर्दै थिए, कार्यक्रम समापन अगावै उनी उठेर हिाडेका थिए । शिलान्यासमा समेत उनले इाटामाथिबाटै तल झारेका थिए भने पटक पटक उपसभापति रामचन्द्र पौड्याललाई Ïलाइट ढिलो हुन्छ छिटो जाउा भन्दै छटपट गर्दै थिए ।
