महात्मा गान्धीको जीवनमा आधारित ‘गान्धी’ फिल्म काठमाण्डौमा प्रदर्शन

काठमाडौं/ अहिंसावादी नेता महात्मा गान्धीको स्मृति जयन्तीको अवसरमा काठमाडौंमा ’गान्धी’ फिल्म प्रदर्शन गरिएको छ ।
भारतीय दूतावास तथा वीपी
कोइराला नेपाल–भारत फाउन्डेसनको आयोजनामा सिनेमान्डू श्रृफ्ला अन्तर्गत सो फिल्म प्रदर्शन गरिएको हो ।
नेपाल भारत पुस्तकालयमा प्रदर्शन गरिएको ’गान्धी’ महात्मा गान्धीको जीवनीमा आधारित भएर निर्माण गरिएको फिल्म हो । रिचर्ड एटनबर्गले निर्देशन गरेको यो फिल्मले १९८२ मा अस्कर अवार्डमा बेस्ट पिक्चर्सको अवार्ड हात पारेको थियो ।
फिल्म सुरु हुनुअघि नेपाल भारत फाउन्डेसनकी सचिव रुवी जस्प्रीत शर्माले फिल्मबारे जानकारी गराएकी थिइन् ।
फिल्म ३ घन्टा ११ मिनेटको छ । भारतीय स्वतन्त्रता अभियानका मुख्य व्यक्ति गान्धी उनको अहिंसावादी आन्दोलनका लागि विश्वमै प्रख्यात छन् । १९४८ जनवरी ३० मा उनको गोली हानी हत्या गरिएको थियो ।
त्र

तपाईको प्रतिक्रिया