सामाजिक कार्यमा अग्रसर फूलबारी आमा समूह

धरान/ धरानकामहिला समूह सक्रियसंगै सामाजिक कार्यमा समेत अग्रस्थानमा आउन थालेका छन् ।
धरानमा रहेका दुई दर्जन महिलावादी संघ सस्थाहरु चुलो र चौका छोडेर सामाजिक कार्यमा लाग्नुका साथै आफ्ना समूहमा भएका महिलाहरुलाई आत्मनिर्भर बनाउने काममा सक्रिय भएर लागेका छन् ।
धरानमा जागृति आमा समूह, श्यामचौक महिला समूह, एभरेष्ट वातावरण समूह लगायतका दुई दर्जन महिला समूहमध्ये धरान १५ को फूलबारी आमा समूहले धरानमा उदाहरणीय काम गरेर देखाएका छन् ।
समाजमा भएका विकृति विसंगतिलाई निरुत्साहित गर्दै जनचेतना मूलक कार्यक्रममको आयोजन गर्ने पहिलो प्राथमिकता साथ गठन भएको यो समूहले आफ्नो समूहमा आवद्ध भएका महिलाहरुलाई सीपमूलक तालिमको आयोजना गरी आत्मनिर्भर बनाउने कामलाई प्राथमिकताका साथ लगेको छ ।
फूलबारी आमा समूहको सक्रियतालाई देखेर महिलामात्र हैन
धरानका पुरुषहरुले समेत प्रशंसा गर्ने
गरेका छन् । राप्रपा नेपालका धरान नगर अध्यक्ष जुद्ध लोहनीले फूलबारी आमा समूहले समाजमा गरेका कार्यलाई जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो ।
महिला समूहरुको छाता संगठन महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले यस्ता समूहहरुलाई आफ्नो सञ्जालमा समावेश गरेर लादा आफूहरुलाई गर्भको अनुभूति महसुस हुने बताउनुभयो । ३३ वटा महिला समूह आवद्ध रहेको सञ्जालमा सक्रियमध्ये फूलबारी आमा समूहलाई समेत लिन सकिने उहाको भनाई छ ।
यता फूलबारी आमा समूहकी अध्यक्ष लिला ढकालले महिलाहरुलाई चुलाचौकामामात्र सीमित नबनाई सामजिककार्यमा समेत उत्तरदायित्व बढाउने उद्देश्यले फूलबारी आमा समूह गठन गरिएको बताउनुभयो ।
समाजले इलाका प्रहरी कार्यालय धरान, विभिन्न लागू औषध सम्बन्धी काम गर्ने सरकारी तथा गैर सरकारी संस्थासंग मिलेर लागू औषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, समाजमा भएका विकृति विसगति हटाउन खेलेको महत्वपूर्ण भूमिका र महिलालाई आत्मनिर्भर बनाउने भूमिकाकालाई मध्यनजर गरी फूलबारी आमा समूहको कार्यक्रमलाई धरान उपमहानगरपालिकाले समेत सहयोग गर्दै आइरहेको छ ।
समाजले समाजमा रहेका ५० जनाभन्दा बढी सदस्यलाई सीपमुलक तालिमको समेत आयोजना गर्दै आइरहेको छ । समाजले जुत्ताचप्पलबनाउने तालिम, भुजिया, ममबत्ती लगायतका तालिम दिएर सबैलाई आत्मनिर्भर बनाउने काम गरेको छ ।
समूहले बेला बेला रक्तदान कार्यक्रमको आयोजना समेत गर्दै
आइरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समूहले हालसम्म तीनपटक रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । यस्ता
रक्तदान कार्यक्रमबाट हालसम्म १ सय पिण्टभन्दा बढी रगत संकलन समेत गरेर रगतको अभावमा उपचार नपाइरहेका विरामीहरुलाई सहयोग प्रदान गर्दै
आइरहेको छ ।

तपाईको प्रतिक्रिया