कुनै भ्रष्ट र अदुरदर्शी नेताको पछि लागेर नेपालीहरुले सधै व्यवस्थाको विरुद्धमा आन्दोलन गरे । यसरी गरिएका हरेक आन्दोलन सफल भएका छन् । तर आन्दोलन पछिको व्यवस्थापन सधै असफल भएको छ । यसको प्रमुख कारण भ्रष्ट र अदुरदर्शी नेतृत्व नै हो ।
इतिहास साथी छ राणाहरुको विरुद्धमा आन्दोलन भयो सफल भयो । पञ्चायतका विरुद्धमा आन्दोलन भयो सफल भयो अर्थात् गणतन्त्र आयो । व्यवस्था आफैमा नराम्रो हैन तर त्यसको सही व्यवस्थापन हुन सकेन भने त्यसले असंख्यौ दुष्परिणाम जन्माउाछ ।
नेपालमा पछिल्लो पटक भएका हरेक विकृति भ्रष्ट र अदुरदर्शी नेतृत्वकै दुष्परिणाम हो । आजभन्दा २५ बर्ष अगाडिसम्म नेपाल अत्यन्तै गरिब दक्षिण एसियाली कैयौ मुलुक आज समृद्धिको पराकाष्ठामा पुगेका छन् नेपाल आज तिनै मुलुकसाग हात फैल्याउादै हिाडेको छ । उनीहरु व्यवस्था परिवर्तनभन्दा पनि आÏना नागरिकहरुको मनस्थिति परिवर्तनमा लागे । नेतृत्व इमान्दार भैदियो । जसका कारण उनीहरु समृद्धिछतर्फ अगाडिढ बढे ।
आज दलक्षिण एसियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने मुलुक नेपाल भएको छ। तर २५ बष अगाडि हाम्रै हाराहारीमा भएका दक्षिण एसियाका मुलुक वैदेशिक ऋणप्रति घृणा गर्छन् । जबसम्म मुलुक वैदेशिक ऋणमा आश्रित हुन्छ तवसम्म त्यो मुलुकले समृद्ध बन्न सक्दैन । २०४६ साल पश्चात खस्कन थालेको नेपालको अवस्था २०३६ यता झन झन जर्जर कहालीलाग्दो बन्दै गएको छ । एउटा संविधान लेख्न ८ बर्ष लगाएपनि त्यस संविधानमा तीनजना नेताबाहेक अन्य सवै दलका नेता र नेपाली जनताले अस्विकार गरेको देखिदैछ । यसैको परिणाम हो मधेश आन्दोलन संविधानमा असन्तुष्टि जनाएरै मधेशी जनता विगत चार महिनादेखि आन्दोलनमा होमिएका छन् ।
मधेश आन्दोलनका कराण आम नेपालीको दैनिकी चौपट्ट हुादा समेत सरकारले कुनै वास्ता गरेको छैन आन्दोलनले तराईका विद्यालयहरु चार महिनादेखि बन्द रहेका छन्, उद्योग धन्दा पूर्ण रुपले ठप्प छन्, कार्यरत मजदुरहरु बेरोजगार भएका छन् । देशकै अर्थतन्त्र नराम्रोसाग प्रभावित भएको छ । मधेशको आन्दोलनको कारण मुलुक २० बर्ष पछाडि धकेलिएको छ । सरकारलाई आत्र हैन यस सम्बन्धमा अन्य दलका नेतृत्वले समेत गम्भीरुतापूर्वक लिएका छैनन् आन्दोलनकारीहरुलाई दबाएर्रै सिध्याउने खेलमा सरकार लाग्दा स्थिति झन झन विग्रदै गएको छ । अहिले मधेशवादी दलले आफ्ना माग राखी आन्दोलन गरिरहेका छन् भने नेत्रविक्रम चन्द विप्लव माओवादीले समेत अघोषित रुपमा आन्दोलनको घोषणा गरिसकेका छन् । यसैगरी लिम्बुवान क्रान्तिकारी पनि सशक्त आन्दोलनको घोषणा गरेको छ ।
विप्लव माओवादीले विगतमा माओवादीले जुन रुपमा गतिविधि गरेको थियो सोही अनुरुप गतिविधि गर्ने घोषणा गरिसकेको छ । माओवादीले २०५२ साल फाुुगन २ गतेदेखि शसस्त्र आन्दोलनको घोषणा गरेपछि १० बर्षको अवधिमा झण्डै १८ हजार सर्वसाधारणको हत्या गरेको थियो भने हजारौलाई अंगभंग बनाएको थियो । अरबौको व्यक्ति तथा सार्वजनिक सम्पत्ति ध्वस्त बनाएका थिए त्यसबेला माओवादीले जन सरकार समेत गठन गरेको थियो । हाल नेत्रविक्रम चन्दले जनसरकारकै रुपमा जनपरिषद् गठन थालेको छ । उनीहरुले जिल्ला जन परिषद, क्षेत्रीय जनपरिषद्, नगर र गाउा जनपरिषद् घोषणा गर्ने बताएका छन् । हाल नेत्रविक्रम चन्दको माओवादी कार्यकर्ताहरु प्राय : भूमिगत र अर्धभूमिगत अवस्थामा पुगिसकेका छन् । उनीहरुले दश बषेै जनयुद्ध जस्तै गतिविधि गर्ने संकेत समेत गरेका छन् । उता लिम्बुवान क्रान्तिकारीले समेत लिम्बुवानमा समानान्तर सरकार गठनको घोषणा विज्ञप्ती र सूचनामार्फत गरिसकेका छन् । यी सबै परिस्थितिलाई विश्लेषण गर्दा मुलुक पुन: एकपटक दुष्चक्रमा फस्ने देखिदैछ । तसर्थ यी यावत समस्याको दीर्घकालीन समाधान समयमै नखोज्ने हो भने यो देशका लागि अभिषाप बन्ने छ ।
