भुकम्प दिवस
उखान टुक्के खप्रओ सरकारले अस्तिका दिन धुमधामसाग भुकम्प दिवस मनायो । दिवस मनाउनु कम्ता काइदा हुन्छ ? कायदामात्र हैन जोडदार फाइदा पनि हुन्छ । दिवस मनाउन बजेटको व्यवस्था गर्यो, महिला, बालबालिका र विद्यार्थीलाई प्लेकार्ड बोकाएर सडकमा उफार्यो दिवस भव्यताका साथ सम्पन्न भयो । बजेटचाहिा दुई चारजना टाठाबाठा र हरिलठ्ठक बसेर बेल्का टन्न जाड धोक्यो । नेपालाा यो दिवस पनि कति हो कति ? अब त हुादा हुादा पुरुष दिवसमात्र मनाउन बााकी छ । यतादिवसका नामका करोडौ झ्वाम्म भयो भने उता दश महिना अगाडि भुकम्पबाट पीडितलाई द्या भे’ नि त भुकम्प दिवस सफल भयो
भन्नु ? के गर्नु उाधो बगाएर उाभो खोज्न जानुपर्ने सरकार भएसी कस्को के लाग्छ र ? कि कसो हौ ?
मन्त्री भएसी
पहिला–पहिला हाम्रा बाउ बाजेले यसो निधारमा ट्याास्स टीका लगाउादा धेरै पढेस भन्थे । हिजो आज त्यस्तो आर्शीवाद नै हराएछ । हिजो आज बूढाखाडाले आर्शीवाद दिादा पढ्ने, गुन्ने हैन । मन्त्रीचाहिा भएस् भन्न थाल्या छन् । हुन पनि हो टुप्पी बााधेर, मरिहत्ते गरेर किन पढ्नु ? पढ्दै नपढेकाहरु धमाधम मन्त्री हुन थाल्या छन् । कन्सारो फुट्ने गरी नपढ्दा झन ठूलो मान्छे भइने भएसी बूढाहरुले पनि आफ्नो आर्शीवाद जानेरै बदलेका रै’छन् । कम्ता काइदा हुन्छ मन्त्री हुादा ? नयाा नयाा गाडी चढ्न पाइने, गार्ड पाइने, पैसोको छेलोखेलो खेलाउन पाइन्ने, हेलिकोप्टर चढेर पुल उद्घाटन गर्न जान पाइने, दैनिक जसो महागा होटलमा लन्ज र डिनरमा कम्मर हल्लाउन पाइने । हिजो आज पर्धानमन्तरी खप्रओ, सभामुखले, अर्थमन्त्रीले १० पनि छिचोलेका छैनन् भनेर पढ्ने गुन्नेहरुले दु:खेसो पोख्छन् । बुद्धि बिग्रिएर पढेपछि त्यस्तै हुन्छ । नपढ्या भए भाग्य चम्कन्थ्यो ।
राष्ट्रपतिको भोज
माघे संक्रान्तिमा राष्ट्रपति विद्या भण्डारी वज्यैले शितल निवासमा भव्य भोज दिएपछि उन्को भोजको विरोध गर्नेहरु यतिबेला बग्रेल्ती भेटिएका छन् । के फुइाय्याको विरोध गर्नु ? वज्यैको सट्टामा बाजे भएपनि त्यसै गर्थे । आÏनो खल्तिबाट सुको खर्च नहुने भएसी’ वज्यैले भोज दिनु के अनौठो भयो र ? तर राष्ट्रपति वज्यैले एउटा कुरामा गल्तिचाहिा गरेकै हो भन्ने घण्टाघरलाई पनि लाइरा’छ । राज्यको ढुकुटी कुटुकुटु खाने विभिन्न दलका लाउकेहरुलाई त्यसरी भोज घिताउनु भन्दा भुकम्पबाट विल्लीबाठ भएका गोरखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका स्थानका पीडितहरुलाई द्या भे’ कसैले विरोध गर्ने नै थेनन् । जो राज्यको ढुकुटी चपाएर स्वाठिएको छ उसैलाई बोलाई बोलाई घिचाउनु त अलि हजम भएन ।
ओली भन्दा हावा
पर्धानमन्तरी खप्रओलाई सबैले हावा हावा भन्थे । तर ओलीलाई माथ गर्ने कााग्रेसभित्र पनि रै’छन् । खप्रओलाई माथ गर्नेमा दरिएका छन् गिर्जाउ पुत्री सुजो । ओलीले त तुइन हाटाउाछु, मेट्रो ट्रेन चलाउन हावाबाट विजुली निकाल्छु, घरघरमा ग्याास विनाका ग्याासका पाइपसम्म पुर्याउाछु भन्या थे । अब ओलीलाई दश कदम पछाडि धकेल्दै नेतृत्व म हाकिदिन्छु । आाची गर्नेलाई भन्दा देख्नेलाई लाज भन्या यही हो । केही दिन देखि सुजोलाई सभापति भन्ने भाइरससले गााजेको छ । जहाा पुग्छिन् त्यहीा म सभापतिमा उठ्छु भनेर प्याक्क बोल्छिन् । सुजो जस्ताले पार्टी सभापति चलाउने भए सुशिल दा’ शेरबहादुर देउवा लगायतका नेताहरु कता जाने ? हुटिट्याउले म सागर थाम्छु, मैले नै सागर थोमेको छु भनेर हुटिहुट…हुटिहुट भनेर चिच्याए जस्तै हो । अब जग हासाउने काम नगरौ है सुजो गिर्जाउको आत्म दु:खी होला ।
रामराज्ये चाहियो रे ?
