शशांक कोइराला यतिबेला बिपी पुत्र, आाखा चिकित्सकभन्दा पनि नेपाली कांग्रेसका नवनिर्वा्चित महामन्त्रीका रूपमा नेपाली राजनीतिक क्षेत्रमा चिनिएका छन्। दाजु प्रकाशलाई राजनीति नफापेको विगत चटक्क भुलेर यही क्षेत्रमा होमिएका शंशाक दुई ज्वाइा–ससुरा प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै यो शक्तिशाली पद हासिल पार्न सफल भएका हुन्। महाधिवेशनकै सेरोफेरोमा गणतन्त्र र धर्म निरपेक्षताबारे पुनर्विचार हुनुपर्छ भन्ने धारणा अघि सारेर थप चर्चित बनेका यिनै शशांकका खासगरी राजनीति सुधार्ने मेलोमेसो कत्तिको छ त? के सोच्दैछन् उनी? मुलुकका समस्या र समाधानका उपाय के देखेका छन्? जस्ता विषयमा गरेको कुराकानी
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट महामन्त्री चुनिनुभयो, अब कसरी अघि बढ्नुहुन्छ ?
राष्ट्र र पार्टीसामु अहिले ठूलो चुनौती छ। झन्डै ७० वर्षको इतिहास बोकेको कांग्रेसले विपक्षमा बस्दा होस् वा प्रवासमा, राजनीतिक नेतृत्व लिादै आएको हो। भविष्यमा पनि कांग्रेसले नै गर्नुपर्छ ।
सत्तरी वर्षको इतिहास हेर्दा प्रमुख चुनौती भनेको राजनीतिक स्थिरता हो। अहिले जुन संविधान आयो त्यसमा उपलब्धि धेरै छन्। यसलाई झनै मजबुत बनाउनुपर्ने छ । धेरै पहिले बिपीले विकेन्ऽीकरण भन्नुभएको थियो। त्यो संघीयताको स्वरूपमा आएको छ। संघीयता वास्तविकरूपमा कार्यान्वयन गर्ने हो भने यसका लागि पनि समय लाग्छ। सर्वसाधारणले समेत यसको बारेमा बुझ्न सक्ने हुनुपर्छ ।
२०४७ सालमा एक वृद्धलाई ’घर कहाा हो भनेर सोध्दा’ उनले पूर्व एक नम्बर भनेका थिए । जुन २०१५ सालअघिको कुरा थियो । तर अहिलेको समाज सूचित समाज हो त्यसैले संघीयता ग्रहण गर्न त्यति समय नलाग्ला ।
तत्कालको चुनौती भनेको मधेसको समस्या हो । सीमांकनबारे ठूलो समस्या छ। अर्कोतर्फ पार्टी्भित्रै नवीकरण गर्नुपर्ने आवश्यकता छ । नवीकरण कुन रूपमा भने विकेन्ऽीकरणको नीति ग्रहण गरेपछि पार्टीलाई पनि संघीयताको स्वरूपमा लैजानुपर्छ। बिपी भन्ने गरेको राष्ट्रियता त्यही राजनीतिक स्थिरता नै हो । राष्ट्रियता कहिले पनि जोखिममा पर्नुहुादैन तर
भूराजनीतिमा यो जहिले पनि जोखिम पर्न सक्ने अवस्थामा हुन्छ । ठूलो ठूलो देशको बीचमा हामी छौं । बिपीले अन्तर्रािष्ट्रय नीतिभन्दा समदुरीको कुरा गर्नुभयो । जहाासम्म हाम्रो सामाजिक, पारिवारिक, सांस्कृतिक सम्बन्ध छ, त्यसमा निकट भारत हो। तर अन्तर्रा्ष्टि्रय जगतमा चीन र भारतसाग समदूरीको सम्बन्ध नै हो । यी सबै कुराले गर्दा हाम्रो उद्देश्य भनेको राजनीतिक स्थिरता ल्याउने हुनुपर्छ ।
विषय धेरै छन । कुन विषय तपाईाले कुन समय कुन पृष्ठभूमिका साथ अघि ल्याउनुहुन्छ ?
