नेपाली कााग्रेसका केन्द्रीय सदस्य एवम् सांसद तथा जननायक बीपी
कोइरालाका सुपुत्र सशांक कोइरालाले कााग्रेसले आगाल्दै आएको र जारी नयाा संविधानले संस्थागत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीता सम्बन्धी पार्टीले पुर्नविचार गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।
सोमबार बि.वि.सी. नेपाली सेवासागको साक्षात्कारमा आम नेपाली जनता र नेपाली कााग्रेसका कार्यकर्ताले महसुस गरेको र बोल्न नसकेकाको कुरालाई उहााले महाधिवेशनको संघारमा बाहिर ल्याउनु भएको हो । उहााले भन्नुभयो , राष्ट्रियता बचाउन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुन: छलफल गर्नुपर्छ । उहााको आशय थियो बीपी कोइरालाले लामो जेल नेल, प्रवास बस्दा पनि धर्म, गणतन्त्र र संघीयताका सवालमा कहिल्यै कसैसाग सम्झौता गर्नु भएन । उहााको यस भनाईले उहाालाई बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा प्रतिबद्ध देखाएको छ । उहााले भन्नुभयो, अब राष्ट्रियता जोगाउने गरी छ्लफल गुर्नपर्छ । उहाा बीपी कित्तामा उभिन पुग्नु भएको छ । यहाा स्मरणीय कुरा के छ भने गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको ११ औं महाधिवेशनले कााग्रेसलाई गणतन्त्र र धर्म निरपेक्षतामा उभ्याएपछि त्यसबेला कााग्रेसका एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराईले आयातित एजेन्डा भन्दै विरोधमा पार्टीसागको सम्बन्ध विच्छेद गर्नुभएको थियो ।
