फेरि गफ हाने
हे भगवान पर्धानमन्तरी खप्रओले फेरि गफ हाने । अस्तिका दिन आफ्ना भाते पत्रकार संघमा भाषण गर्दै खप्रओले भने म सरकारबाट बाहिरिादा कसैलाई प्रश्न गर्ने ठाउा नै दिन्ना । हैन हौ खप्रओलाई कस्ले प्रश्न गर्ने ? त्यस त ओलिका उत्तर सुनेर नेपालीहरु हैरान भइसकेका छन् । ओली पर्धानमन्तरी हुादासम्म सबै काम हावा हुने भएसी’ हुदै नभएको काममा कसैले के प्रश्न गर्नु ? विचाराको बोलीको टुंगो छैन भन्ने सबेलाई थाहा भइसक्या छ । पर्धानमन्तरी भएकै दिन उखान तुक्के खप्रओले केही दिनभित्रैमा तुइन उखेलेर फाली पक्की पुल बनाउछु भन्या थे, हावाबाट विजुली निकाल्दिन्छु भन्या थे, ग्याासका सिलिण्डरको जमाना गयो अब घर घरमै ग्याास पाइप हुल्दिन्छु भने, राजधानीमा मेट्रो रेल चलाउछु भनेर गुड्डी हााके । बरु सरकारबाट नवाहिरिदा सम्म खप्रओ बा चुप बसे हुन्थ्यो । तित्राको जस्तो थुतुनो भएका खप्रओ के चुप बस्थे ?
घिच्ने दाउ
हे भगवान † यो देशमा के हुन लाग्या हा ? यसभन्दा अगाडि पीडितलाई दिन भनेर दाता सम्मेलन गरेर ६ अर्ब रुपैया सोहोरेका खप्रओका हनुमानहरुले फेरि दाता सम्मेलन गर्ने रे । जति पटक मन लाग्यो त्यतिपटक दाता सम्मेलन गर्यो माल कमायो । पहिला गरेको दाता सम्मेलनबाट उठेको रकम १० बर्षमा पनि पुन: निर्माण प्राधिरणले खर्च गर्न सक्दैन भनेर सरकारका मानिसहरु भुकिरहेका छन् । अब फेरि दोस्रो दाता सम्मेलन गरेर किन मानिस हासाउन खोज्या होलान् ? पैसाचाहिा भकाभक आउने तर खर्चचाहिा नगरेर प्राधिकरणलाई भोज गराउने चाल त हैन ? बाढी, पहिरो, भुकम्प आइरहोस् भन्ने चाहन्छ कि क्या हो हा, यो सरकार ? यसो भए दाता सम्मेलन गरिरहन पाइने र माल झारी रहन पाइने । अब दाताहरुले फेरि माल दिन्छन् कि दिादैनन् ? धेरै चुरीफुरी नगरेकै वेश । पहिले दिएको पैसा दाताहरुले फिर्ता लगिदिए भने देख्लाऊ तिरीमिरी झ्याई ।
नेता करिष्मा
पन्द्र बीस बर्ष नाच्दा नाच्दा थाकेकी कलिउडकी सुन्दरी करिष्मा मानन्धरलाई नयाा शक्तिका मुखिया बाउरामले नेता बनाइदिएसी हिजोआज उन्को फूर्तिफार्ती सानो छैन । यतिका बर्षसम्म हिरोहरुलाई नचाएकी थिइन अब बाउरामलाई नचाउने भइन् । पार्टीबाट शिला, साङ्लो गरेर डस्बिनमा फालिएका अनुहार जम्मा पारी नयाा शक्ति बनाउन लागेका बाउराम
