घण्टाघरबाट हेर्दा

कालो बजरिया भएस
खप्रओको सरकार बनेदेखि नै नेपालाा आर्थोक नभएपनि उखान टुक्काको बजार राम्रैसाग चम्केको छ । पर्धानमन्तरी खप्रओबाट उखान तुक्काको बाढी आएसी विचरा धुर्मसे सुन्तली, हरिबंश मदनकृष्ण, माग्ने बुढा सबै बेरोजगार भएका छन् । धुर्मुसे र सुन्तली त कतिसम्म विरक्तिएछन् भने साह्रा आÏनो उखान टुक्का नचलेर भुकम्प प्रभावित गाउातिर पुगेर बस्ने, टहरा र ट्वाइलेट बनाउन थालेछन् । यी खप्रओले कसैलाई
गरिखान नदिने भए । पम्पलाई पेट्रोल बााड्न नदिएर सडकतिरका भुुसतिघ्रेलाई जिम्मा दिएका छन् । डिलरलाई ग्याास बाड्न नदिएर तिनै भुसतिघ्रेका जिम्मा छोडेका छन् । मधेशीलाई गाली गर्छन् अनि बाल्वाटारैमा बोलाएर हात मिलाउाछन् । भारतलाई गाली गर्छन् अनि भारत भ्रमणमा जान खुट्टो उचाल्छन् । ओलीका रुप देखेर हजारौ जिब्रा भएका शेष नागपनि जिल्ल खान थाल्याछन् । ओलीको राज शुरु भएसी’ कालो बजारियाका दिन सर्लक्कै फर्केको देखेसी हिजो आज साना नानीहरुलाई बाउ हजुरबाउले आर्शीवाद दिादा पछि गएर ठूलो काला बजारी बनेस् भन्न थाल्या छन् ।
हावा मन्त्री
आपूर्ति मन्त्री गणेशमान पुन: क्रान्तिकारी छवि भएकाले अरु मन्त्री भन्दा अलि सद्धे बोल्लान भन्या त फुइय्याा हुन्थ्यो । हुन त पर्धानमन्तरी नै हावा भएसी’ मन्त्रीहरु के को सद्धे हुन्थे ? यतिबेला नेपालका सबै मन्त्रीलाई ओलीको हावाले भेट्टाए होला कोही सद्धे बोल्दैनन् । अब हेरौ न आपूर्ति मन्त्री गणेशमान पुनले अस्तिका दिन चीनसाग इन्धन व्यापार सम्बन्धी सम्झौता गराएरै छाड्ने दाबी गरे । मधेशमा आन्दोन भएको झण्डै ६ महिना भयो । यतिका दिनसम्म यिन्ले चीनसंग किन सम्झौता नगर्‍या ? भन्ने बेलामा चीनसाग सम्झौता गर्छु भन्ने अनि अरुबेलाचाहिा संगुरले पूर्णिमाको जुन हेरेर बसेझै बस्ने ? चीनको फुई देखाएर भारतलाई तर्साउन खोज्या जस्तो छ । जे भए पनि कमसे कम अलिकति पत्याउने गफ लडाउनु नि । हुन त बोटै खराब भएसी’ हाागा विागा के को सग्ला हुन्छन् ? कि कसो हौ ?
माकुनेको सुझाव
हाम्रो देशका नेताहरु ख्याल गजबका छैनन् । अब पुतली जुागे माकुन्याउलाई हेरौ न यति बेला उनी वेÏवाकसग देश दौडाहा गरिरहेका छन् । बाख्राको पुच्छर खाएजस्तो कहिले पूर्व हानिन्छन् कहिले पश्चिम हानिन्छन् । अब अस्तिका दिन पश्चिम पुगेर खप्रओलाई धुावाधार सुझाउ दिएछन् । ओलीले आफ्नो बोलीमा लगाम लगाउनुपर्छ, बोल्दा उपयुक्त शब्द चयन गर्नुपर्छ रे । सुझाउ त माकुन्याउले ठीकै दिए तर अलि कुरो नबुझे झै लायो । जस्को बोलीमा लगामै लाग्दैन, जसले बोल्दा त्यति नै जान्या छ, उपयुक्त शब्द बोल्नै आउदैन त्यसलाई सुझाउ दिएर भुत्रो हुन्छ ? हलो जोत्नेलाई पिलेन चलाउने जिम्मा दिएसी कहााबाट हुन्छ ? खप्रओको खुबी भन्या नै जथाभावि बोल्नु, उपयुक्त शब्दको चयन गन नआउने हो । अब यो जान्दा जान्दै किन सुझव दिनु ? गुइाठे कीरालाई फूलबारीमा छाडेर काम लाग्छ ? ओली वा जस्ता छन् त्यस्तै छाडिदिनुपर्छ सुझाउ दिएर किन थतुुनो दुखाउनु ? माकुन्याले खै कुरो बुझ्या ?
