धरान/सुनसरीको भरौल तथा धरानको पटनाली क्षेत्रवाट लागु औषधको
कारोबार गर्ने ३ जनालाई धरान प्रहरीले भारीमात्रमा लागु औषध सहित पक्राउ गरेको छ ।
सुनसरीको दक्षिणी सिमावर्ती गाविसबाट लागु औषध लिएर धरान आउदै गरेका उनीहरुलाई प्रहरीले आईतवार राती धरान २७ स्थित पटनाली जंगलक्षेत्रवाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । प्रहरी लागु औषधका मुख्य
कारोवारीहरु सुनसरी बराहक्षेत्र ५का
भरतकुमार राई,कृष्णकुमार मगर र
भरौल ३ माधव राजधामीलाई नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट ५ सय ७६ क्यापसुल स्पास्मोप्रोक्सिवन ,९८ वोटल कोरेक्स , नगद ५६हजार ४सय ९० र एकथान सुन औठी फेला परेको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । उहाले लागुऔषध ल्याउन प्रयोग गरिएका को ८ प ६५३४ नम्बरको मोटर साइकल र को २० प ४३९७ नम्बरको स्कुटी समेत बरामत गरिएको वताउनु भयो । पछिल्लो समयमा लागु औषध कारोबारीले सुनसरी भण्टावारी नाकावाट चकरघट्टी , भरौल हुदै धरानको रुट प्रयोग गरिएको सूचनाका आधारमा उनिहरुलाई स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक सिजापतिको भनाई छ ।
उनीहरुलाई लागु औषध कारोबार ऐन अन्तर्गत कारबाही चलाइएको प्रहरी नायव उपरिक्षक सिजापतिले जानकारी दिनु भयो । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरानको सेउती जंगलमा लुटपाट गरि फरार र धरानको विजयपुर स्थित पञ्चकन्या मन्दिर परिशरमा लुटपाट गरि फरार ३ जनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ । सेउती जंगलमा धरान८ का मनबहादुर लिम्बुलाई आक्रमण गरी लुटपातमा सलग्न धरान १५का उमेश राजधामी तथा पञ्चकन्यमा घुम्न गएका इटहरीका सुरेश चौधरीलाई लुटपाट गर्ने धरान १४का नविन विक र मिलन राईलाई सार्वजनिक गरेको हो । उनहरुमध्ये बिक र राईलाई चोरी ऐन अन्तर्गत मुद्धा चलाइएको र राजधामी लाई चोरीसगै ज्यानमार्ने उद्योगमा समेत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
