धरान/पुर्वको धरानमा छथरे समाज धरानले संचालन गरेको संग्राहलय पछिल्लो पटक अध्यायन गर्ने थलो वन्न थालेको छ । पुर्वमा वसोवास गर्ने लिम्वू र लिम्वू जातिसंग सम्वन्धीत विभिन्न लालमोहर, कागजपत्र र सामाग्री राखिएको सो संग्रालय अहिले धरान पुग्ने जो कोहीको अर्कषण वन्न थालेको छ ।
पुर्वको सुन्दर नगरी धरान उपमहानगरपालिकामा वसोवास गर्ने छथरे लिम्वूहरुको संस्था हो छथरे समाज । धरानमा वसोवास गर्ने छथरे लिम्वूहरुले मर्दा पर्दा एक अर्कामा चिनजान र सहयोग होस भनेर स्थापना गरेको छथरे समाज धरानले केही समय यता आफनै निजि लगानीमा सानबहादुर कुमति खजुम पारघरी छथरे समाज संग्राहलय संचालनमा ल्याएको छ । यो संग्राहलय निर्माणका लागि धरान १६ निवासी पुर्व व्रिटिस सेनाका पुर्व गोर्खा मेजर झप्टमान पारघरीले आफनो स्वर्गिय बाबा आमाको नाममा करिव १५ लाख रुपैयामा स्थापना गर्नुभएको हो । यो संग्राहलय पुर्वको पहिलो निजि स्तरमा संचालन गरिएको संग्राहलय पनि हो । संग्राहलयमा लिम्वू र लिम्वू जातिसंग सम्वन्धीत विभिन्न लालमोहरहरु, पुरानो कागजातहरु अनि लिम्वू संग सम्वन्धीत सामाग्रीहरु राखिएका छन् । यसरी लिम्वू जाति संग सम्वन्धीत सामाग्रीहरु संकलन गरिएर राखिएको कारण पनि अरु संग्रहालयको तुलनामा फरक रहेको लिम्वू मुन्धुम विज्ञ भरत तुङ्घङको भनाई छ ।
लिम्वू जातिले प्रयोग गरेका हात हतियार, त्यसमा पनि नेपालका अन्य सरकारी संग्राहलयमा समेत नभएको चेप्सा, गौरी गाईको सिङ, लिम्वू संग सम्वन्धीत पुरानो लालमोहरहरु राखिएको छ । यसले गर्दा पनि अरु संग्राहलयको तुलनामा यो संग्राहलय अध्ययनकर्ताहरुको लागि महत्वपुर्ण हुने बताउनुहुन्छ लिम्वू जातिको प्रथाजनित कानुन विषयमा विद्यावारिधि गर्दे गर्नुभएका वुद्धिजिवी कमल तिगेला को भनाई छ । पुर्वमै पहिलो पटक निजि लगानीमा निजि
स्तरमा संचालनमा आएको यो संग्राहलयले लिम्वू र लिम्वू जातिको वारेमा खोज अनुसन्धान गर्नेहरुलाई साह्रै सहज बनाएको तिगेलाको भनाई छ ।
नेपालका नाम चलेका सरकारी संग्राहलयमा नभएका र नपाईएका सामाग्रीहरु यो संग्राहलयमा राखिएका छन् । अन्य संग्राहलयमा नभेटिएका चेप्सा, गौरी गाईको सिङ, पुरानो कुरुवापाथी र कुरुवा यहा राखिएको छ । त्यस मध्ये पनि लिम्वू जातिको सुवाङगीसंग जोडिएको गौरिगाईको सिंङ पनि यहा राखिएको छ ।
पुर्वमा क्षेत्रिय संग्राहलय धनकुटामा
रहेको छ । यहा आदिवासी जनजातिसंग सम्वन्धीत सामाग्रीहरु राखिए पनि छथरे समाजद्धारा संचालित सानवहादुर कुमति पारघरी खजुम संग्राहलयमा लिम्वू जाति संग सम्वन्धीत सामाग्रीको आलावा लिम्वू जातिको लालमोहरहरु पनि राखिएकोले लिम्वू र लिम्बु जातिको वारेमा खोज अनुसन्धान गर्नेहरुका लागि महत्वपुर्ण वन्दै गएको छ ।
धरान आउने जो कोहीको पहिलो आकर्षण पनि अहिले यो संग्राहलय वन्न पुगेको छ ।
दिनप्रतिदिन आधुनिकताको प्रभाव संगै पुरानो ऐतिहासिक महत्व वोकेका वस्तु र प्रमाणहरु नास हुदै गईरहेका बेला यो संग्राहलय एउटा गतिलो अध्यायन गर्ने थलो वनेको छ । आफनो मान्छेको मृत्यू पछि दान गर्ने, पाटी पौवा वनाउनु भन्दा यस्तो काम गर्नुपर्ने संग्राहलय निर्माणकर्ता झप्तमान खजुम भनाई छ ।
यसरी निजि लगानीमा पुर्वमै पहिलो पटक संचालनमा आएको सानवहादुर कुमति संग्राहलय लिम्वू जाति र लिम्वूको वारेमा खोज अनुसन्धान गर्ने गतिलो थलो वन्दै गईरहेको छ । लिम्वूको वारेमा खोज अनुसन्धान गर्नेहरुको लागि पनि यहाा
राखिएका लालमोहर र सामाग्रीले अनुसन्धानकर्ताहरुलाई थप खोज अनुसन्धानमा सहयोग पुर्याउदै आएको छ । यसले गर्दा यो संग्राहलय पुर्वको पहिलो निजि संग्राहलय संगै खोज अनुसन्धान र अध्यायनको केन्द्र वन्दै
गईरहेको छ । छथरे समाजले संचालनमा ल्याएको यो संग्राहलयमा अहिले संग्राहलय प्रवेशमा कुनै शुल्क निर्धाण गरिएको
छैन । केही समय पछि भने शुल्क लाग्ने छथरे समाज धरानले जनाएको छ ।
