एकजना मान्छेको मुख कतिसम्म ठूलो हुन सक्ला ? कोही मान्छेले आफ्नो मुखभित्रै कोकको क्यान पूरै अटाइदिन सक्छ भन्ने तपाइँ पत्ताउनुहुन्छ ? हो, २४ वर्षका एक युवक यस्ता छन् जसले मुख बाएको देख्दा साँच्चि कै डरै लाग्छ ।
अफ्रिकी देश एंगोलाका नागरिक २४ वर्षीय फ्रान्सिस्को डोमिन्गो ज्वाक्विम विश्वमा सबैभन्दा चौडा मुख भएका व्यक्ति हुन् । सन् २०१० मै उनले आफ्नो नाम ग्रिनिज बुकमा लेखाइसकेका छन् ।
उनको मुखको चौडाइ १६.९९ सेन्टिमिटर लामो छ । दुइ गाला च्यातेर मुख बाउँदा उनको मुखभित्रका दाँत, जिब्रो मात्र होइन किलकिले सम्मका भित्री अंग छलंर्गै देखिन्छन् ।
