नेपाली कााग्रेसको १३ औं महाधिवेशन : संस्थापन पक्षकै वर्चस्व रहने संकेत पार्टीमा विग्रह ल्याउने, ६० र ४० को भागबन्डा खोज्ने, हैसियतै नभएकाहरु यसपटक बढारिने

धरान/देशकै सबैभन्दा ठूलो राजनैतिक पार्टी नेपाली कााग्रेसको १३ मौं महाधिवेशन फागुन २० देखि राजधानीमा शुरु हुादैछ ।
एक बर्ष अगाडि नै अधिवेशन सम्पन्न गरिसक्नुपर्ने नेपाली कााग्रेसले मुलुकको जटिल राजनैतिक अवस्था, संविधानसभाबाट संविधान जारी गर्नुपर्ने जिम्मेवारी आदिका कारण ढिलाई भएपनि अब भने पार्टीले नयाा नेतृत्व पाउने भएको छ ।
देशभरिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको संख्यालाई आंकलन गर्दा संस्थापनपक्षधर ७० प्रतिशत र देउवाको प्रजातान्त्रिक समूह ३० प्रशित देखिएको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौड्याल र प्रजातान्त्रिक समूहबाट शेरबहादुर देउवा सभापतिमा उठ्ने भएपछि अन्य पदका आकाक्षीहरु स्पष्ट दुई खेमामा विभाजित भएका छन् । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौड्याल सभापतिको उमेद्वार बन्दै गर्दा पार्टीका मनोनित महामन्त्री कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाले समेत सभापतिमा
उमेद्वारी दिने भन्दै आफ्नो उमेद्वारी घोषणा गरेपनि दुवैको उमेद्वारी वार्गेनिङ्गमा गएर टुंगिने महाधिवेशन प्रतिनिधिहरुको बुझाई छ ।
पार्टीका कार्यबाहक सभापति समेत चलाइसकेका पौड्यालले सभापतिका लागि लामो समयदेखि पार्टी संगठनमा दौडधूप गर्दै आउनु भएका मात्र हैन विपक्षीहरुको आरोप प्रत्यारोपको कडा जवाफ दिने पौड्याल नै यसपटक पार्टी सभापति बन्ने निश्चित देखिएको छ । संस्थापनबाटै महामन्त्रीमा बीपी पुत्र एवम् प्रभावशाली युवा नेता सांसद एवम् केन्द्रीय सदस्य सशांक कोइरालासमेत प्रत्यासी बन्नुभएपछि पौडेयालको लागि जित अझ सुनिश्चित बनेको कार्यकर्ताको बुझाई छ । यसले पार्टीको आगामी नेतृत्व संस्थापन पक्षको हुने संकेत देखिएको छ । पार्टीमा विग्रह ल्याउने, ४० प्रतिशत भागबण्डा खोजेर सदा पार्टीलाई कमजोर बनाउने, हैसियत र हाइटै नपुगेकाहरु यसपटक जसरी क्षेत्र र जिल्लाहरुबाट बढारिए केन्द्रमा पनि त्यस्तै प्रवृत्ति दोहोरिने निश्चित भएको छ । पार्टी हित विपरीत केवल भागबण्डाको राजनीति गर्नेहरु नेतृत्वमा आउनै नहुने पूर्वबाट निर्वाचित भएर गएका महाधिवेशन प्रतिनिधिहरुको बुझाई रहेको छ ।
पार्टीको कार्यवाहक सभापति उमेद्वार बनिरहादा आफूलाई पनि संस्थापन नै भन्न रुचाउने कृष्णप्रसाद सिटौला लगायत सस्थापन हुनै नसक्ने निर्वाचित प्रतिनिधिहरु बताउाछन् । महाधिवेशन प्रतिनिधि एवम् जनजाति संघ सुनसरीका अध्यक्ष नन्दराज राई भन्नुहुन्छ आफूलाई संस्थापन भन्ने कृष्णप्रसाद सिटौला लगायत संस्थापन हुनै सक्दैनन् । उनीहरुले उमेद्वारी दिए त्यस्तालाई संस्थापन भित्रका बागि मात्र मानिन्छन् । फेरि सिटौला लगायतको वास्तवमा सभापतिमा उमेद्वारी दिने हैसियत र हाइटै पुगेको छैन, राईको कथन छ । पार्टीमा अविचलित भई बीपीका आदर्शलाई आत्मसात गर्दै आउनु भएका पौड्यालको विकल्प अरु हुनै सक्दैन राई भन्नुहुन्छ ।

तपाईको प्रतिक्रिया