धरान/मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा परिचित धरानमा हुन्े बुढासुब्बा गोल्डकपको १८ औं संस्करण आगामी फागुनको पहिलो साताबाट शुरु हुन्े भएको छ ।
आयोजक धरान फुटबल क्लबले शनिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी १८ औं अन्तर्राष्टिूय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आगामी ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन्े जानकारी दिएको हो ।
२०५० सालदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको यस गोल्डकप विगतका चुनौतिहरुलाई समेत पार गर्दै निरन्तता दिदै आएको क्लबले अहिलेको मुलुकको विषम परिस्थितिको समेत सामना गर्दै गोल्डकपको १८ औं संस्करण आयोजना गन लागिएको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले
जानकारी दिनुभयो ।
उहाले यसपटक विगतको भन्दा स्तरीय गोल्डकप प्रतियोगिता आयोजन गर्न क्बव लागि परेको भन्दै विजेता र उपविजेताको पुरस्कारमा समेत वृद्धि गरेको जानकारी दिनुभयो । विगतमा विजेता टिमलाई ३ लाख ५० हजार प्रदान गरिएकोमा यसपटक बढाएर ४ लाख र उविजेतालाई गत बर्ष १ लाख ७५ हजार प्रदान गरिएकोमा यसपटक बढाएर २ लाख पुर्याएको उहाले जानकारी दिनुभयो ।
धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुन् लागिरहेको सो प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिम सहित दुई वटा अन्तर्राष्टिूटिम गरी १० वटा टिमले सहभागी जनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा एपीएफ काठमाण्डौ, एमएमसी क्लब काठमाण्डौ, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, नेपाल पुसिल कलब काठमाण्डौ, थ्री स्टार क्लब, काठमाण्डौ, धरान फुटबल क्लब, पोखरा ११ र भुटान, बंगलादेश र भारतका एडिभिजन क्लबबाट प्रतियागितामा भाग लिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितलाई सफल बनाउन क्लबले उपसमिति समेत गठन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख लाग्ने अनुमानित बजेट पेश गरेको क्लबले स्थानीय निकाय, विभिन्न संघ संस्था, प्रायोजक, सहप्रयोजक र टिकटबाट ५६ लाख २५ हजार उठाउने जानकारी दिएको छ ।