नेपालीहरुको बाादरे बुद्धि देख्दा घण्टाघरलाई कहिलेकाहीा साह्रै जंग चलेर आउाछ । अब हेरौ न केही नेपालीहरुलाई नेपालमा रामराज्ये चाहियो रे । हुादा खाने गफ पो गर्नुपर्छ त ? हुने खाने गफ गरेर पनि कहीा हुन्छ ? रामराज्ये हुादा सडकमा उफ्रिएर हाम्लाई रावण राज्ये चाहियो भन्ने अनि रावण राज्ये पाएसी राम राज्ये चाहियो् भनेर उफ्रेर हुन्छ । अहिले केपी
राज्ये छ । केपी राज्ये ठग, तस्कर, कालाबजारी, भ्रष्टहरुका लागि रामराज्ये भन्दा पनि उपल्लाको स्वर्ण रज्ये भएको छ । केपी राज्यले निमुखालाई दबाउने अनि लप्पन छप्पनेहरुलाई उकउकस्ने नीति लिएको छ । केपी राज्यको महिमा गाउन सके मालामाल हुन्छन् भने विरोध गर्नेहरु टकनटााक हुन्छन् । केपी राज्यको यस्तो महिमा र विशेषता थाहा पाउादा पाउादै विनासित्तीमा किन उफ्रनु ?
भुकम्पको त्रास
दश महिना अगाडि भुकम्प जाादा सातो गएका नेपालीहरु अझै तंग्रीसकेका छैनन् फेरि भुकम्प आउादै छ भन्ने हल्लाले यतिबेला आधा मासु भएका छन् । नेपालमा भुकम्प जान्छ, झनै शक्तिशाली भुकम्प जान्छ भनेर बेलायतका वैज्ञानिकले घोषणा गर्दिसी’ भुकम्प आउनु अघि नै नेपालीरु हल्लिन थालिसकेका छन् । नेपालीहरुले भन्या कुरो ज्यान गए नि नपत्याउने तर विदेशीले भनिसकेपछि आाखा चिम्लेर पत्याउने स्वभावका छन् नेपालीहरु । ए बाबा आउादैन, नडराउनुस्, कसैले भन्दैमा भुकम्प आउने हो र ? भनेर नेपालका भुगर्भविद् सोमनाथ सापकोटाले जतिसुकै ललाइफकाइ गरे पनि ज्यान गए मान्ने वाला छैनन् । उठ्दा, हिाड्दा, सुत्दा, भुकम्प आउाछ रे भन्ने मात्र चर्चा गर्छन् । हे भगवान ती बेलायती वैज्ञानिकको कहिल्यै भलो नहोस् । अरुलाई चौवीसै घण्टा हल्लाउने प्रचार त गर्नु हुादैन नि हौ ।
महतो आउदै
जोगवनीमा पुलिसको डन्डाले टाउकामा टुटुल्को उठेर निचोर्न दिल्ली हान्निएका राजिन्दर महतो माने सद्भावनाका अध्येक्षे अस्तिका दिन फर्केका छन् । बूढेशकालमा पनि उग्र क्रान्तिकारी बन्या महतोले फेरि के उत्पादत मच्चाउने हुन् कुन्नि । उपचारमा गएसी माने टाउकाको टुटुल्को निचोर्न गएसी तराइतिर यसो शान्ति छाउन थाल्या थ्यो । गाडी घोडा यसो दौडन थाल्या थे । चहलपहल बढ्न थाल्या थ्यो । महतो आएसी फेरि त्यस्तै पो हुने हो कि भन्ने चिन्ता बढ्न थाल्या छ । हुन तमहतोको मधेश आन्दोलन र केपी ओलीको हावा गफ उस्तै उस्तै हो । दुवैको निकास हुादैन । त्यसैले त केपी ओलीले महतालाई आफ्ै िनवासमा भेट्ने व्यवस्था मिलाएका छन् । आखिरी सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् त्यै होला । कि कसो
हौ ?
अन्तेमा
मुलुका यतिबेला सबै कुरा भाण्बण्डामा चल्या छ । स्कुल, कलेज, विश्वविद्यालय, मन्त्रालय मात्र हैन विदेशी कुटनीतिक नियोगमा प िभागबण्डा । सबै कुरा भागबण्डामै चलाउने हो भने सिंगो देशको चिन्ता गर्नेहरु नै हराइसके । आजकल कसैले नेपालको झण्डा राख्न र बोक्नै छाडे । जता हेर्यो दलका नेताहरु देखि कार्जेकर्तासम्मलmे आफ्नै पार्टीका झण्डा मात्र बोक्या देखिन्छ । यतिबेला विदेशमा राजदुतहरु फााक भइसक्या छन् माने धेरै देशमा खाली भएा छन् । भागबण्डाबाट अव नियुक्ति गर्ने रे । झालेमालेबाट पााच, एमाओवादीबाट तीन, राप्रपा नेपालबा तीन र प्रजातान्त्रिक फोरमबाट एक जना र अरु झासेमासे लिखुरे दलबाट तीनजनालाई नियुक्ति दिने रे । हैन हौ यो भागबण्डो राजदुतले विदेशमा आफ्नो पार्टीको प्रचारप्रसार गर्छन त होला । अब सबै जिल, गाउाहरु पनि भगबण्डा गरे टन्टै साफ । कि कसो हौ ?