भट्टराईको नयाा शक्तिमा नाच्दा नाच्दैका हिरोइन नेता बन्या भे त अर्कै कुरा । चलचित्रमा बिक्न छाडेपछि बाउरामको पछि लागेकी करिष्माको फूर्तिफार्ति यतिबेला सानो छैन । जस्लाई हाम्रो पार्टी मन परो भने आउाछन् मन परेन भने आउादैनन् भन्छिन् । पार्टीका नेता भनेपछि यी हिरोइनहरुले किन यति मरिहत्ते गर्या होलान् ? रेखा थापालाई प्रचण्डाउले रिजर्भमा राख्या छन् भने करिष्मालाई बाउरामले । प्रचण्डाउ
रेखासाग छमछमी नाच्या त सबैले देखेकै हुन् कुन दिन बाउरामले करिष्मासाग कम्मर मर्काउने हुन् । बाची बचिरहे धेरै कुरा देखिन्छ भन्ने हो रै’छ ।
रामचन्द्रे बाको धन्दा
पर्धानमन्तरीको चुनावमा १७ पटक उत्तानोचित्त परेका रामचन्द्रे बाजेको हिजो आज एउटा नयाा धन्दा शुरु गरेका रै’छन् । चुनाउको मुखैमा आएर उन्ले सञ्चालन गरेका धन्दा नाफामुलक रै’छ । माने अर्थोपार्जन । आखिरी तनहुाका खााटी ब्राम्हण न परे । लोभ त त्यसै भइहाल्छ । सभापतिमा उठ्छु भनेर ६ महिना अगाडिदेखि स्याा स्याा र Ïयाा Ïयाा गर्दै दौडिएका विचारा बाजे आÏनै गृहजिल्लामा कमजोर भएछन् । आफ्ना जोरीपारिले आफुभन्दा बढी महाधिवेवशन प्रतिनिधि र महासमिति सदस्य जितेपछि उन्ले हरेश खान थाल्या छन् । वारम्बार उठ्छु उठ्छु भनेपछि बाजेलाई रोक्ने कुरा पनि आएन । अहिलेको गाउ, नगर, वडा र जिल्लाको अधिवेशनबाट आफ्नो पक्षमा मत नआउने देखेपछि अहिले उनी ्छटपटिन थालेका छन् । अब पनि सभापति पाउने निश्चित नभएसी बाजेले अर्थापार्जनलाई अगाडि बढाएका रै’छन् । आखिरी राजनीति र चन्दा संकलन एक अर्काका पर्यायवाची त हुन नि, कि कसो हौ ?
सुजोद्वारा चैट
भारुमा एउटा उखान छ मान न सान मै तेरी मेहमान । गिर्जाउ पुत्री सुजोको रवैया अहिले त्यस्तै देखिएको
छ । आÏनै टुंगो छैन अरुलाई जिताउने ग्यारेन्टी लिएर आवासीय भेटघाट गर्दै हिडेकी सुजोकै काण सुनसरी क्षेत्र नं. १ मा ठूला ठूला हस्तीहरुले नगर, क्षेत्र र महाधिवेशन प्रतिनिधिबाट खल्यातखुलुत हुनुपरेको छ । बडो फाइफई गर्दै एक
पुराना हस्तीको घरमा दुई दिनसम्म मेजमानी खाएर सबैलाई जिताउने
ग्यारेन्टी दिादै भीड जम्मा गरी मोवाइल घुमाएर बसेनी लाष्टाा उही खै के खै के भयो । सुजो आउनु भन्दा अगाडि पुराना हस्तीहरुले जित्ने निश्चितजस्तै भएको थियो । तर एक्कासी सुजो आएसी’ मतदाताको मथिंगल घुम्यो । अवसकुन नै पसेजस्तो भयो यहााका हस्तीहरुलाई । हुन पनि सिनित्तै पो भए त हौ ।
खतरा माफिया
