आखिर मानिसले कुनैपनि कुरा
पूरा गर्नका लागि दृढनिश्चय गरेपछि जस्तोसुकै असफलताबाट पनि हार मान्दैन र पछि हट्दैन । यसको ज्वलन्त उदाहरण बनेका छन् ७७ वर्षका शिव चरण यादव । उनले ४६ पटकसम्म १० कक्षाको परीक्षामा फेल हुादापनि अझै हिम्मत हारेका छैनन् र यो पाला ४७ औा पटक परीक्षा दिादैछन् ।
भारतको राजस्थानका यी वयोवृद्ध विद्यार्थीले यो पटक यो पटकको परीक्षामा भने आफुले १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गर्ने आशा राखेका छन् ।
लगातार ४६ औा पटक १० कक्षाकै परीक्षामा फेल भएर पटक पटक परीक्षा दिनु यिनका लागि सजिलो काम होइन । यिनको जिवन उसैपनि दु:खपूर्ण छ । उनी दुइ महिनाकी छादा उनकी आमाको निधन भएको थियो । उनको बुवा पनि शिवचरणलाई छिटै नै टुहुरो बनाएर
परलोक भए । जिवनमा पाएको दु:खलाई सम्झेर उनले एउटा कसम खाए की जबसम्म १० कक्षा पास हुादिन तबसम्म बिहे गर्दिन ।
तर उनले खाएको यो कसम उनको जिवनमा यति महंगो हुन्छ भन्ने उनले कल्पना सम्म पनि
गरेका थिएनन् । आखिर आफ्नो त्यहीा प्रतिबद्धतालाई पूरा गर्न नसक्दा उनी ७७ वर्षसम्म अविवाहित रहनुपरेको छ । ४६ पटक परीक्षा दिादापनि उनले १० कक्षाको बोर्ड परीक्षा पास गर्न सकेका छैनन् । उनी हरेक पटक कुनै न कुनै विषयमा चिप्लिादै आएका
छन् ।
उनी कहिले कुन विषयमा फेल हुन्छन् र कहिले कुन । अघिल्लो वर्ष पास भएको विषयमा अर्को वर्ष फेल हुन्छन् र अघिल्लो वर्ष फेल भएको विषयमा अर्को वर्ष पास । सन् १९९५ मा यादव लगभग पास भैसकेका थिए तर गणित विषयमा चिप्लिए । त्यसयता त उनी अधिकांस विषयमा फेल हुने गरेका छन् । यसपटक आफुले स्कुलका शिक्षकहरुको सहायतामा
राम्रैसाग पढेको हुादा पास हुने आशा उनको छ ।
त्र
