हिन्दु धर्म नष्ट गरेर विदेशी धर्म भित्र्याउन खोजिएको छ : थापा

दिपक कार्की
इटहरी/ इटहरीमा आयोजित हिन्दुत्व जागरण बृहत जनसभालाई सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु
राज्य स्थापना नगरी विश्राम नलिने उद्घोष गरेका छन् ।
हिन्दुत्व जागरण बृहत जनसभालाई सम्बोधन गर्दै थापाले सनातन हिन्दु धर्मको योजनावद्ध नष्ट गर्न खोजि विदेशी धर्म भित्र्याउन खोजिएको भन्दै त्यसले देशको विकास सम्भव नभएको उल्लेख गरेका छन् । नेपाल सरकारका उपप्रधान तथा स्थानिय बिकाश मन्त्रि समेत रहेका थापाले पछिल्लो समयमा हिन्दु राष्ट्रको माग छाडेको आरोप लागिरहेको बेला इटहरीमा थापाले आफनो बोल्ने अवधिभरनै हिन्दु
राज्यको वकालत गरेका थिए । उनले हिन्दु राज्य स्थापित गर्नका लागि राजधानीमा पटक पटक प्रयास गरेर एक लाख जनता उतार्न खोजेको भएपनि आफुहरुलाइ जनताले साथ नदिएको समेत जिकिर
गरे । उनले हिन्दु राज्य लेख्नका लागि अहिले पनि ५ लाख मान्छे सडकमा उतार्न सकिए संविधानमा संसोधन गरि हिन्दु राज्य लेखिन सक्ने दाबी समेत गरेका छन ।
नेपाली काग्रेंस,एमाले र माओबादीका कारण आफुहरुले उठाएको माग ओझेलमा परेको दाबी समेत नेता थापाले गरेका छन । उनले अब २ बर्ष पछि हुने चुनाबमा
राप्रपा नेपाललाइ अत्याधिक मत दिएर बिजयी गराउन सकेको खण्डमा नेपालीको इच्छा अनुसार हिन्दु राज्य कायम गरेरै छाड्ने दाबी समेत गरेका छन । भारतमा हिन्दुत्वलाई आत्मसाथ गर्ने दलका नेता प्रधानमन्त्री बनेको र उक्त देशको विकासमा अहम भुमिका खेलेको भन्दै अव नेपालमा पनि हिन्दुत्वको स्थापना गरि बिकासको बाटोमा लम्किने बताए । उनले हिन्दु सभाबाट जनताको नाडी छाम्ने समेत काम भएको भन्दै बहुसाख्यक जनताले हिन्दु राज्य पुनस्थापनाको माग गरेको बताए । मेचीमहाकाली अभियानमा लाग्दै देखि जनताको भावना बुझिसकेको भन्दै सोही भावना अनुरुप नेपालमा हिन्दु राज्य स्थापना भइ छाड्ने बताए । उक्त हिन्दुत्व सभालाई नेता टंक ढकाल,
राजेन्द्र लिंदेन त्यसै गरि रामानन्द पिठका श्रीश्री १००८ श्री कृष्णदास महाराज, श्रीनिवासाचार्य महाराज लगायतका सन्त महन्त र नेताले पनि जनसभालाई सम्बोधन गरेका थिए ।
सभामा सहभागी हुन पुर्वाञ्चलका सिराहा, सप्तरी, तेह्रथुम, धनकुटा, झापा, मोरड्ढ लगायतका स्थानबाट ठुलो संख्यामा राप्रपा नेपालका कार्यकर्ता तथा हिन्दु धर्म सम्बद्ध भक्तजनहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सहभागि भएर र्‍यालीमा आएका इटहरी उपमहानगरपालिका ७ निवासी ५९ बर्षीय शिवनारायण मोचेको उच्चरक्तचापका कारण बेहोस भएपछि निधन भएको थियो । उनको मृत शरीरलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले
जनकारी दिएको छ ।

तपाईको प्रतिक्रिया