नयाँ शक्ति
नयाा शक्ति खोल्छु भन्दै ताउर–माउर गरेर हिडेका बाउराम बाजेले केही खालो सार्लान् जस्तो छैन । पुरानो
रक्सीलाई नयाा बोतलमा खन्याएर जोकर बन्न खोज्या जस्तो पो छ । हिजो झालेमालेबाट घुक्याएर अर्कै पार्टी खोलेका अशोक राई यतिबेला उद्यो न उभोका भा’छन् । सबै दलबाट कार्जेकर्ता चोरेर पार्टी त बनाएर तर विस्तारै सबैले छाडेर पुरानौ घरतिर फर्केसी राई यतिबेला उपिन्द्रको छत्रछायामा पुग्या छन् । यतिबेला बाउराम पनि यस्तै गर्दैछन् । पुराना अयोग्य लडाकु, अरु पार्टीले नपात्याएका, पापातिहरुलाई उनी बटुल्दै हिाड्छन् छन् । छादाखाादाको त्यत्रो पार्टीबाट अमत्याई लागेर हिडेका उन्लाई यतिबेला भ्यागुताको धार्नी पुर्‍याउन हम्मे हम्मे पर्‍या छ । चोक्टा खान गा’की बूढी झोलमा डुबेर मरीचाहिा नहोस् है बाउराम वा झ् हुन त घण्टाघरको सुझाउ मात्र हो ।
फेरि हावा गफ
हैन हौ हाम्रा पर्धानमन्तरी खपओको हावा गफले नेपालीहरुलाई हिजोआज डब्लुडी माने वाक्कदिक्क लाग्न लाग्या छ । कहिले सिलिण्डरको जमान सिद्धियो अब घर घरमा पाइप लाइन नै पुर्‍याइदिन्छु भन्छन् , कहिले भारतले इन्धन नदिएर के भयो त चीनबाट चिन्धन ल्याएर छेलोखेलो बनाइदिदन्छु भन्छन्, देशैभरिका तुइन उखेलेर पक्की पुल बनाइदिन्छु भन्छन्, कहिले के भन्छन्, कहिले के भन्छन् । अस्तिका दिन फेरि अर्को हावा गफ हानेछन् अब स्थानीय निर्वाचन गराएरै छाड्छु । जो गरजते है वो वसरते नही भन्ने कुरा कस्लाई थाहा छैन । ओलीका हावा गफ सुन्दा सुन्दा नेपालीका कन्सिरी
रनक्क रन्किन थाल्या छन् । धेरै पतर–पतर गरेर बोल्दा जोकर भइन्छ भन्ने कुरा कस्तो अलिकति ख्याल नभएको हा ?
खुल्दैन रे
सरकारमा भएका मन्त्रीहरुले चााडै नाकाबन्दी खुल्छ भनेर स्याल हुइाया चलाइरहेकै अवस्थामा तमलोपाका अध्यक्ष एवम् मधेशी मोर्चामा संयोजक महन्त ठाकुरले सबैलाई लोप्पा खुवाइदिएका
छन् । संविधान संशोधन भएसी’ अब मधेशी मोर्चाले नाका खोल्छन् भनेर सरकारका केही काइते मन्त्रीहरु हल्ला गर्दैै हिड्या थे । तर महन्तले अस्तिका दिन प्र्‍योक्कै भन्दिए जबसम्म ११ बुादे माग पूरा हुादैन तवसम्म नाकाबन्दी खुल्दै खुल्दैन । अझ आन्दोलन चर्काउन ठाकुरले महागठबन्धन बनाउने गृह कार्य भइरहेको र चााडै नै घोषणा हुने बताएसी सरकारमा जोकर मन्त्रीहरु खंग्रह भएका छन् । मधेश आन्दोलन जति जति लम्बिदै जान्छ त्यति त्यति सरकारको आयु घट्दै गएको देखिन थाल्या छ ।
ठूला सबै चैट्ट
कााग्रेसको १३ औं महाधिवेशन अन्तरगत गाउा नगरमा भएको निर्वाचनमा आफूलाई ठूलो नेता ठान्ने ठालुहरु गाउा र वडाबाटै चैट्ट भएका छन् । अलिकति सिढी उक्लनासाथ कार्जेकर्तासाग बोल्दा नि जात जान्छ गर्थे यसपटक उत्तानोचित पार्दिएका छन् । कार्जेकर्ताको डडेल्नुमा चढेर केन्द्रमा पुगेका, क्षेत्रमा पुगेका, जिल्लामा पुगेका नगरमा पुगेकहरुको फूर्ति सानो थिएन । राजनीतिलाई सेवा भन्दा नि व्यवसाय ठानेर टन्न सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्ने, कुन्डले मुन्डले पालेर लुटपाट गर्ने, पाटी भााडमा गए नि आफ्नो धन्दा सुचारु होस् भन्नेहरु नै यसपटक चैट भएका छन् । यसरी चैट हुनेहरुमा भकभके काजी समूहकै धेरै देखिएका छन् । अब आफ्नो हारलाई स्वीकार्न नसकेपछि उनेरु वक्तव्य बाजीमा उत्रन्छ होला । नत्र कसरी लाज पचाउनु ? कि कसो हौ ?
अन्तेमा
अहिलेका सरकारमा मन्त्रीहरु हेर्दा घण्टाघरलाई विरक्त लाग्न थाल्या छ । अब हेरौ न अस्तिका दिन धरानमा घरेलुमन्त्री शक्ति बस्नेत आए एक डेढ घण्टा कुर्लिए अनि फर्किए । उन्को स्वागत र सुरक्षामा प्रहरीहरु इटहरीदेखि नै सडकमा उभिएका थिए । धरानमा गाडीको लर्को नै लाग्या थियो । के के न बोलन भन्या त ताइ न तुईको भाषण ठोके चल्दिए । मुलुकको शान्ति सुरक्षाका सम्बन्धमा बोल्लान् भन्या त भुत्रो बोल्थे ? अब मुलुकलाई आर्थिक समृद्धि बनाउनपर्छ भन्दा जम्मा भएका सबै गलल हास्या थे । किन हास्या होलान भनेर गुहय कुरो बुझ्दै गा’त मुलुकलाइ हैन आफूचाहिा आर्थिक समृद्धि बन्नुपर्छ भनेर मन्त्रीले भनेको भन्दै अर्थ लगाका रै’छन् । गृहमन्त्रीले शान्ति सुरक्षाका बारेमा बोल्नुपर्नेमा अर्थमन्त्रीको जस्तै भाषण गरेपछि किन नहासुन त ? कि कसो हौ ?

तपाईको प्रतिक्रिया