खप्रओको सरकार आएसी’ हिजो सुसुप्त बस्या माफिया यतिबेला डरलाग्दा भएर आएका छन् । जताततै उनेरकै बोलावाला छ । सरकारदेखि कर्मचारीसम्म, राजनैतिकदेखि व्यापारसम्म उनेरकै हालीमुहाली छ । इमान्दारहरुलाई त टिक्नै गाह्रो भयो । अब हेरौ न अस्तिका दिन चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन राकेश श्रीवास्तवले अचानक राजीनामा दिएछन् । मेडिकल माफियाले हायलकायल बनाएसी’ विचारा टिक्नै सकेनछन् ।
मेरिट्सका आधारमा शुल्क निर्धारण गर्नुपर्छ भनी माथेमा आयोगले दिएको प्रतिवदेन लागू गर्न खाज्दा उन्लाई मेडिकल माफयाले लडाइ छाडे । वाल्वाटाराबाट शुरु हुने माफियाको लर्को बडो शक्तिशाली छ भन्थे हो रै’छ ।
विचारालाई यस भन्दा अगाडि कसैले हल्लाउन सक्या थेनन् । अहिले जरै उखेलेर फालेछन् । जय होस् देशमा माफियाहरुको ।
खा बाबै केरा
भुकम्पले बााचेकहरु यस पटकको चिसोले धेरै मास्तिर गए । कति विरामी परेर उठ्नै नसक्ने गरी लम्पसार
परेका छन् । विचाराहरुको आङमा कपडा छैन, पेट रित्तिएको छ, सिटामोल किनेर खानसम्म सक्दैनन् । खप्रओ सरकारचाहिा पुन: निर्माण प्राधिकरण गठन गरेर हाइसञ्चोले लम्पसार परेको छ । काम शुरु गर्ने छेकछन्द नै देखिएको छैन । दाताले दिएको रकम धमाधम काम गर्न नसकेको भन्दै फिर्ता लैजान थाल्या छन् । हैन हौ ती पीडितले पुन निर्माण प्राधिकरणको नाम सुनेर बााच्नुपर्ने हो ? मरेपछि खा बाबै केरा भने जस्तो । सबै सिद्धिएपछि काम गरेर फुइय्याा हुन्छ ? पर्धानमन्तरी हावा भएजस्तै त्यो पुन निर्माण प्राधिकरण पनि त हावा नै होला नि । नत्र यत्तिका दिनसम्म भद्रो हेरेर बस्थ्यो ? अस्तिका दिन खप्रओले एक ठाममा भाषन छााटेछन् चिसो बढ्यो, मान्छे मर्यो भनेर भुकम्प पीडितहरुले अब धन्दा नामानुुस् । अबको दुई महिना पछि हफ हफ गर्मी हुने बनाइ दिन्छु रे । दुई महिनापछि त आफै गर्मी शुरु भइहाल्छ नि त्यसै हफहफ ।
अन्तेमा
नेपालका भुकम्प पीडितहरुको लागि गहकिला योजना बनाएर विदेशबाट सहयोग गर्न एउटा विज्ञहरुको टोली नेपाल आएछ । उनेरले पहिला पर्धानमन्तरी खप्रओलाई भेटेर पहिला आफ्ना योजना सुनाएछन् । हामी यसरी आवास बनाछम, उनेरको जीविकोपार्जनका लागि यसो गर्छम, स्कुल यसरी बनाइदिन्छम, बाटोघाटो यसरी बनाइदिन्छम्, स्वास्थ्य सेवा यसरी सुचारु गर्दिन्छम भनेर सुनाएछन् विदेशीहरुको सबै कुरा सुनिसकेपछि खप्रओले मुख खोलेछन् हैन हौ तपाईहरु सबै कुरा गर्न सक्नुहुन्छ, खोज्न सक्नुहुन्छ तर अहिलेसम्म जिसस क्राइस्टलाई हत्या गर्ने हत्यारा किन समाउन नसक्नु भएको हा ? खप्रओको कुरा सुनेपछि विचारा विदेशीहरु ठामको ठाम सेन्टीÏल्याट भएछन् ।