यसको निर्धारण पार्टीको नेतृत्व र नीतिले निर्धारण गर्छ । यस्तो पनि नहोस् कि त्यो विचार वा विषय ल्याउादा
राजनीतिक स्थायित्व र लोकतन्त्रमा पकड हुने कुरालाई पनि ल्याउनुपर्छ। कुनै विषय ल्याउादा राष्ट्र नै संकटमा आउाछ भने त्यस्ता विषयलाई पछि ल्याउनुपछर् । अहिले विद्यमान समस्या भनेको मधेसीको हो । सबैलाई समावेश गरेर अघि बढ्नुपर्छ । सीमांकन आजैको मितिमा छिनोफानो नहोला तर कुन मिति र ठाउामा गएर मिल्न सक्छौं त्यो भने हेर्नुपर्ने हुन्छ ।
नेपाली कांग्रेस भनेको अरु पार्टीको अस्तित्वलाई पनि जोगाइदिने दल हो। हामी बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छौं, कसैलाई समाप्तै पार्ने गरी जाादैनौं। अर्कोतर्फ हरेक नेपाली पञ्च, हरेक पञ्च नेपाली भन्ने विचार पनि लिएका छैनौं। जस्तो कि सबै नेपाली कांग्रेस नै हुनुपर्योा भन्ने। बिपी भन्नुहुन्थ्यो– एउटा विचारलाई हामी थेसिस भन्थ्यौ । त्यसको ठीक विपरित विचारलाई हामी एन्टी थेसिस भन्छौं । थेसिस र एन्टी थेसिसको बीचबाट सिन्थेसिस हुन्छ । अहिले हामीले लिएको विचार बिपीकै विचार हो । अहिले त्यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता छैन। समाजवादी, राष्ट्रियताको विचार होस । त्यही नै छ तर पृष्ठभूमि परिवर्तन भएको छ ।
कांग्रेसले समाजवादी विचार छाडिसक्यो भनिन्छ नि?
ठीकै भन्नुभयो तपाईाले र जुनरूपमा समाजवादी नीतिमा गहिरोसाग जानुपर्ने हो गएका छैनौं । २०४८ सालपछि एउटा नीति तय भएको थियो । राम्रो पनि भएका छन्। राजनीतिक स्थिरता पनि आएको थियो। हामीले केही पुाजीवादी कुरा पनि अभ्यासमा ल्यायौं। तर मेरो भनाइ के हो भने कुनै परिवर्तन हुादा केही व्यक्ति विध्वंसमा पर्छन्। निजीकरण गर्दा केही व्यक्ति सीमान्तकृत भएर गएका छन्। उनीहरुको सम्बोधन भएन। यो हाम्रो कमजोरी हो। जहाासम्म हाम्रो आर्थिक नीति छ, जस्तो– निजी शिक्षाअन्तर्गत १ सय विद्यार्थी भर्ना लिइन्छ भने ३०–४० जना गरिब विद्यार्थी पनि लिनुपर्यो। नि? तर पहिले त राज्य कोष पनि भरिनुपर्योए। यो कुरामा कांग्रेसले नगरेको भने होइन। डा. रामशरण महत भन्नुहुन्छ नि– वितरण गर्दा समाजवादी हो, पहिले संकलन गर्नुपर्योा नि। हामीले अप्ठ्यारा नाम दिएर ग्रामीण स्वावलम्बी नाम दियौं। त्यसैअनुसार आफ्नो गाउा आफै बनाउाका कार्यक्रम आए। स्थानीय निकायमा प्रत्यक्ष पैसा गए, त्यसको जगले कांग्रेसले नै बसाएको होइन र? तर केही त्रुटि भएको छ। सच्चाउादै जानुपर्छ समाजवादी आर्थिक नीतिको कुरा गर्नुहुन्छ भने।
कांग्रेसले नेतृत्व गर्दै आएको विषय उठाउनुभयो तर कांग्रेस अरु दलले लिएको नीतिको पछि–पछि लागेको देखिन्छ त?
