म्यानेजमेन्टका लागि पूर्वाञ्चलमै पहिलो नवोदय उच्च मावि. युएन कलेजको पाँचौ बार्षिकोत्सव

धरान/आजभन्दा पााचबर्ष अगाडि धरानका चर्चित प्राध्यापक एवम् बौद्धिक व्यक्तित्वहरुको संयुक्त लगानीमा सञ्चालित नवोदय उच्च मावि र युएन कलेजको पााचौ बार्षिकोत्सव ,
पुरस्कार वितरण, स्वागत तथा विदाई र सम्मान कार्यक्रम सोमबार भव्यताका साथ सम्पन्न भएको छ ।
म्यानेजमेन्टका लागि पूर्वाञ्चलमै चर्चित नवोदय उच्च मावि र युएन कलेजले पुराना विद्यार्थीको वधाई, नयाा विद्यार्थीको स्वागत, पुरस्कार वितरण, सम्मान स्थानीय धरानसभा गृहमा एक साथ सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहनु भएका त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालयका सह परिक्षा नियन्त्रक डा. उद्धव पोख्रेलले आफूले आफ्नो जीवनलाई कसरी म्यानेजमेन्ट तथा व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । म्यानेजमेन्ट अत्यन्तै गाह्रो विषय हो । म्यानेमेन्ट अध्ययन गर्नेहरुमाथि साइन्स, आर्टस तथा अन्य कुनैपनि विषय अध्ययन गर्नेहरुको आाखा रहेको छ । आफूहरुको व्यवस्थापनमा पनि म्यानेजमेन्ट पढ्नेले केही गरिदियोस् भन्ने उहााहरुको आशा
रहेको हुन्छ । म्यानेजमेन्ट पढेपछि म्यानेज गर्न जान्नुपर्छ नत्र यो विषय पढ्दै नपढ्नु उहााको सुझाव थियो ।
यसैगरी काठमाण्डौबाट आउनु भएका कान्तिपुर इन्टरनेशनल कलेजका निर्देशक प्रताप जोशीले होटल म्यानेजेन्टका लागि युएन कलेज धरान पूर्वाञ्चलमा मात्र नभएर काठमाण्डौमा समेत चर्चित रहेको बताउनुभयो । उहााले भन्नुभयो, नवोदय उच्च माविका प्राचार्य निरकुमार राई, युएन कलेजका प्रमुख डम्बर तुम्बाम्फो, कलेजका अध्यक्ष ज्ञानेश्वर झा लगायत सबैको अथक परिश्रमबाट कलेज आजको अवस्थामा आइपुगेको हो । उहााले
धरानबाट म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्न कान्तिपुर इन्टरनेशनल कलेजमा आउने विद्यार्थीका लागि पााच लाखको छात्रवृत्तिको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्कीलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्कीका सम्बन्धमा राजनीति, पत्रपत्रिकाको सम्पादन लगायतका सम्पूर्ण विवरण तीर्थ कार्कीले प्रस्तुत गर्नुभएको थियो । त्यसभन्दा अगाडि म्यानेजमेन्टमा पूर्वाञ्चल प्रथम भएका आकाश तामाङ्ग, सजना राई र उत्सव ढकाललाई कलेजले पुरस्कृत गरेको थियो ।
कलेजका अध्यक्ष प्रा. ज्ञानेश्वर झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा टोकन अफ एप्रिसिएसन केलिना खत्री, अनिशा लिम्बु र अन्जना लिम्बुलाई प्रदान गरिएको थियो । बीचबीचमा एकल तथा सामुहिक नृत्य प्रतियोगिता प्रस्तुतिले कार्यक्रम थप आकर्षक बनाएको थियो । धरान वहुभाषिक, वहुसाास्कृतिक र वहुधार्मिक समुदायको बसोबास भएको यथार्थलाई उजागर गर्न आयोजकले मल्टि कल्चर फेशन सो समेत गरेका थिए । कलेजका छात्र–छात्राहरुद्वारा प्रस्तुत गरिएको मल्टी कल्चरल फेसशनको कोरियाग्राफी अन्जना लिम्बुले गर्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा विविध विधामा संलग्न उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने सञ्चालन युएन कलेजका प्रोपाइटर सुमन बास्कोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया