अपवित्र गठबन्धन

बसन्तराज भट्टराई
धरान–८, बरगाछी
मदन ढकाल र किशोर राईको गठबन्धनलाई अपवित्रको संज्ञा दिने राजनैतिक विश्लेषकहरु यहाा धेरै देखिन्छन् । किन कि धराने कााग्रेसीमा केहीलाई यो कुरा मन परेको छैन । भ्रम फैलाएर राजनीति गर्ने व्यक्तिहरुको तादात बढेको छ । त्यसैले मेल मिलापको नीति समन्वयको नीति जस्ता कुराहरु सबैको समझमा आउदैन । प्रजातन्त्र आएो झण्डै २६ बर्ष भइसकेको छ । फेरि पनि पार्टीभित्र संस्थागत संस्कारकै अभ्यास हुन् सकिरहेको छैन । जबसम्म कार्यकर्ता भित्र जिम्मेवारीको बोध हुादैन तबसम्म संस्था शक्तिशाली बन्न सक्दैन । यहाा विष्या किशोर र मदनको मात्र होइन । यद्यपि समुच्च कार्यकर्ता र सस्थाको हो । कहीाबाट शुरुवात त हुन्ुपर्‍यो नि । यो काम केन्द्रले गर्नुपर्ने हो किन्तु नगर र क्षेत्रले गर्‍यो । त्सैले यो कार्य सह्रानीय छ ।
बीपीको मेलमिलापको दिन नजदिक आउदै गर्दा त्यही सन्देश र भावनालाई समेटेर यस गठबन्धनले पूर्णता प्राप्त गरेको थियो । त्यसैले यस गठबन्धनलाई अपवित्र घोषण गरी दुवैमा अन्तद्र्वन्द्व गराउने षड्यन्त्र शरु भइकसको छ । किन्नु यो राम्रो पक्ष होइन । अब केन्द्रीय नेताहरुले प्राक्टिकल भई अघि आउने बेला आएको छ । संस्थाको अखण्डताको लागि भाषणमा मात्र होइन यद्यपि व्यवहारमा पनि लागू गरी देखिाउने बेला आएको छ । यदि शेरबहादुरदेउवा आफ्नो भाषणमा गिरिजाबाबुको पार्टी एकीकरणको भावनालाई सफल पार्ने घोषणा गर्छन् भने अरु नेताहरुले पनि उनलाई साथ दिनुपर्‍यो नि ? १३ औं महाधिवेशनले शंखघोष गरिसकेको छ । केन्द्रबाट नेताहरु जिल्ला एवम् क्षेत्रमा हामफाली सकेका छन् । त्यसैले नेतृत्वपंक्तिमा बसेको नेतृत्वकर्ताहरुले इमान्दार भई कार्य गर्ने हो भने पार्टीलाई पुन : २०४६ साल अघिको स्वरुपमा पुर्‍याउन सकिन्छ । साथै पार्टी एकीकरण हुन्े बित्तिकै यो १३ औं महाधिवेशनले सबैभन्दा ठूलो इतिहास रच्ने मौका प्राप्त गर्नेछ । अत : अब संस्थालाई कसरी अघि बढाउने हो, पार्टी एकीकरण गर्ने या नगर्ने, यो साह्रा जिम्मेवारी शुशिल कोइराला र शेरबहादुर देउवाको हातमा छ ।
गठबन्धनको चर्चा गर्दा २०४६ सालको कााग्रेस वामपन्थीको अपवित्र गठबन्धनले पञ्चायती व्यवस्थालाई समाप्त पार्‍यो । त्यसपछि ०६२–०६३को माओवादी, कााग्रेस र एमाले गठबन्धनले राजतन्त्र समाप्त पार्‍यो । २०३६ सालको पञ्चाय एवम् वामपन्थीहरुको अपवित्र गठबन्धनले कााग्रेसलाई समाप्त पार्‍यो । त्यसैले इतिहासमा जहाा जहाा गठबन्धन भए त्यही त्यही गठबन्धन सफल भएका छन् । त्यसैले मदन र किशोरको गठबन्धनले पनि इतिहास रच्ने छ भन्ने कुरामा सबै कााग्रेसी विश्वस्त छन् । गठबन्धन कहिले पनि पवित्र हुन् सक्दैन । किन्तु जबसम्म यस
राष्ट्रमा यस्ता गठबन्धनहरु भए, त्यसैला साराको होस उडेको इतिहास सुरक्षित बनेको छ ।
केही समयदेखि कमिटीका ठूला ठूला पदहरुमा आसीन रह िगफका भरमा पार्टी चलेको घोषण गर्ने काग्रेसीहरुलाई यस गठबन्धनले निल्नु न ओकल्नु बनाएको छ । चाहेर पनि उनीहले केही गर्न सकिरहेका छैनन् । किनभने मदन ढकाल सुनसरी लिमा परिचयको मोहताज छैन भने जिलका सानासाना स्थानहरुमा गल्छीरुमा र सडकका किनाराहरुमा पनि किशोर नाममो डंका बजिसकेको छ । त्यसैले यी दुई व्यक्तिलाई रोक्ने स्थिति त अब छैन, किन्तु यी र्दुी व्यक्तिको बीचमा फूट लगाउने खेलचाहिा शुरु भइसकेको छ । स्मरण रहोस् साथीहरु, मदन ढकाल संस्थापन कालका सदस्य हुन्् अनि आजसम्म पाटीलाई आजसम्म गर्तमा लैजान खालको कुनैपनि गतिविधि उनीबाट भएको छैन । अत: सच्चा कााग्रेसीले यस्ता चलेखेलहरुको पूर्ण विरोध गर्नेबेला आएको छ । यदि सुनसरी क्षेत्र नं. १ मा मदन ढकाल गलत व्यक्ति हुन् भने कृषि यस क्षेत्रमा मलाई सही व्यक्ति देखाईदेऊ ।

तपाईको प्रतिक्रिया