यो गलत कुरा हो। नेपाली कांग्रेसले लिड गरेको छ। ७० वर्षमा जेरजति परिवर्तन भएका छन् त्यो कांग्रेसकै नेतृत्वमा भएको छ। सबै दलका लागि बिपी कोइराला स्वीकार्य हुनुहुन्छ। हामीले एउटा कुरामा ध्यान दिनुपर्छ– कुनै पनि नीति लिादा र बिपीको विचार अघि सार्दा कुनै प्रकारको कमजोरी नहोस्।
तपाईाले माओवादीको कुरा उठाउन खोज्नुभएको हो। माओवादीका जस्तो विचार आएको छ त्यो एक प्रकारले बिपीकै विचारमा आधारित छ। जस्तो समावेशी कुरा छ, त्यो माओवादीको विचार होइन, त्यो बिपीकै विचार हो। उहााले सरकार, पार्टीका
संरचनामा सम्पूर्ण आदिवासी, जानजाति, दलित, महिला सबैलाई समावेश गराउनुभएको थियो। द्वारिकादेवी ठकुरानी पश्चिम नेपालको, नेपालको मात्रै होइन, एसियाकै पहिलो महिला मन्त्री हुनुहुन्छ। समावेशिताको विचार बिपीले पहिले नै दिइसक्नुभएको थियो। तर पछिल्ला चरणमा हाम्रो अग्रसरता जति तीव्र हुनुपर्ने थियो सायद त्यो भएन। त्यसको फाइदा माओवादीले लिए। तर पनि माओवादीलाई एकै स्थानमा ल्याउने र मूलधारमा ल्याउने काम गिरिजाबाबुकै पालामा भएको हो। त्यसैले हामीले विचार वा अरु कारणले कुनै अरु दललाई फलो गरेको जस्तो लाग्दैन। अहिलेको अवस्थामा गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता छ त्यसैले केही सम्बन्ध गाासिएका हुन्छन्।
तपाईाले धर्म निरपेक्षता र गणतन्त्रबारे फरक मत राख्नुभएको छ नि?
१३औं महाधिवेशनको पूर्वसन्ध्यामा मैले दुईवटा विषयमा कुरा उठाएको हुा। महाधिवेशन भनेको पुनर्विचारको समय हो। २०२७ सालमा बिपी कोइरालाले बन्दुक उठाउनुभयो। त्यो किन गरियो पुनर्विचार हुनुपर्यो । त्यसबेलाको त्रुटि हो कि आजका मितिमा नराम्रो देखिएको हो? यो एक प्रकारको पुनर्विचार हो। ठीक गर्नुभयो कि भएन? त्यसमाथि छलफल हुनुपर्छ भनेको हो। पुनर्विचार गर्दा के गल्ती हुन सक्छ? मैले पुनर्विचार गर्नु भनेको पछि जानु भनेको होइन। प्रश्नमात्रै राखेको हो।
केही विषय अहिले दबिएका छन्। ती कुरा भोलि आउाछन्। मैले राष्ट्रियता र
राजनीतिक स्थिरताको कुरा गरो। हामी यस्तो विषयमा कुरा नगरौं यी दुवै विषयलाई समस्यामा पार्छ। संविधान स्वीकारेर हस्ताक्षर गर्ने सांसदमध्ये म पनि हुा। आगामी दिनमा यो विषय फेरि आउने छन्। अहिले भारतमा यस्तो देखिएको छ। स्थिरता उत्पन्न गर्छ र राष्ट्रियता जोखिममा पर्छ भने यो विषयमा पुनर्विचार गर्नुपर्छ। मेरो चिन्ता पछि स्थिरता खेप्नु नपरोस् भन्नेमात्रै हो।
२०४८ देखि २०५१ सालसम्ममा केही स्थिरता आउन खोजेको थियो। गिरिजाबाबुलाई मैले भनेको थिएा– विकास गर्न थालौं तर राजनीति थाल्यौं। बाटोघाटो बन्यो तर प्रजातन्त्रको अभ्यास हुन सकेन। प्रजातन्त्रलाई हामीले आत्मसात
गरेका छौा कि छैनौा? यो प्रश्न आज पनि छ। त्यस्तो प्रजातन्त्रमा जित्नेको उन्माद र हार्नेको तिक्तता हुादैन। हामी पछि जानुभएन तर राष्ट्रियता र प्रजातन्त्रलाई पनि मजबुत बनाउनुपर्यो ।
यही परिस्थितिमा कांग्रेसमा धर्मका विषयमा छलफल हुनुको अर्थ के हो?
के प्रष्ट पारौं भने जननिर्वाचित संविधान सभाले दोस्रो पटकमा संविधान दियो। त्यसले केही हदसम्म स्थायित्व ल्यायो। त्यसले एउटा मुद्दा मधेसीको ल्यायो। अर्को विषय आयो धर्मको। म जुन क्षेत्रबाट चुनाव लड्छु त्यहाा मठमन्दिर मात्रै छन्। उनीहरुले पटकपटक प्रश्न राखे। जनमत संग्रह वा अन्य विषयमा जानुपर्ने बताएका छन्। संविधानको सुझाव प्रक्रियामा पनि यो धेरै पटक आएको छ। त्यो पनि अवस्था आउन सक्छ, त्यस समयमा यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ तर अहिलेको अवस्थामा अस्थिरतातिर हामी नजाऔं।
प्रचण्डजीसाग हिजो सम्पर्क भयो। उहााले भन्नुभयो– अब अस्थिरतातिर नजाऔं। मलाई पनि खुसी लाग्यो, उहाा कति सतर्क हुनुहुादोरहेछ। उहाालाई यसले अर्को कुरा उठाइदिन्छ र अस्थिरता आउाछ भन्ने लागेको हुनसक्छ। खुसी केमा लाग्छ भने उहाा पनि सतर्क हुनुहुादो रैछ। प्रधान मन्त्री भारत जानुभयो र चिसिएको सम्बन्ध सुधार्ने कोसिस गर्नुभयो। तर संयुक्त विज्ञप्ति आएन। त्यो पनि हाम्रा लागि ठूलो चिन्ताको विषय भएर गएको छ। एक त भुइाचालो, अर्को्तिर नाकाबन्दीले ग्रस्त, अब स्थिरताको बाटोमा जानुपर्छ।
अब पार्टी एक भएर अघि बढ्ने सम्भावना अत्यन्त बढेर गएको छ। तीन पटक प्रधान मन्त्री भइसकेको शेरबहादुर देउवा सभापति हुनुहुन्छ। उहााले के पदचिह्न दिएर जानुहुन्छ? सबैलाई समावेश गर्नुपर्योे। उहााले गर्नु पनि हुन्छ। पार्टी र राष्ट्रका लागि आगमी दिनमा उहााको भूमिका ठूलो छ। मेरो चाहना पनि सबैलाई समेटेर जाउा भन्ने हो। एउटा सन्देश जाओस् पार्टीमा कि अब ६०–४० को तुष बााकी छैन। हरेक कालखण्डमा बिपी, सुवर्ण, किसुनजीदेखि गिरिजाप्रसाद कोइरालासम्मका नेताले केही न केही म्यासेज दिएर जानुभएको छ। सुशील दाले एउटा संविधान दिएर जानुभयो। अब हेरौा, शेरबहादुरजीले के दिएर जानुहुन्छ? मेरो पृष्ठभूमि भनेको त शेरबहादुरजीलाई सहयोग गरिदिने हो।
सरकारभित्र बस्ने र बाहिर बस्ने दुवैले सरकार परिवर्तनको विषय ल्याएका छन्। अब कांग्रेसले…?
मैले स्थिरताको कुरा गरेको छु। अहिले तराजु लिएर जोख्ने हो भने धेरै कुरा छन् यतातिर उतातिर। कांग्रेस सबैभन्दा ठूलो दल हो त्यसैले हाम्रो नेतृत्वमा सरकार बन्नुपर्योे भनेर दावी गर्नु अनुचित होइन। हामी सरकारमा जाने तर एक वर्ष्भित्र केही गर्न सकेनौं भने हामीमाथि पनि ब्लेम आउाछ। सरकारमा जाादा स्पष्ट कुरा प्रदेशको निर्वाचन र स्थानीय निकायको निर्वाचन गराउने भन्ने विषयमा आउाछ। स्थानीय निकायको निर्वाचन र आउादो डेढ वर्षमा आमनिर्वाचन घोषणा गर्नुपर्छ। यो चुनौती हामी सामना गर्न सक्छौ कि सक्दैनौा? भोलि शेरबहादुर देउवा वा
रामचन्ऽ पौडेलमध्ये कोही प्रधान मन्त्री हुादै गर्दा यो पनि बुझ्नुपर्यो–ि प्रमुख समस्या समाधान गर्न सकिएन भने नेपाली कांग्रेसलाई घाटा हुनेछ। एक वर्ष्भित्र कति पटक सरकार परिवर्तन गर्ने? सरकारमा जानेका प्राथमिकता र नीति स्पष्ट हुनुपर्योन। संविधान कार्यान्वयनमा चुनौति छ। यो एकै रात हुादैन। कम्तीमा स्थानीय, प्रान्तीय र अर्को आमनिर्वाचन नगरुञ्जेलसम्म संविधान कार्यान्वयन हुने छैन।
कांग्रेससाग समस्याको पहिचान
रहेछ तर समाधानको उपाय भने नभएको हो?
