धरान/तेह्रौ महाधिवेशनको सुनसरी कााग्रेसमा ह्वात्तै चहलपहल बढेको छ । माघ १५ गते हुने वडा, गाउा र नगर अधिवेशनको सरगर्मीसागै अघिल्लो नेतृत्व विदाई हुने आंकलन कार्यकर्ताले गर्न थालेका छन् ।
जिल्लाकाका अन्य स्थानको वडा, गाउा र वडा, नगरको अधिवेशनको तुलनाम
धरान नगर र वडाको निर्वाचनको बढी चर्चा हुने गरेको छ । धरान नगरको नेतृत्वका लागि यतिबेला संस्थापन पक्षका भनेर चिनिएका सशक्त उमेद्वार तिलक राई र देउवा पक्षका हालका सभापति किशोर
राईका बीचमै प्रतिष्पर्धा हुने देखिएको छ ।
यतिबेला नगर सभापतिका दुवै उमेद्वार क्रियाशील सदस्यहरुको वडा भेलामा सक्रिय भएका छन् । धरानमा यस भन्दा अगाडि १ हजार ४ सय क्रियाशील सदस्य रहेका थिए भने नयाा क्रियाशील सदस्य १ हजार ३ सय गरी २ हजार ७ सयले नगर सभापतिका उमेद्वारलाई मतदान गर्ने छन् । नयाा क्रियाशील सदस्यको संख्या हेर्दा संस्थापनपक्षका तिलक राईलाई अहिल्यै विजय घोषित गरिदिए हुन्छ, नेका जिल्ला सहसचिव विकास आचायैको कथन छ ।
उता इटहरी नगर अधिवेशन पनि कम प्रतिष्पर्धात्मक नहुने भएको छ । इटहरीमा हाल सभापतिका लागि चारजना उमेद्वार चर्चामा रहेका छन् । संस्थापन पक्षबाटै निर्वाचित भएका हालका सभापति हेमकर्ण पौड्याल, प्रजातान्त्रिक खेमाका विकास केसी, भरत गौली र रमेश पोख्रेलले सभापतिका लागि आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन् । हालका सभापति तथा माघ १५ ते हुने नगर सभापतिका उमेद्वार हेमकर्ण पौडेललाई इटहरीको एक आपराधिक केसमा तीन बर्षको जेल सजाय जिल्ला अदालतले सुनाएपछि पौड्यालले उमेद्वारी दिन नपाउने एकथरिले हल्ला पिटाएका छन् । यसका लागि पौड्यालले आइतबार पुनरावेदन अदालतमा पुरनावदन गरिसक्नु भएको छ । इटहरीमा नयाा र पुराना गरी हाल २ हजार ४ सय सक्रिय सदस्य
रहेका छन् । उता इनरुवा नगर समितिमा
राजन मेहता र सितोष पोख्रेलले उमेदवारी घोषणा गरिसक्नु भएको छ । २ हजार ५ सय क्रियाशील सदस्यता रहेको इनरुवामा मेहता र पोख्रेलबीचमै प्रतिष्पर्धा हुने कार्यकर्ताहरु बताउाछन् । यसैगरी दुहवी भलुवा नगरपालिकामा समेत हरि प्रधान , गुलाबी मिया र गिरिधारी साहले सभापतिको लागि प्रतिष्पर्धा गर्ने भएका छन् । करिब १६ सय सक्रिय सदस्य रहेको दुहवी भलुवा नगर समितिमा उमेद्वारी दिने तीनैजना संस्थापन पक्षका हुन् ।
