अमन टुर एण्ड ट्राभल्सको प्रशंसा

धरान/नेपाल तथा भारतका विभिन्न स्थानमा शैक्षिक, धार्मिक तथा पर्यटकीय भ्रमण गराउादै आएको अमन टुर एण्ड ट्राभल्सको धरानमा उच्च प्रशंसा र चर्चा हुन थालेको छ ।
विगत एक बर्ष यता अत्यन्तै व्यवस्थित ढंगले नेपाल र भारतका विभिन्न स्थानको भ्रमण गराउदै आएको ट्राभल्सले भर्खरै मात्र यहाा स्थित महेन्द्र वहुमुखी क्याम्पसका ६३ जना विद्यार्थीसागै ६ जना प्राध्यापकहरुलाई दार्जिलिङ्गको तीनदिने भ्रमण लिएर गएको थियो । अन्य ट्राभल्सको तुलनामा अत्यन्तै न्यून शुल्कमा तीन दिन दार्जिलिङको भ्रमण गरेका क्याम्पका विविएस प्रथम बर्षका विद्यार्थी र प्राध्यापकहरुले ट्राभल्सको खुलेर प्रशंसा गरे ।
क्याम्पसका प्राध्यापक डा. राजेन्द्र पोख्रेलले अमन टुर एण्ड ट्राभल्सको प्रशंसा गर्दै भन्नुभयो यसको म्यानेमेन्ट अत्यन्तै राम्रो देखियो । टि गार्डेन सम्बन्धी अनुसन्धानमा गएका हाम्रा विद्यार्थी अत्यन्तै लाभान्वित भएका छन् । होटलको बसाई, खानपान आदिका सम्बन्धमा ट्राभल्सले जुन व्यवस्था गरेको थियो त्यसमा कसैले खोट लगाउने ठाउा नै भेटिएन, डा. शर्माको कथन थियो । यस सम्बन्धमा अमन टुर एण्ड ट्राभल्सका सञ्चालक अलिम अन्सारी (सत्रुघन) भन्नुहुन्छ हामीले मुनाफालाई भन्दा पनि भ्रमणमा जानेहरुको सन्तुष्टिलाई प्राथमिकतामा राखेका छौं । यसरी भ्रमणमा जानेहरु हालसम्म सन्तुष्ट भएको पनि उहााले बताउनुभयो । अमन टुर एण्ड ट्राभल्सको माध्यमबाट हालसम्म धरानका दुई दर्जन भन्दा बढी शिक्षण संस्थाका विद्यार्थीहरुले दार्जीलिङ, सिक्किम, कोलकत्ता, पोखरा, लुम्बिनी लगायतका स्थानको भ्रमण
गरिसकेका छन् ।
त्र

तपाईको प्रतिक्रिया