संवाद भएको छ। अब कांग्रेसले राजनीतिक दृढता र स्पष्टताका साथ गम्भीर छलफल गर्न आवश्यक छ। मधेस, पूर्व वा पश्चिमका जुन जुन
कुरा उठेका छन्। त्यस विषयमा तपाईा र हाम्रो कमन गोल यहाासम्म मिल्छ भनेर संवाद गर्नुपर्योा। तपाईाहरुको अस्तित्व पनि सुरक्षित होस् र अस्थिरता नआओस् भन्ने कुरामा ध्यान दिएर संवाद गर्नुपर्छ। एमालेसाग सम्बन्ध नराम्रो भएको खण्डमा फेरि अस्थिरता आउाछ। मधेससाग कसरी संवाद गर्ने, एमालेसाग सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल आवश्यक छ।
त्यसो भए केही समय एमालेकै नेतृत्वमा सरकार सञ्चालन गर्न दिने?
अहिले पनि स्पष्टसाग भन्छु– मेलमिलापले नै देश अघि बढाउाछ ।
लामो समयदेखि मधेसको आन्दोलन छ। अहिलेकै अवस्थमा कांग्रेस सीमांकन परिवर्तन गर्न तयार भएको हो ?
संविधान आयो सिफ्ट अफ
प्याराडाइम । कांग्रेसमा नयाा नेतृत्व आयो सिफ्ट अफ प्याराडाइम भएको छ। अहिले नै ब्लाक एन्ड ह्वाइटरूपमा कुनै काम हुन सक्छ जस्तो मलाई लाग्दैन फलानो जिल्लाको फलानो गाउा काटेर मिल्न सक्छ भनेर। ठ्याक्कै यो नै हुनुपर्छ भनेर भन्न सक्ने ईश्वर पनि होइन, जादुगर र चटके पनि होइन। यो सबै परामर्शको काम हो। त्यसैले पराशर्म गर्नुपर्छ भनेर मैले भनेको हो।
अहिलेको अवस्थामा चुनौती धेरै छन्। त्यसैले सबैले बोध गर्नुपर्यो कि यो राष्ट्रका लागि हो। मधेसबिना कांग्रेसको अस्तित्व नै छैन। हाम्रो विज्ञप्तिमा पनि हेर्नुभयो होला– मधेस भनेको कांग्रेसको अभिन्न अंग हो। मुद्दा छन, त्यसैले काउन्सिलिङको काम पनि गर्नुपर्छ। डक्टरले पनि तपाईालाई एकै पटक फुल जोड दिादैन, पहिले सेन्सटाइज गर्छ। तीन सातापछि तपाईालाई फुल जोड दिन्छ। एकै पटक फुल जोड दियो भने कोल्याप्स नै हुन्छ। कतिलाई मन्त्री बन्न मन होला तर मन्त्री बनेर उपलब्धि खै? अहिले कुरा उपलब्धि खोज्ने हो।
कुरा गर्दा सबै राजनीतिक स्थायित्व र आर्थिक प्रगति भन्छन् तर व्यवहार त्यस्तो देखिदैन नि?
त्यसैले मैले भनेको, सबै दल एकै स्थानमा उभिनुपर्यो । मेरो अर्थ ’सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ चाहिा हैन। सबैको आफ्नो सिद्धान्त र पहिचान हुन्छ तर हरेकको राष्ट्रिय लक्ष्य हुन्छ। त्यो पूरा गर्नका लागि एकै स्थानमा उभिनु पर्र्यो भनेको हो। त्यतातिर हामी गएकै छैनौं। हामी व्यक्तिगत राजनीति गरिरहेका छौं। पञ्चायती शैलीको राजनीति अहिले पनि गरिरहेका छौं। त्यसैले सबैभन्दा पहिले हामी आफौले आफूलाई परिवर्तन गर्न आवश्यक छ। कार्यशैलीमा परिवर्तन गर्नुपर्योछ। त्यसका लागि राजनीतिक दृढता हुनुपर्यो ।
यो राष्ट्रिय लक्ष्य पूरा गर्ने समयावधि कति त?
परिवर्तनका नाममा खाली मानिसको टाउको मात्रै चेन्ज गरेर हुादैन। अहिले संविधान आए पनि कार्यान्वयनको पक्षमा अप्ठ्यारो छ । त्यसैले त कांग्रेस, एमाले, माओवादी र मधेसीबीच गम्भीर छलफल हुनुपर्यो ।
तपाईा र सभापति दुई फरक प्यानलबाट चुनावमा जित्नुभएको छ। त्यसमाथि वर्षौंपछि कांग्रेसको नेतृत्व
कोइराला परिवारबाट गयो भन्दैछन्? गएको हो कि तपाई शक्ति सञ्चय गरेर अर्को पटक उठ्न खोज्नुभएको हो?
६०–४० मा कहिले पनि विश्वास गरिन, त्यो ठीक पनि थिएन। अहिले महाधिवेशन प्रतिनिधिहरुले एउटा निर्णय दिएका छन्। प्याराडिम सिफ्ट भएको छ। अबको चुनौती कसरी जाने भन्ने हो। चुनावमा जाादै गर्दा भरसकको प्रयास हुन्छ। मैले ६० वा ४० मा टेकेर भोट मागेको होइन। सााढे ५ वर्ष मुख देखाउन आएन, अहिले भोट माग्न आउने भन्छन् भन्ने लागेर भोट माग्न गइन। पहिले ६०–४० को तुषबाट मुक्त हुनुपर्यो । केही व्यावहारिक पक्ष छन्। बिपी वनारस र सुवर्ण कोलाकोता हुनुहन्थ्यो। त्यसै नाममा गुटबन्दी भयो। कोलकता भर्सेस बनारस। उहााको व्यक्तित्व ठूलो थियो त्यसैले मिलाइहाल्नु हुन्थ्यो। १७ सालपछि केहीले नेपालभित्र गरे, केही बाहिर गए र केही भित्रै बसे। बाहिर बस्ने गिरिजाप्रसाद र देशभित्र बस्ने किसुनजीका व्यक्ति भए। सैद्धान्तिक नभई व्यक्तिगत भएर गएकामा चिन्ता हो। मुद्दामा हुनुपर्नेमा विभाजन व्यक्तिमा भयो। त्यो दुर्भाग्यपूर्ण हो। मेरो कााधमा जिम्मेवारी छ, त्योभन्दा ठूलो जिम्मेवारी शेरबहादुरजीको कााधमा छ। म जति मद्दत गर्नुपर्ने हो गर्छु पार्टी एकताका लागि।
प्रधान मन्त्री केपी शर्मा ओलीको े चीन भ्रमणलाई कसरी लिनुभएको छ?
प्रधान मन्त्रीको चीन भ्रमण निकै महत्वपूर्ण हो। प्रधान मन्त्रीले भारतको भ्रमण गरेर आउनुभयो, भारतसाग पनि मित्रता बढ्नुपर्छ। चीन छिमेकको ठूलो राष्ट्रमात्रै नभएर हामीलाई जहिले पनि सहयोग गर्दै आएको देश हो। चिनियाा पक्षबाट अहिलेसम्म प्रत्यक्ष हस्तक्षेप देखिएको छैन। उनीहरुले पनि हाम्रो अस्तित्व राम्रोसाग बुझेका छन्। नेपाल अस्थिर भयो भने खुला सीमाका कारण पहिलो प्रहार भारतमाथि हुन्छ। दोस्रो, विश्वव्यापी दृष्टिमा हेर्ने हो भने चीन विश्वको सुपर पावरका रूपमा विकसित हुादै आएको छ। ऊमाथि अरु मुलुकबाट हस्तक्षेप हुन सक्ने अवस्था छ। त्यसमा नेपाललाई प्रयोग गर्न दिनुभएन।
अहिले प्रधान मन्त्रीजीले के भन्नुपर्छ र उहााले भन्न पनि सक्नुहुन्छ– चीनसागको सम्बन्ध पहिले जे थियो त्योभन्दा अझै प्रगाढ हुनुपर्योज, नेपालको भूभाग एक चीन नीतिको विरुद्ध कहिले पनि प्रयोग हुन दिने छैनौा। भूकम्पबाट भएको यत्रो क्षतिमा कसरी सहयोग गर्ने हो? आदि। नेपाल चीन र भारतबीच त्रिपक्षीय सहकार्यको कुरा पनि हुन सक्छ। चीन र भारतको सम्बन्ध पनि सुधार हुादै गएको छ। तर क्षेत्रीय सुरक्षाप्रति भारत र चीन दुवै एलर्ट छ। छिमेकमा दुई ठूला परमाणु शक्ति सम्पन्न राष्ट्र छन्। हामी सानो देश हो। प्रधान मन्त्रीले चीन भ्रमणमा क्षेत्रीय स्थायित्वका विषयमा समेत कुराकानी गर्नुहुनेछ।
